सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
hetauda-city-college-1502267218.gif

मध्यवार्ता

अब हामीलाई पुरस्कृत र दण्डित गर्ने जनताले हो : राजकुमार मल्ल

raaj-kumar-malla-1498131704.jpg

राजकुमार मल्ल, अध्यक्ष :राक्सिराङ् गाउँपालिका मकवानपुर

बीसवर्षपछि भएको स्थानीय तहको निर्वाचनबाट मकवानपुरका विभिन्न स्थानीय तहमा जन प्रतिनिधी आएका छन् । राक्सीराङ् गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसबाट राजकुमार मल्ल निर्वाचित भए । उनी अहिले गाउँपालिकाको विभिन्न कार्यमा व्यस्त छन् । उनीसंग के के छन् कार्ययोजना ? समग्रमा गाउँ विकासका कार्य कसरी हुदैछ ? गाउँपालिका अध्यक्ष मल्लसंग मध्यस्थता सहकर्मी सम्झना रिजालले कुराकानी गरेकी छिन् ।  

– राक्सिराङ् गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभयो । तपाईलाई कस्तो अनुभूति भइरहेको छ ?
स्थानीय तहको जन प्रतिनिधी भएर सेवा गर्न पाउँदा मलाई खुसी लागिरहेको छ । लामो समयपछि स्थानीय रुपमा जनताको प्रतिनिधी हुँदा मसंग जनताको आशा एवम् अपेक्षा पनि धेरै नै छन् । मलाई जुन आशा र चाहानाका साथमा विजयी गराउँनुभएको थियो । अब उहाँहरुको आशा एवम् चाहानाको सम्बोधन हुने गरी काममा लाग्नु नै मेरो दायित्व हो । हिजो चुनावका बेलामा उहाँहरुका बिचमा गएर मैले गरेका प्रतिबद्दता पूरा गर्नका लागि म लागिपर्नेछु । एक प्रकारले भन्नुपर्दा मलाई जनताले ठूलो भरोशाका साथमा विजयी गराएका छन् । जनताको लागि काम गर्न पाउँदा म खुसी छु ।

– राक्सीराङका नागरिकले तपाईं सामु अहिले कस्ता कस्ता समस्या लिएर आइरहेका छन् ?
निर्वाचन भएको महिना भयो । केहि दिन अघि मात्र हामी कार्यपालिकाको बैठक बस्यौं । हालै मात्र स्थानीय तहको निर्वाचन मार्फत चयन भएका प्रतिनिधीलाइ नेपाल सरकारले धुलिखेलमा तालिम दियो । त्यहा गएर केही बुने मौका पायौं । कार्यालय भरखरै मात्र सञ्चालन गरेका छौं । राक्सीराङ गाँउपालिका दुर्गम त्यसमा पनि अधिकांश चेपाङ बस्ती भएको र भौतिक पूर्वाधार पनि नभएकाले गाँउमा बाटो पुग्न सकेको छैन । कार्यपालिकाको भवन पनि छैन, जसका कारण काम गर्नका लागि समस्या छ । अहिले कृषीको भवनमा कार्यालय स्थापना गरेर काम गरिरहेका छौं । त्यहाँका बासिन्दाको मुख्य चाहाना विकाश नै हो भन्ने मैले बुझेको छु । उहाँहरुले मलाई विकासलाई प्राथमिकता दिनुपर्छ भन्नुहुन्छ ।

– विगतको  स्थानीय निकाय र अहिलेको स्थानीय तहमा फरक छ ।  कसरी काम गर्छु भन्ने लाग्छ यहाँलाई ?
पहिलेको स्थानीय निकाय र अहिलेको स्थानीय तहमा धेरै फरक छ । पहिले स्थानीय निकायमा केही काम गर्नुपर्यो भने सरकारको मुख ताक्नु पर्ने बाध्यता थियो । अहिले स्थानीय तह आफैं सम्पन्न र शक्तिशाली छ । आफनो ठाँउ विकासका लागि अब हामीले सरकारको मुख ताकिरहनु पर्दैन । अब हामी विकास निमार्णमा परजीवी हुनुपर्दैन । अहिले स्थानीय तह सरकार कै हैसियतमा छ ।
 – कार्य सम्पादन चाँही कसरी गर्ने योजना छ त तपाईंको ?
निर्वाचनबाट विजयी भएर आइसकेपछि पनि हामी विभिन्न नीति, नियमहरु  बुझ्दैछौं । कतिपय कार्यविधिहरुसंसदमा विचाराधिन छ । त्यो आइसकेपछि अब मैले राक्सीराङ् गाँउपालिकामा काम गर्दा धेरै समस्या छ । यहाँ बाटो छैन,यातायातको साधन पुगेको छैन, ६० प्रतिशत भन्दा धेरै चेपाङ बस्ती छ,गरीबिले सताएको छ । रोग, भोक र अशिक्षा छ । भूकम्पले विकराल समस्या ल्याएको छ । अनुदान पाउँन सकिएको छैन । विकाश निर्माणका कार्य गर्दा किन्न भन्दा ठाँउमा पुराउन डबल खर्च लाग्ने अवस्था छ । अबका दिनहरुमा शिक्षालय/छात्रावास निर्माण, गाँउपालिका भवन निर्माण गर्दैछौं । मनहरीबाट चैनपुरसम्म बाटो निर्माण,कृषिमा आधुनिकीकरण लगायतका काम गर्दैछौं ।

