सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
hetauda-city-college-1502267218.gif

राजनीति

वाम भर्सेज लोकतान्त्रिक ध्रुवीकरणमा मधेशी दल कता ?

काठमाडौँ /अहिले देश तालमेल र गठबन्धनको राजनीतिक चक्करमा रिंगाईहेका छ । एमाले र माओवादीको पार्टी एकतासम्मै गर्ने चुनावी तालमेल र सहकार्यको साईड ईफेक्टले देशमा राजनीतिक धु्रविकरणलाई शिखरमा उचाल्दै छ । लोकतान्त्रिक भर्सेज वामपन्थी खेमाको गठबन्धनले मधेशी दलहरुलाई यक्ष प्रश्नको घेरामा पारिदिएकोछ की अब मधेशी दल कुन कित्तामा जाने ? वाम गठबन्धनमा की लोकतान्त्रिक गठबन्धनमा ? या मधेशी दल स्वतन्त्र हैसियतमा रहने ?

किनभने मधेश मैत्री दल काँग्रेस र माओवादीको गठबन्धन सिद्धान्ततः बिघटन भैसकेको छ । सत्तालिप्साका कारण मात्रै माओवादी सरकारमा छ । माओवादीलाई सरकारबाट घोक्रेठयाक लगाएमा मंसिरको चुनाव प्रभावित होला की भन्ने डरले मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी मन्त्रीहरुलाई पलमुक्त गर्न हिच्किचाईरहेका छन । 

होईन भने माओवादी र काँग्रेसको टुटेको राजनीतिक साईनोको जुईनो फुस्किदा त्यसको सिधा असर मधेशवादी दललाई नै परेको छ । किन भने माओवादीले संविधान संसोधनको विपक्षी दल एमालेसँग गरेको गठबन्धनले अब मधेशी दल माओवादीसँग आश्वस्त र विश्वस्त भैरहने अवस्था बाँकी रहेन । उता काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा मधेशी दल सामेल हुने हो भने त्यसले मात्रै मधेशी दलको माग पुरा गर्ने संभावना लगभग कमजोर छ ।

मधेशी दलहरु लोकतान्त्रिक वा वाम गठबन्धनको राप र चापबाट मुक्त भएर तेस्रो शक्तिका रुपमा नै बसिरहन पनि उनीहरुका लागि सुरक्षित राजनीतिक राजमार्ग होईन । किन भने ठूला दलहरुको वाम तथा गैर वाम गठबन्धन भनेको देशलाई दुईदलीय राजमार्गमा लैजाने कसरत हो, जहाँ मधेशी तथा अनय क्षेत्रीय दल स्वतः छायामा पर्ने निश्चित छ ।

काँग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुने संकेत मधेशी दलले देखाएका छन । राजपा,  संघीय समाजवादी र फोरम लोकतान्त्रिकको नेतृत्व काँग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुदै पनि छन् । वार्ताहरु जारी छन र गठबन्धन बनाउने समितिहरुमा पनि उनीहरुको सहभागिता भैरहेको छ । तर यसले उनीहरुको मुख्य माग संविधान संसोधनको माग पुरा गराउन संभव हुने छैन किन भने लोकतान्त्रिक गठबन्धनसंग आवश्यक दुईतिहाई मत ल्याएर संसदमा हालीमुहाली गर्ने हैसियत बनिसकेको छैन । बरु यो संभावना थोरै भए पनि वाम गठबन्धनसँग छ,  भलै त्यो पनि धेरै कठिन छ ।

स्थानीय तह चुनावको ताजा मतादेशको जगमा मधेशी दलहरुले तत्कालै पार्टी एकता गर्नु उनीहरुका हितमा छ । २ नम्वर प्रदेशको असोज २ को चुनावमा तीन मधेशी दल राजपा, संघीय समाजवादी र लोकतान्त्रिक फोरम मिलेको भए पहिलो दल बन्ने जनादेशले देखाएको छ । तर जनादेश अनुसार मिल्ने र ठूला दल विरुद्ध झम्टिने रहर र हैसियत तीनटै मधेशी दलले देखाईरहेका छैनन् । किनभने उनीहरुको नेतृत्वमा नेताहरुको आपसी ईगोले एकको अस्तित्व अर्कोले स्वीकार गर्ने अवस्था देखिएको छैन । 

राजपाका नेता हृदेश त्रिपाठी एमालेको चुनाव चिन्हबाट चुनाव लड्ने निष्कर्षमा पुगेर राजपालाई दनक दिए । फोरम लोकतान्त्रिकमा नेता तथा पर्यटन मन्त्री जितेन्द्र देव वाम गठबन्धनमा जान खुट्टा उचालिरहेका छन भने अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छेदारलाई काँग्रेसमा जान वा गठबन्धनमा जानैपर्ने ठूलो परिस्थितिजन्य वाध्यता थपिदैछ । यो दल चुनाव अगावै काँग्रेस र वाम मध्येका दुबै गठबन्धनमा बिभक्त भएर विलय भएमा कुनै आश्चर्य हुने छैन ।

