सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
hetauda-city-college-1502267218.gif

मध्यवाण

कति हाँस्नु !

अचेल हाँस्नका लागि धेरै सजिलो छ । पहिले पहिले हाँस्नका लागि कि चुट्किला पढ्नुपथ्र्यो कि टिभीमा हाँस्य कार्यक्रम नै हेर्नुपर्थ्यो । अचेल हाँस्नका लागि न त चुटकिलाका किताब खोज्न पसलमा चहार्नुपर्छ न त टेलिभिजनमा त्यस्ता हाँस्य सम्बन्धि कार्यक्रम कुरेर नै बस्नुपर्छ । अचेल हाँस्नका लागि केवल गफ सुनेपुग्छ । गफ कसको सुन्ने ? सबैलाई उत्तर सहजै आउँन सक्छ, हाँस्नका लागि वास्तवमा नेताको गफ सुनेपुग्छ । मौसम अनुसार हसाँउने अभिनय वास्तवमा हाम्रा नेताले नै गरिदिएपछि कलाकार फ्लप भइहेका हुन् कि भन्ने आभाष हुन थालेको छ । आफूहरुको काम नेताले गर्न थालेपछि कलाकारहरुको पेशा सङ्कटमा पर्ने हो कि भन्ने चिन्ता एकातिर छ भने अर्कोतिर नयाँ नयाँ हाँस्य कलाकार आउँदा स्रोता एवम् दर्शकलाई कुन चाँही कलाकारलाई समय दिँउ भनेर छुट्याउँन पनि निक्कै अप्ठ्यारो भइरहेको अवस्था छ ।
मकवानपुरमा पनि केही केही कलाकार जन्मिएछन् भन्ने आभाष भएको छ । तीनका चुनावी एजेण्डा सुन्दा यी पनि हाँस्य कलाकार हुन् कि भन्ने लाग्न थालेको छ । फ्रि वाइफाई, चक्रपथ, सुरुङ्मार्ग केही केही एजेण्डा नराम्रा होइनन्, पूरा गर्नै नसकिने भन्ने पनि होइन तर ती एजेण्डा वर्तमान समयमा पूरा गर्न सकिन्छन् कि सकिन्न भन्नेमा चाँही अलि गम्भीर हुनुपर्ने पो थियो कि ? पूरा गर्न नसकीने महत्वकांक्षी एजेण्डा सुनाएर अहिले वाह क्या दामी भनेर भन्नु ठिक ठान्नेलाई अहिले हाँस्य कलाकारको उपमा भन्दा अरु के दिइरहनु ? मकवानपुरका दलका केही नेता आफ्नो पार्टीले स्थानीय तहको चुनाव जितेको खण्डमा हामी यसो र उसो गर्छौ भन्दै असम्भव हुने केहीकेही सपना बाँड्दै हिड्न थालेको पाइन्छ । उनीहरुको कुरा पत्यायर हामी दिवास्वप्न देख्न थाल्ने कि कति मिठो जोक्स भनेर हाँसेर बस्नु ?
सबैको कुरा सुन्न र आफ्नो निर्णय गर्न जानेका हामी नेपालीलाई दुनियाका जोक्स सुन्न पनि मन छ । हामी सुनेरै बसौंला, धित मरुञ्जेल सुनेर हाँसौंला किनकी नेता नाम गरेका नयाँ हाँस्यकलाकारमा हँसाउनसक्ने अद्भूत क्षमता छ । चुनावका बेला अनेक मिठा मिठा चुटकिलाहरु बनाएर ल्याउँन उहाँहरुलाई कसैले सिकाइरहँनुपर्दैन । उहाँहरुले त्यति धेरै दुःख गरेर बनाउनुभएको चुनावी एजेण्डा, चुनावी घोषणापत्र नामका सिरियलहरु हेरेर हामी मन खोलेर हाँसौंला । हाँस्नु वास्तवमा स्वास्थ्यका लागि पनि निक्कै राम्रो कुरा हो । जो हाँस्यो उ बाँच्यो, उसले जोवन साँच्यो भन्ने उखान पनि खुब चलेकै छ । चुनावका मुखमा पनि किन अनेक थरी तनाव झेल्नु बरु हाँसौं आउँनुस्, दिल खोलेर ।  

 

siddhi-binayak-madhyastha-1502267497.gif
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
‘विकासका लागि गठबन्धनलाई मत’ 
kumari-kulekhani-1511275490.jpg

मकवानपुर । प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश (क) का उम्मेद्वार कुमारी मोक्तानले जनताको चाहना अनुसार नेपालका...

भ्रम छरेर चुनाव जितिन्न :  विरोध खतिवडा 
birodh-1511274488.jpg

मकवानपुर । वामगठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेद्वार विरोध खतिवडाले वामपन्थीको लालकिल्ला...

प्रदेशको राजधानी हेटौंडा बनाउँन पहल गर्न स्थानीयको माग
dormani-poudel-1511271257.JPG

मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ (ख) मा वाम गठवन्धनका उम्मेद्वार डोरमणी पौडेललाई हेटौँडा ४ का...

छतिवनमा प्राथमिक उपचार सम्बन्धि तालिम
training-news-chhativan-1511268384.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाको छतिवनमा आधारभूत प्राथमिक उपचार सम्बन्धि तालिम भएको छ । तीन दिनसम्म...

मकवानपुरमा उत्कृष्ट दश जना महिला उद्यमी छनौट
mahila-udhdami-1511264922.jpg

मकवानपुर।  मकवानपुरका विभिन्न साविक सात गाविसमा उत्कृष्ट महिला उद्यमीको नाम घोषणा गरिएको छ । उत्कृष्ट छनौट...

बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...