सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
hetauda-city-college-1502267218.gif

चिनारी

प्रधान भन्छन्,‘एक दिन सचिव अवस्य बन्नेछु !’

ramprakash-1497692083.jpg

डा.रामप्रकाश प्रधान जिल्ला पशु सेवा कार्यालय मकवानपरको प्रमुख एवम् वरिष्ठ पशु विकास अधिकृतको जिम्मेवारीमा छन् । बनेपा नगरपालिका–८ काभ्रेमा जन्मिएका उनले भारतको सिक्किम (विहार भेटनरी कलेजबाट) ब्याच्लर उत्तिर्ण गरेका हुन् । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि तथा पशुविज्ञान अध्ययन संस्था रामपुरबाट स्नाकोत्तर हासिल गरेका छन् । पढाईसँगै उनले २०५८÷५९ सालतिरबाट जागीर आरम्भ गरे । जागीरको क्रममा उनी रसुवाको घुन्चेमा रही २०६४ सालसम्म पाँच वर्ष आफ्नो कार्य सम्हाले । त्यसपछि उनले धादिङ जिल्ला पशु सेवा कार्यालयमा २०६४–२०६७ सम्म काम गरे । ललितपुरमा  (पशुसेवामा) २०६७–२०६९ सम्म उनले आफ्नो जिम्मेवारी बहन गरे । 
जागीरसँगैको अध्ययन पश्चात् उनी दोलखामा डेढवर्ष रही कार्य गरे । दरबन्दीको समायोजनले गर्दा क्षेत्री पशु सेवा तालिम केन्द्र नेपालगंजमा पशु विकास अधिकृतको रुपमा सरुवा भए । र उनले ६ महिना त्यही रहेर काम गरे । त्यसपछि उनको वरिष्ठ पशु विकास अधिकृतको रुपमा बढुवा भयो । बढुवा भएपछि उनी २०७१ साल चैत्र २९ गतेदेखि मकवानपुर जिल्ला पशुसेवा कार्यालयमा पशु विकास अधिकृतको रुपमा कार्यरत छन् । पशु सेवा कार्यालयका कार्यक्रमहरु अपेक्षा गरेको अनुसार न्यून भएको उनी बताउँछन् । यसको मुख्य कारण निति तथा कार्यक्रम र किसानको शैक्षिक योग्तामा कमी, किसानको लगनशीलतामा अलि कमी देखिएको, पशु र पशुजन्य पदार्थको माग अनुसारको उत्पादनमा कमी भएको र नेपालको विद्यमान पशुपंक्षी व्यवस्थापकीय पक्षमा कमजोरी भएको लगायत उनी सुनाउँछन् । 
गाउँमा किसानहरुसँग भेट्ने, पशु पाल्ने तरिका, घाँसखेतीको बारेमा सिकाउने, किसानको पशुपालनमा क्षमता अभिवृद्धी गराउने सोच र अभिरुची भएको उनी बताउँछन् । पशुपालन क्षेत्रमा देखिने विभिन्न समस्याको लागि उपयुक्त निर्णय लिने उनको भनाई छ । विभिन्न कार्यक्रम जस्तै गोठ सुधार, घाँस खेती, नयाँ घासँका विउ, मलमुत्र संकलन केन्द्रमा अनुदान दिलाएर किसानलाई प्रत्यक्ष लाभ हुने र अझ बढी किसानहरुलाई उत्साह उर्जा थप्ने किसिमका कार्यहरु गर्न पाउँदा आफूलाई खुसी मिल्ने उनी बताउँछन् । 
निक्कै मिलनसार स्वभावका प्रधान अहिले ४२ वर्ष भए । आफ्नो दायित्व जिम्मेवारी पूर्वक पूरा गर्न पाउँदा आत्म सन्तुष्टि मिल्ने गरेको उनी सुनाउँछन् । अहिले उपसचिव रहेका उनी  जागीरको १६ वर्ष बाँकी हुँदासम्म एकदिन सचिव हुने आशा राख्छन् । भन्छन्-काम गर्दै जाने हो एकदिन सचिव अवस्य बन्नेछु ।
प्रस्तुती : समीर दाहाल /मध्यस्थता 

siddhi-binayak-madhyastha-1502267497.gif
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...

मकवानपुरमा उत्कृष्ट २० जना महिला उद्दमी घोषणा

मकवानपुर । मकवानपुरको विभिन्न ग्रामिण क्षेत्रमा महिला उद्यमशिलता विकास तथा प्रवर्दन कार्यक्रम आयोजना गरिएको...

गायिका अनुमा पार्टी प्रचारमा
anuma-koirala-1510635710.jpg

मकवानपुर । गायिका अनुमा कोइरालाको अहिले परिचय फेरिएको छ । उनी अब गायिका मात्र रहिनन्, उनी विवेकशील साझा पार्टीमा...

हेटौंडा ८ मा बाम गठबन्धनको कार्यालय
bam-1510633978.jpg

मकवानपुर । हेटौंडा ८ कमानेमा बाम गठबन्धनको चुनाब प्रचार प्रसार कार्यालय उद्घाटन गरीएको छ । कार्यालयको...

काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब लगानी गर्ने
surung-marga-news-1510633725.jpg

काठमाडौं । बहुप्रतिक्षित काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब ४० करोड...

गरे के हुन्न : बाल संरक्षणका लागि घटना व्यवस्थापन प्रकृया प्रभावकारी !
cpc-1510120322.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका राइगाउँकी बालिका कविता मगर (नाम परिवर्तन) की आमा अन्तै विवाह गरी हिडीन्...