सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
hetauda-city-college-1502267218.gif

मध्यवाण

माननीय बानियाँ ज्यु, कुमलटारवासी अझै पुलको प्रतिक्षामा छन्

kumaltar-1501300862.jpg


मकवानपुर/ गत २०७० साल मंसिर ४ गते सम्पन्न भएको दोस्रो संविधान सभाको चुनावबाट मकवानपुर जिल्ला क्षेत्र नं १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार बनेका इन्द्रबहादुर बानियाँ अत्याधिक मत ल्याएर सांसद बनेका थिए । सांसदमा विजयी भएसँगै बानियाँ नेपाल सरकारको संस्कृती पर्यटन एवम् नागरिक उड्ययन राज्यमन्त्री हुुँदै गृह राज्यमन्त्री पनि बनिसकेका छन् । सांसद बनेपछि बानियाँले आफ्नो क्षेत्रमा धेरै विकासहरु गरिसकेका छन् र गरी पनि रहेका छन् । मकवानपुर जिल्ला क्षेत्र नं १ अन्तर्गत् पर्ने अधिकांश ठाउँमा बानियाँको पहलमा विकास निर्माणका कार्यहरु सम्पन्न भइसकेको छ । चुनावको दौड्हानमा प्रचारप्रसार गर्ने क्रममा सांसद बानियाँ आफ्नो क्षेत्र अन्तर्गत् पर्ने हरेक ठाउँ पुगेका थिए । भोट माग्ने शिलशिलामा सांसद बानियाँ जहाँ पुग्थे, अन्य उम्मेद्वारले जस्तै उनले पनि विकासको प्रतिवद्धता र आश्वासन छोडेर फर्कन्थे । 
तर, सांसद बानियाँकै क्षेत्र पर्ने साविकको हटिया–६, हालको हेटौँडा–१७ कुमलटारका जनता भने उनीदेखि रुष्ट छन् । कुमलटारवासीलाई कुमलटार र हेटौँडा–६ चुच्चेखोला जोड्ने पुलको आवश्यकता रहेछ । कुमलटार  र चुच्चेखोलाको बीचमा रहेको कर्रा खोलामा वर्षामा आएको भेल बाढीबाट सबै स्थानीयलाई असर पुगिरहेको छ । बाढीकै कारण कुमलटारमा उत्पादन भएका कृषिजन्य खाद्यन्न सामग्री ओसारप्रसार गर्न, विद्यार्थीलाई स्कुल–कलेजबाट घर ओहोरदोहोर गर्न, विरामीलाई अस्पताल पुर्याउन स्थानीय जनताले सास्ती खेप्नु परिरहेको छ । 
सांसदमा विजयी हुनुअघि बानियाँले कुमलटारवासीलाई कुमलटार र चुच्चेखोला जोड्ने पुल बनाइदिने प्रतिवद्धता गरेका रहेछन् । पुलको अभावमा निराश रहेका सबै स्थानीय, बानियाँले पुल बनाईदिने भनेपछि खुसी भएका थिए । इन्द्र बानियाँ सांसद बनेको झण्डै ४ वर्ष पुग्न आँटिसक्यो तर, कुमलटार र चुच्चेखोला जोड्ने पुलको नक्सा समेत कोरिएको छैन । मध्यस्थतासँग कुरा गर्दै कुमलटारका स्थानीय रामप्रसाद गौतमले भनेः‘ पुल बनाईदिन्छु भन्दै भोट मागेर गएका सांसद इन्द्रबहादुर बानियाँ मन्त्रीसम्म हुनुभयो, तर कुमलटार फर्केर आएनन् । बानियाँलाई भोट दिएर सांसद बनाएको ४ वर्ष भैसक्यो ।  हामी भने अझैपनि चप्पल हातमा बोकेर, कपडा माथि सार्दै कर्रा खोला तर्न बाध्य छौँ । ’
स्थानीयहरुको गुनासो सुन्दा अझैपनि कुमलटारवासी सांसद बानियाँको पहलमा चुच्चेखोला जोड्ने पुल बन्छ भन्ने कुरामा आशावादी रहेको पाइएको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति समेत रहेका सांसद बानियाँबाट कुमलटारवासीले चाहेको त्यही एउटा पुलमात्रै रहेछ । अब भने सांसद बानियाँको नजर कुमलटार र चुच्चेखोलाको बीचमा पर्ने कर्रा खोलाको बाढीले बगाउन लागेको कुमलटारवासीको आशा र इच्छामा पनि पर्ला की ?     
 

siddhi-binayak-madhyastha-1502267497.gif
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
‘विकासका लागि गठबन्धनलाई मत’ 
kumari-kulekhani-1511275490.jpg

मकवानपुर । प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश (क) का उम्मेद्वार कुमारी मोक्तानले जनताको चाहना अनुसार नेपालका...

भ्रम छरेर चुनाव जितिन्न :  विरोध खतिवडा 
birodh-1511274488.jpg

मकवानपुर । वामगठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेद्वार विरोध खतिवडाले वामपन्थीको लालकिल्ला...

प्रदेशको राजधानी हेटौंडा बनाउँन पहल गर्न स्थानीयको माग
dormani-poudel-1511271257.JPG

मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ (ख) मा वाम गठवन्धनका उम्मेद्वार डोरमणी पौडेललाई हेटौँडा ४ का...

छतिवनमा प्राथमिक उपचार सम्बन्धि तालिम
training-news-chhativan-1511268384.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाको छतिवनमा आधारभूत प्राथमिक उपचार सम्बन्धि तालिम भएको छ । तीन दिनसम्म...

मकवानपुरमा उत्कृष्ट दश जना महिला उद्यमी छनौट
mahila-udhdami-1511264922.jpg

मकवानपुर।  मकवानपुरका विभिन्न साविक सात गाविसमा उत्कृष्ट महिला उद्यमीको नाम घोषणा गरिएको छ । उत्कृष्ट छनौट...

बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...