सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
hetauda-city-college-1502267218.gif

चिनारी

यस्तो छ भरतपुर महानगरकी मेयर रेणु दाहालको जीवनयात्रा

renu-dahal-810x456-1501994325.jpg

रेणु दाहाल

२०३३ साल असार २२ गते चितवनको तत्कालीन शिवनगर गाविस (हालको भरतपुर महानगरपालिका १४) भीमसेननगरमा जन्मिनुभएकी भरतपुर महानगरका नवनिर्वाचित प्रमुख रेणु दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालकी माइली छोरी हुनुहुन्छ । २०५१ सालमा पार्टी प्रवेश गर्नुभएकी दाहाल २०५२ सालमा माओवादी जनयुद्ध शुरु भएसँगै भूमिगत हुनुभएको थियो ।

प्रवासमा अखिल भारत नेपाली महिला संगठन, केन्द्रीय समिति अध्यक्ष, जनयुद्धकालमा रोल्पा जिल्लामा पार्टीको सहइन्चार्जको भूमिका निर्वाह गरिसक्नुभएकी दाहाल अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का महासचिव हुनुहुन्छ । दाहाल काठमाडौँका जिल्ला सहसचिव हुँदै हाल पार्टीको पोलिटब्यूरो सदस्य हुनुहुन्छ ।

चितवनमै प्रवेशिकासम्मको अध्ययन गर्नुभएकी दाहाल पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् हुनुभएको थियो । दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ मा उम्मेदवार बन्नुभएकी दाहाल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित हुनुभएको थियो ।

दाहालको २०५३ साल माघ २७ गते चितवनकै व्यवसायी अर्जुन पाठकसँग विवाह भएको थियो । हाल उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँ भरतपुर महानगरपालिका–१० मा बस्दै आउनुभएको छ ।

बाबु प्रचण्ड जनयुद्धमा होमिएपछि बाबुलाई साथ र सहयोगको लागि भन्दै राजनीतिमा लाग्नुभएकी दाहाल आफूले राजनीतिक प्रेरणा बाबुबाट नै पाएको बताउनुहुन्छ । नेपाली काँग्रेसको प्रभाव रहेको महानगरमा काँग्रेसकै समर्थन पाएपछि दाहाल प्रमुखमा विजयी हुनुभएको हो ।

जिल्ला बाहिर बसेर राजनीति गर्दै आउनुभएकी दाहालका लागि चितवनको राजनीति भने नयाँ हो ।

यस्तै, विसं २०२४ भदौ ४ गते साविकको गुञ्जनगर गाविस–४ (भरतपुर महानगरपालिका–१८) मा जन्मनुभएका उपप्रमुख शाहले प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएको छ । बुबा कृष्णबहादुर शाह र आमा देवीमाया शाहको पहिलो सन्तानको रुपमा जन्मनुभएकी शाहले कक्षा दश सम्मको अध्ययन गाउँमै गर्नुभएको थियो ।

प्रवीणता प्रमाणपत्र तह अध्ययनका क्रममा भरतपुरमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पसबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएकी शाह साविक भरतपुर नगरपालिका–१२ को तरुणदल अध्यक्ष, नगर सदस्य, जिल्ला सदस्य हुँदै काठमाडौँमा गठित नारायणी–बागमती अञ्चलको सम्पर्क समितिको निर्वाचित अध्यक्षसमेत भएर काम गरिसक्नुभएको छ ।

हाल उहाँ नेपाल महिला संघ, चितवनको अध्यक्ष हुनुहुन्छ । शाहले नेपाल तरुण दलको केन्द्रीय सदस्य तथा केन्द्रीय सचिव जस्तो जिम्मेवारीसमेत वहन गरिसक्नुभएको छ । विसं २०६२/०६३ मा भएको जनआन्दोलनका समयमा चार महिना हिरासत जीवन बिताउनुभएकी शाह नेपाली काँग्रेसको ११ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनिसक्नुभएको छ । राससबाट

siddhi-binayak-madhyastha-1502267497.gif
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...

मकवानपुरमा उत्कृष्ट २० जना महिला उद्दमी घोषणा

मकवानपुर । मकवानपुरको विभिन्न ग्रामिण क्षेत्रमा महिला उद्यमशिलता विकास तथा प्रवर्दन कार्यक्रम आयोजना गरिएको...

गायिका अनुमा पार्टी प्रचारमा
anuma-koirala-1510635710.jpg

मकवानपुर । गायिका अनुमा कोइरालाको अहिले परिचय फेरिएको छ । उनी अब गायिका मात्र रहिनन्, उनी विवेकशील साझा पार्टीमा...

हेटौंडा ८ मा बाम गठबन्धनको कार्यालय
bam-1510633978.jpg

मकवानपुर । हेटौंडा ८ कमानेमा बाम गठबन्धनको चुनाब प्रचार प्रसार कार्यालय उद्घाटन गरीएको छ । कार्यालयको...

काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब लगानी गर्ने
surung-marga-news-1510633725.jpg

काठमाडौं । बहुप्रतिक्षित काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब ४० करोड...

गरे के हुन्न : बाल संरक्षणका लागि घटना व्यवस्थापन प्रकृया प्रभावकारी !
cpc-1510120322.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका राइगाउँकी बालिका कविता मगर (नाम परिवर्तन) की आमा अन्तै विवाह गरी हिडीन्...