सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
hetauda-city-college-1502267218.gif

समाचार

बालसंरक्षण समितीको कार्य प्रभावकारी

hadikhola-1509543286.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँमा बालबालिकासंग सम्बन्धि समस्या पहिचान गरी समाधान गर्नका लागि स्थानीय बाल संरक्षण समितिको भूमिका प्रभावकारी बनेको पाइएको छ । बुधबार जिल्ला बालकल्याण समिती मकवानपुरको समन्वयमा मकवानपुरको हाडीखोला र चुरियाईस्थित बाल संरक्षण समितिले गरेको कार्य अनुगमनका क्रममा यस्तो पाइएको छ ।
बालसंरक्षण समिति स्थानीय रुपमा बालबालिकाको समस्या पहिचान गरी समाधान गर्न आवश्यक योजना बनाएरै लागिपरेको पाइएको हो । वि.सं.२०७२ को विनासकारी भूकम्पपछि बाल संरक्षण समितिको सक्रियतामा हाडीखोलामा एक सय ७८ जना बालबालिका जोखिममा रहेको तथ्याङ्क पत्ता लगाइएको थियो ।
जोखिममा रहेका बालबालिका मध्ये तत्काल सेवा प्रदान गर्नुपर्ने १५ जनालाई प्रति व्यक्ति नगद पाँच हजारका दरले आपतकालीन सहयोग प्रदान गरिएको थियो । बालबालिकाका क्षेत्रमा क्रियाशील बालकल्याण समाज मकवानपुरले युनिसेफ नेपालको सहयोगमा बाल संरक्षण समितीको अगुवाईमा नगद प्रदान गरी जोखिममा रहेका बालबालिकालाई संरक्षण प्रदान गरिएको थियो ।  
यस्तै, अति विपन्नतामा रहेका कारण संरक्षण आवश्यक परेका ४ जना बालबालिकाको परिवारलाई प्रदान गरिएको जिविकोपार्जन सहयोग प्रभावकारी बनेको पाइएको छ । अनुगमनमा सहभागी महिला तथा बालबालिका कार्यालय मकवानपुरका महिला विकास अधिकृत शान्ति विश्वकर्माले गैर सरकारी संस्थाको सहयोगमा गाउँमा जोखिममा रहेका बालबालिकालाई प्रदान गरिएको सहयोग प्रभावकारी रहेको बताइन् । ‘संस्थाले आफ्नो परियोजना अवधिमा रहेर सेवा प्रदान गर्ने हो । ’ उनले भनिन्, ‘संस्थाको सहयोग नपाएपनि स्थानीय रुपमा बालबालिकाको समस्या समाधानका लागि बाल संरक्षण समिति सक्रिय भइरहनु पर्दछ । ’ उनले दातृ निकायले सहयोग दिने कार्य रोकेका खण्डमा पनि गाउँमा बालबालिकासंग सम्बन्धित समस्या आइपरेमा समाधानका लागि लागिपर्न बाल संरक्षण समितिलाई आग्रह गरिन् ।
हाडीखोला स्थित बाल संरक्षण समितिले जोखिममा रहेका बालबालिकालाई आर्थिक, जिविकोपार्जन सहयोग प्रदान गर्नुका साथै विभिन्न बालअधिकार संरक्षणका लागि विभिन्न जागरणमूलक अभियान समेत सञ्चालन गरिएको पाइएको छ । समितिका संयोजक कृष्णप्रसाद पौडेलले  स्थानीय रुपमा पहिचान भएका बालश्रम, बालविवाह, बालयौन दुव्र्यबहार लगायत बालसंरक्षणका सवालमा आफूहरुले बार्षिक कार्ययोजना बनाएर सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । उनका अनुसार बिचमै पढाई छाड्ने तथा आफू खुसी विवाह गर्ने लगायत कार्यले बालसंरक्षणका लागि हाडीखोलामा चुनौती छ ।
हाडीखोलाका लागि बालकल्याण समाजका सामाजिक कार्यकर्ता रामशरण दाहाल पनि यस्ता बाल संरक्षणका अनेक सवालमध्ये प्राथमिकीकरण गरेर योजनाबद्घ ढङ्गले लागिपर्नका लागि आफूहरुले सहजीकरण गर्ने बताउँछन् ।
हाडीखोलामा मात्रै होइन मकवानपुरको चुरियामाईमा रहेको बालसंरक्षण समितीले गरेका कार्यका विषयमा पनि बुधबार जानकारी लिइएको छ । महिला तथा बालबालिका कार्यालय, नेपाल पत्रकार महासंघ मकवानपुर, बाल संरक्षण समितिलाई सक्रियताका लागि सहजीकरण गरिरहेको बाल कल्याण समाज मकवानपुरका प्रतिनिधीले अनुगमन गर्दा बालबालिकाका सवाल पहिचान गरी स्थानीय बालबालिकाकालाई अधिकार प्रदान गर्ने कार्यमा बाल संरक्षण समिति लागिपरेको पाइएको हो ।
समितीका संयोजक सुनकेशरी रुम्बाका अनुसार चुरियामाईमा बालश्रम, जन्मदर्ता, बिचमै पढाई छाड्ने लगायत बाल संरक्षणको सवाल भएकाले योजनाबद्घ रुपमा समस्या समाधानका लागि कार्य भइरहेको छ । चुरियामाईमा प्रदान गरिएको तीन जना जोखिममा रहेको बालिकाको संरक्षकको आर्थिक सवलीकरणका लागि जिविकोपार्जन सहयोग तथा ६ जना जोखिममा रहेका बालबालिकाका लागि प्रदान गरिएको आपतकालीन सहयोग प्रभावकारी बनेको अनुगमनका क्रममा पाइएको छ । यसका साथै विभिन्न जागरणमूलक अभियानमार्फत पनि चुरियामाईमा रहेको बाल संरक्षण समितीले आफूलाई बाल संरक्षणको क्षेत्रमा आफूलाई सक्रिय राखेको सामाजिक कार्यकर्ता सानु थापा मगरले जानकारी दिए ।
स्थानीय बाल संरक्षण समितिले गरेका कार्यबारे बुझ्न महिला तथा बालबालिका कार्यालय मकवानपुरका महिला विकास अधिकृत शान्ति विश्वकर्माका साथै कार्यालयर्क सूचना व्यवस्थापन अधिकृत रवि हमाल, बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडा, कार्यक्रम संयोजक सुशीलराज गिरी, लेखा अधिकृत नवराज खनाल, समाजका कोषाध्यक्ष महालक्ष्मी श्रेष्ठ, नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव गणेशदर्पण अधिकारी, समृद्द समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठ लगायतको सहभागिता थियो ।   