– सिंहदरबारको अधिकार गाँउगाँउमा आएको भनिएको छ । स्थानीयको अपेक्षा बढेको होला हैन ?
यो पक्ष अहिलेको ज्यादै राम्रो छ । जनताको घरघर सम्म विकाश निमार्णका कार्य हुनपर्छ भनेर अहिले नेपाल सरकारले स्थानीय तहलाइ शक्तिशाली बनाएको छ । विकासका लागि अहिले हामीसंग भौतिक पूर्वाधारको कमी छ । इच्छा धेरै छ तर साधन श्रोत कम छन् । भएका साधन श्रोतको सही प्रयोग गरेर अबका दिनमा राक्सीराङ गाँउपालिकालाइ विकासको बाटोमा लैजाने छौं । पहिलो कार्यपालिकाको बैठक बस्यो र त्यसबाट हामीले शिक्षा लगायतका क्षेत्रमा विकासका लागि विभिन्न निर्णयहरु त गर्यौं । तर हामी सँगको मात्र साधन श्रोतले नपुग्ने भएर प्रदेश र प्रान्तिय सरकारसँग पनि आग्रह गर्ने निर्णय गरेका छौं ।

– विगतमा कर्मचारीले काम ढिलो गरे भन्ने गुनासो आउने गरेको थियो । अब तपाईंहरुबाट त त्यस्तो नहोला नि हैन ?
अब हामीलाइ दण्डीत गर्ने पनि त्यही जनता हुन् र पुरस्कृत गर्ने पनि त्यही जनता । जनताले पक्कै पनि दुःख पाएका छन् । साना साना कामलाइ धेरै पटकसम्म धाउनुपर्ने । कहिले यो भएन, कहिले त्यो भएन भनेर दुः ख दिने काम विगतमा धेरै भए । गाँउको खोरिया बारी बेच्नलाई मालपोतमा धेरै दिनसम्म धाउनु परेको यर्थाथता पनि छ, जसका कारण बारीबाट आउँने पैसा मालपोत धाउँदैमा सकिएला कि भन्ने चिन्ता थियो । अबको दिनमा त्यस्तो हुने छैन । हामी जनताबाटै चुनिएका प्रतिनिधि हौं हामीले गल्ती गर्यौ भने पक्कै पनि उहाँहरुले दण्डीत गर्नु हुनेछ ।

– त्यसो भए राजकुमार मल्लको कार्यकालमा राक्सीराङ गाँउपालिकाका जनताले सुशासन महशुस गर्न पाउँछन भन्ने कुरामा ढुक्क भए हुन्छ त ?
म एक्लैले गर्न खोजे भने सम्भव नहोला तर सबै जनाले साथ दिनु भयो भने पक्कै पनि शुसासन महशुस गर्न पाउँने छन् । म विश्वस्त छु की मैले सबैको साथ पाउने छु । सबैको साथ सहयोगमा समृद्ध राक्सीराङ् निमार्ण गर्नेछौं ।

– पारदर्शिता र जवाफदेहिताको विषय उठाइदै आइएको छ । तपाईंको कार्यकालमा योजनाहरु छनौट र कार्यान्वयन गर्दा पारदर्शिताको नीति कसरी अपनाउनु हुन्छ ?
अहिले स्थानीय तहको शासन सम्बन्धिको व्यवस्था केही आयो, केही संसदमा विचाराधिन अवस्थामा छ । त्यो पास भएर आएपछि हामी एउटा निती बनाउँछौ । बजेट तयारी गर्छौ र तल्लो तहबाट इच्छा आकांक्षाहरु के के छन भन्ने बुझेर उहाँहरुकै उपस्थितीमा योजनाहरु बनाउनेछौं । हाम्रो गाँउपालिकामा कुन शिर्षकमा कति बजेट खर्च भयो भन्ने कुरा सबै जनालाइ अवगत गराउनेछौं  । चैनपुर कार्यालयमा आएर सबै जनाले कहाँ कति खर्च भयो निर्धक्क हेर्न सक्नुहुनेछ ।
– राक्सीराङ गाँउपालिकामा पारदर्शी रुपमा काम हुन्छ, भष्ट्राचार हुदैंन भनेर कसरी पत्याउने र ?
हामी जनताको सेवक हौं । हामीले कतै केही गल्ती गर्न लाग्यौं भने उहाँहरुले खबरदारी गर्नुहुनेछ । पारदर्शी ढङ्गले अगाडी बढ्नेछौं । जसका कारण भष्ट्राचार हुदैन । ढुक्क हुनुहोस् । 

 

siddhi-binayak-madhyastha-1502267497.gif
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...

मकवानपुरमा उत्कृष्ट २० जना महिला उद्दमी घोषणा

मकवानपुर । मकवानपुरको विभिन्न ग्रामिण क्षेत्रमा महिला उद्यमशिलता विकास तथा प्रवर्दन कार्यक्रम आयोजना गरिएको...

गायिका अनुमा पार्टी प्रचारमा
anuma-koirala-1510635710.jpg

मकवानपुर । गायिका अनुमा कोइरालाको अहिले परिचय फेरिएको छ । उनी अब गायिका मात्र रहिनन्, उनी विवेकशील साझा पार्टीमा...

हेटौंडा ८ मा बाम गठबन्धनको कार्यालय
bam-1510633978.jpg

मकवानपुर । हेटौंडा ८ कमानेमा बाम गठबन्धनको चुनाब प्रचार प्रसार कार्यालय उद्घाटन गरीएको छ । कार्यालयको...

काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब लगानी गर्ने
surung-marga-news-1510633725.jpg

काठमाडौं । बहुप्रतिक्षित काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब ४० करोड...

गरे के हुन्न : बाल संरक्षणका लागि घटना व्यवस्थापन प्रकृया प्रभावकारी !
cpc-1510120322.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका राइगाउँकी बालिका कविता मगर (नाम परिवर्तन) की आमा अन्तै विवाह गरी हिडीन्...