सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
hetauda-city-college-1502267218.gif

चिनारी

सबैको आशिषले सफल हुँदै आशीष ग्रील

17880650_632262636961442_-1492925031.jpg

प्रो.आशिष माझी

करिब ६ वर्ष पहिले हेटौंडा ५, भैरवरोडमा सञ्चालनमा ल्याइएको आशीष ग्रील तथा स्टिल उद्योग अहिले हेटौंडामा लोकप्रिय बन्न सफल भएको छ । सुरुमा डेढ लाख लगानी गरेर स्टिल, घरका लागि आवश्यक ग्रील, रेलिङ् गेट, च्यानल गेट, ट्रस, गोलो भर्याङ्बाट व्यवसाय सुरु गरिएकोमा यसको अहिले सेवा थपिएको छ । उद्योगका प्रोपाइटर आशीष माझीका अनुसार ग्रीत तथा स्टिलसंग सम्बन्धित विभिन्न प्रकारका सेवा अहिले उद्योगले दिदैं आएको छ । ‘अहिले आएर व्यवसायिक रुपमा अघि बढ्नका लागि योजनाबद्घ ढङ्मा म लागेको छु । ’ आशिष भन्छन्,‘काम गर्दै जाँदा सुरुमा जस्तो तनाव पनि नहुने, अनुभव जति बढ्दै जान्छ त्यति नै मात्रामा काम गर्नका लागि अवसर पनि आउँदो रहेछ । ’
उनले अहिले आफ्नो व्यवसायलाई केही फराकिलो पनि बनाएका छन् । उद्योगबाट अहिले स्टिल सम्बन्धि सम्पूर्ण आइटम, बुट्टा, खाप्सी वफ चक्का लगायत सम्पूर्ण आइटमहरु बिक्री गरिन्छ । आफैं लगानीकर्ता भएर माझी स्वरोजगार बनेका छन् भने उनले अरुलाई रोजगारीको अवसर पनि दिएका छन् ।
आशिषलाई आफू स्वरोजगार हुँदै अरुलाई पनि केही मात्रामा पनि स्वरोजगार बनाउँदा पाउँदा आनन्द मिलेको बताउँछन् ।  मानिस आफ्नो देश छाडेर विदेशमा गएर अनेक दुःख गर्न पछि पर्दैनन् तर नेपालमा आम्दानी हुने खालका काममा दत्तचित्त भएर समय दिदैनन् । यसका लागि माझीको गतिलो जवाफ छ । उनी भछन्, ‘ काम भन्ने कुरा सानोठूलो हुदैन, काम गर्न लाज मान्नु पनि हुन्न ।’ आफू पनि काम सानो भनेर वास्ता नगरेको भए आज सफल नहुने उनको बुझाई छ ।  
सुरुसुरुमा उद्योगबाट २०–२५ हजार रुपिया आम्दानी हुँदै आएकोमा व्यवसायलाई केही भनेपनि फराकिलो बनाएकाले अहिले महिनामा ५० हजार रुपिया भन्दा बढी रुपिया आम्दानी गर्न सफल भइएको उनी बताउँछन् । ‘एउटै काममा लागिपर्दा चिन्ने मानिसहरुले पनि माया गर्छन् भन्ने मलाई लाग्छ । आशिष ग्रील एण्ड स्टिल उद्योग अहिले धेरैको रोजाईमा परेको छ भन्ने मलाई लाग्छ ।’ उनी आफ्नो काममा सबैले माया गरेको र साथ सहयोग पनि पाएको बताउँछन् ।  उनको उद्योगमा डिजाइनर, काम गर्ने मिस्त्री अनुभवी रहेकाले पनि सबैले विश्वास गरेको उनको धारणा छ । हेटौंडाका अलावा काठमाडौंका विभिन्न घरमा पनि ग्रील तथा रेलिङ् राख्नका लागि उनको उद्योगबाट उनका कर्मचारी पुगेका छन् । यो व्यवसायलाई अझै ठूलो उद्योगका रुपमा विकास गर्न पाए हुन्थ्यो भन्ने आशिषलाई लागेको छ ।

 

siddhi-binayak-madhyastha-1502267497.gif
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
‘विकासका लागि गठबन्धनलाई मत’ 
kumari-kulekhani-1511275490.jpg

मकवानपुर । प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश (क) का उम्मेद्वार कुमारी मोक्तानले जनताको चाहना अनुसार नेपालका...

भ्रम छरेर चुनाव जितिन्न :  विरोध खतिवडा 
birodh-1511274488.jpg

मकवानपुर । वामगठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेद्वार विरोध खतिवडाले वामपन्थीको लालकिल्ला...

प्रदेशको राजधानी हेटौंडा बनाउँन पहल गर्न स्थानीयको माग
dormani-poudel-1511271257.JPG

मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ (ख) मा वाम गठवन्धनका उम्मेद्वार डोरमणी पौडेललाई हेटौँडा ४ का...

छतिवनमा प्राथमिक उपचार सम्बन्धि तालिम
training-news-chhativan-1511268384.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाको छतिवनमा आधारभूत प्राथमिक उपचार सम्बन्धि तालिम भएको छ । तीन दिनसम्म...

मकवानपुरमा उत्कृष्ट दश जना महिला उद्यमी छनौट
mahila-udhdami-1511264922.jpg

मकवानपुर।  मकवानपुरका विभिन्न साविक सात गाविसमा उत्कृष्ट महिला उद्यमीको नाम घोषणा गरिएको छ । उत्कृष्ट छनौट...

बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...