सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
hetauda-city-college-1502267218.gif

हिँड्दा-हिँड्दै

‘माँया ! जीवन जीउने आधार हो । ’
प्रमिलालाई १२ प्रश्न

prami-1491917206.jpg

प्रमिला थिङ

मकवानपुर, हेटौंडाकी प्रमिला थिङ, लामो समयदेखि गैरसरकारी संस्थामा कार्यरत छिन् । महिला सहकारीबाट सामाजिक अभियान बुझ्ने अवसर पाएकी उनी अहिले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल मकवानपुरले सञ्चालन गरिरहेको भूकम्पपछिका कामबारे पारदर्शीता एवम् सुशासन सम्बन्धि परियोजनाको अधिकृतको जिम्मेवारीमा छिन् । उनीसंग जीवन अनूभूती लगायतका विषयमा हामीले छोटो कुराकानी गरेका छौं ।   
१.तपाईको नाम प्रमिला, नामको अर्थ  ?
–   ठ्याक्कै यहि नै हो भनेर थाहा छैन तर सहनशील र सहयोगी हो कि भन्ने लाग्छ ।
२.नाम आफैले राखेको कि अरु कसैले राखिदिएको ?
– मेरो नाम आमा बाबाले राखिदिनुभएको हो ।
३. तपाई सामाजिक संस्थामा काम गर्नुहुन्छ । कस्तो लागिरहेको छ ?
– सामाजिक क्षेत्रमा काम गर्नुको अनुभुती नै अलग छ । जसमा आनन्द र खुशी प्राप्त हुन्छ । म २०६४ सालबाट महिला सहकारी क्षेत्रबाट प्रवेश गरिएको हो ।
४.अहिलेसम्मको तपाईको आफ्नो अनुभूति भोगाइको आभारमा भन्नुपर्दा जीवन भनेको के हो जस्तो लाग्छ  ?
– मेरो विचारमा जीवन सङ्घर्ष साथसाथै मिलन विछोडको यात्रा पनि हो । जीवन जिउनको लागि सबैले सङ्घर्ष गर्नैपर्छ । कसैले धेरै त कसैले थोरै सङ्घर्ष गरेकै हुन्छन् । अहिलेसम्मको अवस्थामा आईपुग्दा जीवनमा दुःख पनि भोगे भने दुःख संगसंगै सुखको पनि अनुभुती गरे । काम गर्दै जाने क्रममा विभिन्न स्वभावका मान्छेहरुसंगको यात्रा पनि पार गरे तर धेरै भन्दा धेरै राम्रा र सहयोगी साथीभाईहरुबाट टाढिन पनि पुगे त्यसैले मलाई लाग्छ जीवन मिलन विछोडको यात्रा पनि हो ।
५. लभ भनेको चाहिँ के हो ?
– माया ! जीवन जीउने आधार हो, जुन परिवार तथा साथीभाई बिचमा रहन्छ ।
 ६. कसैसंग लभमा हुनुहुन्छ ?
–   छैन ।
७. सबैभन्दा बढी माया कसको लाग्छ  ?
– आमा/बाबा र परिवारको । किनभने यो अवस्थासम्म आईपुग्नमा मेरो परिवारको साथ तथा मायाले गर्दा नै हो ।

८.विवाह भनेको के लाग्छ तपाईलाई  ? अनि आफ्नो जिवनसाथी कस्तो होस भन्ने लाग्छ  ?
–सामान्य रुपमा भन्ने हो भने विवाह सामाजिक प्रक्रिया नै हो । सबै महिलाहरुको सोच जस्तै मेरो पनि जीवन साथी माया गर्ने, बुझ्ने, मिलनसार र सहयोगी होस् ।
९. जीवनमा सबैभन्दा खुसी हुनुभएको कुनै क्षण छ  ? जुन बिर्सन सक्नुहुन्न  ।
पहिलो पटक जागिर पाएको क्षण म धेरै खुसी भएकी थिए, त्यो पल कहिल्यै र्बिसन सक्दिन ।  
१०. अनि सबैभन्दा दुःखी हुनुभएको कुनै क्षण छ  ?
– आफ्नोलाई गुमाउँदा सबैभन्दा दुःखी बनेको थिए ।
११. आफ्नो जागिर अथवा आफ्नो नियमित काम बाहेक तपाईलाई केमा रुची लाग्छ ? फुर्सद मिल्यो भने के गर्न मन लाग्छ ?
– गीतसंगीत सुन्ने, साथीहरुसंग नयाँ नयाँ ठाउँ घुम्ने ।
२. तपाईं सधै सामाजिक काममै सक्रिय हुने विचार हो या पेसा परिर्वतन गरौं जस्तो पनि लाग्छ ?
–  अहिलेसम्म यहि क्षेत्रमा खुसी छु , पेशा परिर्वतन गर्ने सोच छैन ।

 

siddhi-binayak-madhyastha-1502267497.gif
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...

मकवानपुरमा उत्कृष्ट २० जना महिला उद्दमी घोषणा

मकवानपुर । मकवानपुरको विभिन्न ग्रामिण क्षेत्रमा महिला उद्यमशिलता विकास तथा प्रवर्दन कार्यक्रम आयोजना गरिएको...

गायिका अनुमा पार्टी प्रचारमा
anuma-koirala-1510635710.jpg

मकवानपुर । गायिका अनुमा कोइरालाको अहिले परिचय फेरिएको छ । उनी अब गायिका मात्र रहिनन्, उनी विवेकशील साझा पार्टीमा...

हेटौंडा ८ मा बाम गठबन्धनको कार्यालय
bam-1510633978.jpg

मकवानपुर । हेटौंडा ८ कमानेमा बाम गठबन्धनको चुनाब प्रचार प्रसार कार्यालय उद्घाटन गरीएको छ । कार्यालयको...

काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब लगानी गर्ने
surung-marga-news-1510633725.jpg

काठमाडौं । बहुप्रतिक्षित काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब ४० करोड...

गरे के हुन्न : बाल संरक्षणका लागि घटना व्यवस्थापन प्रकृया प्रभावकारी !
cpc-1510120322.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका राइगाउँकी बालिका कविता मगर (नाम परिवर्तन) की आमा अन्तै विवाह गरी हिडीन्...