सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
hetauda-city-college-1502267218.gif

हिँड्दा-हिँड्दै

फुर्सदमा पढ्छु, टिभी हेर्छु, डान्स गर्छु !

1-sa-1498309859.jpg

सन्ध्या पोख्रेल

हेटौंडा ५, चिल्ड्रेनपार्ककी सन्ध्या पोख्रेल अहिले मकवानपुर सहकारी अस्पतालमा नर्सका रुपमा कार्यरत छिन् । बाइस वर्षिया सन्ध्याले मकवानपुर टेक्निकल इस्टिच्युटबाट अनमी अध्ययन् गरेकी हुन् । आधुनिक राष्ट्रिय माविबाट २०६८ मा एलएलसी गरेकी उनले मकवानपुर बहुमुखी क्याम्पसमा बीए अध्ययनरत छिन् । विभिन्न सामाजिक संस्थामा आबद्घ भएर सामाजिक कार्यको अनुभव समेत बटुलेकी उनीसंगको छोटो कुराकानी :

– तपाईंको नाम सन्ध्या, तपाईंको नामको अर्थ के होला ?
सन्ध्या भनेको साँझ हो नि ।

– आजभोली के मा व्यस्त हुनुहुन्छ ?
त्यही हो, अस्पतालको काममा जान्छु । परीक्षा आउँदैछ, यसकै तयारीमा छु । मैले अनमी पढेका कारण मकवानपुर सहकारी अस्पतालमा एउटा नर्सको हैसियतमा काम गर्छु र अस्पतालमा रहँदा नर्सको जिम्मेवारीमा पर्ने सम्पूर्ण काम गरिन्छ । विरामीको हेरचाह गर्ने, समय–समयमा औषधि दिने तथा पारिवारिक वातावरणमा उनीहरुको ख्याल गर्ने काम गर्छु । सुरु सुरुमा भन्दा अहिले मैले कामको अनुभव बढेको छ अनि डाक्टरहरुबाट पनि नयाँ नयाँ काम  सिक्ने मौका पाएकी छु ।

– अहिलेसम्मको भोगाईंको आधारमा जीवन भनेको के हो जस्तो लाग्छ तपाईलाईं ?
मलाई लाग्छ जीवन भनेको मृत्युको पखाईं हो । जीवन धर्म हो, जीवन भनेको समाजमा आफ्नो अस्तित्व जोगाइ रहनु हो । जीवन भनेको एउटा असल नागरिक बन्नु हो तर मेरो जीवनभरी जीवन भन्ने शब्द भनेको सेवा गर्ने हो, जुन म निस्वार्थ भावले गर्छु र गर्नेछु ।

– अहिलेसम्मको अविष्मरणीय क्षण कुनै छन ?
मेरो जीवन सेवामै लागेको भएकाले कुनै दिन अस्पतालमा बिरामीको उपचार गर्दा मान्छे मर्छन् । कसैसंग पैसा नभएर उपचार गर्न नसकेर मर्छन् भने त कति डाक्टर र नर्सको लापरबाहीले पनि मर्ने गर्छन्, सबै डाक्टर नर्स यस्ता हुदैनन् । यस्ता केही घटना देख्दा मलाई मन दुख्छ । यस्तै क्षणहरु अविष्मरणीय लाग्छ ।

– तपाईले जीवनमा लक्ष्य चाँही के लिनुभएको छ ?
असल नागरिक बन्न पाए हुन्थ्यो भन्ने मलाई लाग्छ । निवास्र्थ रुपमा सेवाभावले मेरो रुचीको काम गर्न पाइरहुँ भन्ने लाग्छ । भविष्य त कसले पो देखेको होला र ? तर पनि भविष्य चाँही राम्रहो होस् । जीवनमा स्वार्थको भावना नआओस् । दुःखको बेला आत्तिन नपरोश अनि सुखको बेला मात्तिन नपरोस् ।

– माया भनेको चाँही के हो जस्तो लाग्छ नि तपाईंलाई ?
माया नै सेवाको दोस्रो नाम हो । जस्लाई हामीले सम्मान र माया गर्छौ, उसले नि हामीलाई माया र सम्मान गर्छन् ।

– कसैलाई माया गर्नुभएको छ  ? सबैभन्दा बढी माया कसको लाग्छ ?  
माया त सबैलाई गर्छु र मेरो मनमा कसैका लागि घृणा र नराम्रो विचार नआओस् । सबैभन्दा बढी माया म मेरो ममी, बाबालाई गर्छु उहाँहरुकै कारण म आज यहाँ छु ।

