सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
hetauda-city-college-1502267218.gif

सबैको चासो : मेरो गुनासो

पर्यटन विकास गर्नेलाई भोट !

स्थानीय तहको निर्वाचनका लागि पार्टीका नेताहरुको यति दौडधुप देखिन्छ कि जसरी पनि चुनाव जित्नु छ । केवल चुनाव जित्ने दाउमात्र गर्नेले के विकासको योजना ल्याउला ? उसंग के भिजन होला ? यसपटक जसले मकवानपुरको समृद्घि हुने पर्यटन क्षेत्रको विकासका लायि भिजन बनाएर अघि बढ्छ उसलाई नै आ–आफ्नो क्षेत्रबाट जिताउनका लागि जनता लाग्नुपर्छ । मकवानपुर ऐतिहासिक विशेष महत्व बोकेको पर्यटनको ठूलो सम्भावनायुक्त जिल्ला हो । विभिन्न विकासे संस्था, नेता, व्यक्तिले मकवानपुरको पर्यटन क्षेत्रको विकासका लागि योजनाहरु अघि सारे पनि खासै काम हुन नसकिरहेको तीतो यथार्थ हामीहरुका बिचमा छ ।
मकवानपुरका पर्यटन क्षेत्रहरु शहिद स्मारक, कुष्माण्ड सरोबर त्रिवेणीधाम, भुटनदेवी मन्दिर, पशुपति क्षेत्र,पुष्पलाल शान्ति पार्क, मनकामना मन्दिर, पाथिभरा मन्दिर भैरव डाँडा, हर्नामाडीस्थित गुम्बाडाँडा, मकवानपुरगढी लगायत पर्यटकीय क्षेत्रका विकासका सम्भावनालाई चिन्ने र यहाँको विकासका लागि लगानी गर्नेको खाँचो छ अहिले । यो क्षेत्रको विकासका लागि म लागिपर्छु भनेर हिम्मत सहित आउने कोही छ भने उनीहरुको योजना सुनेर उसलाई समर्थन गर्न मकवानपुरबासी तयार भए हुन्छ । तर धोका हुनुहुन्न । हाम्रा सम्भावनाको गफ चुटेर मत बटुल्ने अनि कुलेलम ठाक्ने काम कोही कसैबाट पनि कुनै हालतमा हुनुहुदैंन ।
चुनावका बेलामा असल मान्छे भन्दा पनि आफ्नो पार्टीले नै चुनाव जित्नुपर्छ भन्ने पार्टीप्रति आस्था राख्नेहरुलाई लाग्नसक्छ , यसप्रति मेरो आपत्ति छ । गफमात्र चुट्ने तर काम नगर्ने नेता जुन पार्टीको भएपनि कुनै अर्थ छैन । साँच्चै भिजन सहित काम गर्ने नेता हो भने पार्टी हेर्ने होइन, व्यक्ति छान्ने हो । यसको योजनालाई जिताउने हो । अहिले हामी पछाडी परेको कारण पनि यही त हो नि आफूलाई पार्टीका मान्छे उठे भने जस्तोसुकै भएपनि भोट दिनुपर्ने । तर अब यस्तो सोचाईमा परिवर्तन गर्नु आवश्यक छ । चुनावका बेला पार्टी नहेरौं, मकवानपुरको समृद्घिका लागि काम गर्ने विश्वास लाग्ने व्यक्तिलाई छानौं ।  
      कविता चौलागाईं, मकवानपुरगढी गाउँपालिका ६, मकवानपुर

 

siddhi-binayak-madhyastha-1502267497.gif
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...

मकवानपुरमा उत्कृष्ट २० जना महिला उद्दमी घोषणा

मकवानपुर । मकवानपुरको विभिन्न ग्रामिण क्षेत्रमा महिला उद्यमशिलता विकास तथा प्रवर्दन कार्यक्रम आयोजना गरिएको...

गायिका अनुमा पार्टी प्रचारमा
anuma-koirala-1510635710.jpg

मकवानपुर । गायिका अनुमा कोइरालाको अहिले परिचय फेरिएको छ । उनी अब गायिका मात्र रहिनन्, उनी विवेकशील साझा पार्टीमा...

हेटौंडा ८ मा बाम गठबन्धनको कार्यालय
bam-1510633978.jpg

मकवानपुर । हेटौंडा ८ कमानेमा बाम गठबन्धनको चुनाब प्रचार प्रसार कार्यालय उद्घाटन गरीएको छ । कार्यालयको...

काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब लगानी गर्ने
surung-marga-news-1510633725.jpg

काठमाडौं । बहुप्रतिक्षित काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब ४० करोड...

गरे के हुन्न : बाल संरक्षणका लागि घटना व्यवस्थापन प्रकृया प्रभावकारी !
cpc-1510120322.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका राइगाउँकी बालिका कविता मगर (नाम परिवर्तन) की आमा अन्तै विवाह गरी हिडीन्...