 

siddhi-binayak-madhyastha-1502267497.gif
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
‘विकासका लागि गठबन्धनलाई मत’ 
kumari-kulekhani-1511275490.jpg

मकवानपुर । प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश (क) का उम्मेद्वार कुमारी मोक्तानले जनताको चाहना अनुसार नेपालका...

भ्रम छरेर चुनाव जितिन्न :  विरोध खतिवडा 
birodh-1511274488.jpg

मकवानपुर । वामगठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेद्वार विरोध खतिवडाले वामपन्थीको लालकिल्ला...

प्रदेशको राजधानी हेटौंडा बनाउँन पहल गर्न स्थानीयको माग
dormani-poudel-1511271257.JPG

मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ (ख) मा वाम गठवन्धनका उम्मेद्वार डोरमणी पौडेललाई हेटौँडा ४ का...

छतिवनमा प्राथमिक उपचार सम्बन्धि तालिम
training-news-chhativan-1511268384.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाको छतिवनमा आधारभूत प्राथमिक उपचार सम्बन्धि तालिम भएको छ । तीन दिनसम्म...

मकवानपुरमा उत्कृष्ट दश जना महिला उद्यमी छनौट
mahila-udhdami-1511264922.jpg

मकवानपुर।  मकवानपुरका विभिन्न साविक सात गाविसमा उत्कृष्ट महिला उद्यमीको नाम घोषणा गरिएको छ । उत्कृष्ट छनौट...

बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...