– कसैको लभमा चाँही पर्नु भएको छ कि छैन ?  
लभको मिनिङ् नै माया हो, म सबैलाई माया गर्छु र त मलाई पनि सबैले माया गर्छन् । कसैको लभमा पनि छु तर भविष्यमा जे लेखेको छ त्यही हुन्छ ।

– अनि विवाह चाँही कहिले गर्ने सोच छ नि तपाईंको ?  
विवाह त सबैले एकचोटी गर्नैपर्छ तर मेरो धारणा के हो भने जो संग तपाईंले विवाह गर्नुहुन्छ उसैलाई जीवनमा सुख, दुःखमा साथ दिनुपर्छ । बाबाआमाको सल्लाहमा समय आएपछि विवाह गर्छु ।

–जीवनसाथी चाँही कस्तो होस् भन्ने चाहाना छ तपाईंको ?
मलाई धेरै माया गर्ने, भावना बुझ्ने, विश्वास गर्ने, कहिल्यै धोका नदिने अनि मेरो परिवारको रेस्पेक्ट गर्ने जीवनसाथी होस् भन्ने चाहाना छ मेरो ।

– फुर्सदका बेलामा चाँही तपाई के गर्नुहुन्छ ?
कामबाट फुर्सद भएको बेला पढ्छु, टिभी हेर्छु, डान्स गर्छु ।

–  तपाईलाई कस्तो बेलामा रुन मन लाग्छ ?
मन कमलो भएकाले मलाई त कोही रोयो भने पनि रुन मन लाग्छ । कसैमाथि नराम्रो भएपनि रुन मन लाग्छ । टिभीमा रुवाउने फिल्म हेर्दा पनि रुन मन लाग्छ । कसैले ठूलो स्वरले गाली ग¥यो भने पनि रुन मन लाग्छ । कसैले गरीबमाथि नराम्रो ग¥यो भने, साना बालबालिकालाई अर्काको घरमा लगेर काम लगाएमा रिस उठ्छ । मेरो घरमा पहिला गाई थियो, ममीले बेचिदिनुभयो त्यो दिन त म रोएकी थिए । अस्पतालमा दुई वर्षिय बच्चाको मृत्यु भयो, त्यो बेला उसको आमा र परिवारका अरु सदस्य रोएको देखेर म पनि रोएकी थिए ।

– खुसी चाँही तपाई कस्ता कुरामा हुनुहुन्छ ?
म अहिले यहाँसम्म आइपुगेकी छु यो नै खुसीको कुरा हो । कहिले चाँही घरमा भोक लाग्यो भन्ने मान्छे आउँछन् र उसलाई केही खानेकुरा खान दिँदा खुसी लाग्छ ।

– अन्त्यमा के भन्न चाहानुहुन्छ ?
मध्यस्थताले मसंग मेरो जीवनको छोटो मिठो अनुभव बाँड्ने मौका दियो यसका लागि धन्यवाद व्यक्त गर्दछु ।  

 

sandhya-final-1498309859.jpg
siddhi-binayak-madhyastha-1502267497.gif
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
‘विकासका लागि गठबन्धनलाई मत’ 
kumari-kulekhani-1511275490.jpg

मकवानपुर । प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश (क) का उम्मेद्वार कुमारी मोक्तानले जनताको चाहना अनुसार नेपालका...

भ्रम छरेर चुनाव जितिन्न :  विरोध खतिवडा 
birodh-1511274488.jpg

मकवानपुर । वामगठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेद्वार विरोध खतिवडाले वामपन्थीको लालकिल्ला...

प्रदेशको राजधानी हेटौंडा बनाउँन पहल गर्न स्थानीयको माग
dormani-poudel-1511271257.JPG

मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ (ख) मा वाम गठवन्धनका उम्मेद्वार डोरमणी पौडेललाई हेटौँडा ४ का...

छतिवनमा प्राथमिक उपचार सम्बन्धि तालिम
training-news-chhativan-1511268384.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाको छतिवनमा आधारभूत प्राथमिक उपचार सम्बन्धि तालिम भएको छ । तीन दिनसम्म...

मकवानपुरमा उत्कृष्ट दश जना महिला उद्यमी छनौट
mahila-udhdami-1511264922.jpg

मकवानपुर।  मकवानपुरका विभिन्न साविक सात गाविसमा उत्कृष्ट महिला उद्यमीको नाम घोषणा गरिएको छ । उत्कृष्ट छनौट...

बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...