संघीय समाजवादीमा पनि दुई धार छन । जनजाती तर्फका नेता अशोक राई वा राजेन्द्र श्रेष्ठहरु पूर्व एमाले हुन्, अध्यक्ष उपेन्द्र यादव पूर्वमाओवादी हुन् । स्वभाव, विगतको पृष्ठभुमि र मुद्धालाई हेर्ने दृष्टिकोणका आधारमा संघीय फोरम वाम गठबन्धनसँग निकट छ । उसले मधेशको उदाउदो शक्तिका रुपमा आफूलाई स्थापित गरेको छ । तर काँग्रेस भर्सेज वाम गठबन्धनको रापमा अब संघीय समाजवादी एकलै मधेशको बलियो शक्तिका रुपमा टिकीरहन धेरै चुनौति थपिएका छन । 

मुलतः पहिलो संविधान सभापछि दलहरुमा मधेश राजनीतिको नेतृत्व लिने होड चल्यो । महन्थ ठाकुरले काँग्रेसको सजिलो र सम्मानित तथा सुरक्षित राजनीति त्यागेर तमलोपा बनाए । सर्वेन्द्रनाथ शुक्ल हुन की रेणु यादव जस्ता आफैमा स्थानीय प्रभाव बलियो भएका तत्कालिन राप्रपा नेताहरु पनि महन्थको मधेश व्राण्डको राजनीतिका सारथी बने । हृदयेश त्रिपाठी तराई मधेशका पुराना र अग्ला नेता थिए, तर उनले पनि महन्थलाई नेता मानेर मधेशवादी राजनीतिमा नयाँ रंग भर्न केही वर्ष मेहनेत गरे । कांग्रेसका एक शक्ति केन्द्र विजय गच्छदारले उपेन्द्रको फोरम हुदै मधेशवादी राजनीतिमा हाम फाल्दै पछि आफै नाईके भएको आन्दोलन नगर्ने तर सत्ता नछोडने मधेशी दल बनाए । विधान, दस्तावेज र पार्टी नीतिहरुमा जे सुकै लेखिएको भए पनि अहिले केही समय अघिसम्मका क्रान्तिकारी मधेशी दलहरुलाई अब पुनःराष्ट्रिय पार्टी बन्ने भोक जागेको देखिन्छ ।

संविधान बन्नु अघिदेखि संविधान जारी भई लागू हुदै गैरहेको वर्तमान परिप्रेक्ष्यमा उग्र मधेशवादीहरु क्रमशः संविधान संसोधनको पराजय स्वीकार गर्न पनि राजी भए । अहिले भदौं ५ मा उनीहरुले संविधान संसोधनका पक्षमा गरेको मतदान र स्वीकार गरेको परिणामका आलोकमा उनीहरु अब संविधानका असंतुष्ट हिस्सा बनिसकेका छन । जसरी तत्कालिन एमालेले २०४७ सालको संविधानलाई आलोचनात्मक समर्थन गरेको थियो, अहिले मधेशवादी दलरुहरुको संविधान प्रतिको हेराई र पोजिसन पनि २०४७ को संविधानप्रतिको एमाले हेराई जस्तै तहमा बदलिएको छ ।

तर पछिल्लो वाम भर्सेज लोकतान्त्रिक ध्रुविकरणमा मधेशी दलको लागि अनपेक्षित, अप्रत्याशित र अति वाध्यात्मक  हो की अब उनीहरु पनि तीन दल भएर होईन सिंगो एक दल भएमा मात्रै राजनीतिक मैदानमा शक्तिशाली हुनेछन् । अन्यथा उनीहरुको राजनीतिक भविष्य संकटतिर धकेलिने छ । 

अहिले काँग्रेस वा वाम दुबैतिरको होईन, पहिले मधेशी दलहरु वीचको सके पार्टी एकता, नभएमा चुनावी गठबन्धन निर्माण नै मधेशी दलको पहिलो अनिवार्य दायित्व हो । जनादेश र राजनीतिक निकास पनि त्यही हो । तर नेतै नेता र ईगो नै इगोले भरिएका मधेशी नेताहरु यो युगिन कार्यभार र चुनौति सामना गर्न मिलेर पहिले बलियो हुने अनि मात्रै वाम वा गैर वाम कित्तामा सामेल हुने सत्मार्गमा अघि बढ्न सक्लान त ? खरिबोट डटकमबाट

 

 
siddhi-binayak-madhyastha-1502267497.gif
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
‘विकासका लागि गठबन्धनलाई मत’ 
kumari-kulekhani-1511275490.jpg

मकवानपुर । प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश (क) का उम्मेद्वार कुमारी मोक्तानले जनताको चाहना अनुसार नेपालका...

भ्रम छरेर चुनाव जितिन्न :  विरोध खतिवडा 
birodh-1511274488.jpg

मकवानपुर । वामगठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेद्वार विरोध खतिवडाले वामपन्थीको लालकिल्ला...

प्रदेशको राजधानी हेटौंडा बनाउँन पहल गर्न स्थानीयको माग
dormani-poudel-1511271257.JPG

मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ (ख) मा वाम गठवन्धनका उम्मेद्वार डोरमणी पौडेललाई हेटौँडा ४ का...

छतिवनमा प्राथमिक उपचार सम्बन्धि तालिम
training-news-chhativan-1511268384.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाको छतिवनमा आधारभूत प्राथमिक उपचार सम्बन्धि तालिम भएको छ । तीन दिनसम्म...

मकवानपुरमा उत्कृष्ट दश जना महिला उद्यमी छनौट
mahila-udhdami-1511264922.jpg

मकवानपुर।  मकवानपुरका विभिन्न साविक सात गाविसमा उत्कृष्ट महिला उद्यमीको नाम घोषणा गरिएको छ । उत्कृष्ट छनौट...

बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...