सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
hetauda-city-college-1502267218.gif

मध्यनजर

सहकारीको महत्व र आवश्यकता

Article-Photo1-1497581933.jpg

लेखक

– नवराज खनाल
सहकारीको व्यवसायिकताका लागि अन्र्तराष्ट्रिय मूल्य मान्यता र सिद्धान्त पालना हुनैपर्छ  ।
सहकारीको मूल्य मान्यता, सिद्धान्तको व्यवहारिक अभ्यासमा सहकारी अभियन्ताले भूमिका खेल्नुपर्छ ।

सहकार्य अर्थात सहकारिताले आपसमा मिलेर काम गरौं भन्ने भावना जगाउँछ । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भई व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समुन्नतिको लागि गरिने एकतबद्ध प्रयास नै सहकारी हो । समाजशास्त्रीको नजरमा सहकारिता सामाजिक उत्पीडनबाट मुक्ति प्राप्त गर्ने साधन हो भने प्राविधिक रुपमा यसलाई एउटा व्यवसायिक कौशलको रुपमा लिइएको छ । सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ भनी यसको बारेमा विभिन्न विद्वानहरुले आ–आफ्नो धारणहरु व्यक्त गरेका छन् ।
मानव सभ्याताको शुरुवातसँगै समूहमा बस्ने, सामूहिक रुपमा काम गर्ने र सुख दुःखमा एक अर्कालाई सहयोग गर्ने परिपाटीबाट सहकारिताको भावना प्रकट भएको पाईन्छ । विवाह, ब्रतवन्ध, काजक्रिया आदि धार्मिक कार्य सम्पन्न गर्न समाजका सवै सदस्यहरु सम्मिलित भई सहकार्य गर्ने परम्परा अझै कायम रहिआएको छ । सहकारी आन्दोलनको शुरुवात फ्रान्स, बेलायत, जर्मनी आदि देशबाट शुरु भएको पाईन्छ । सन् १४९८ मा बेलायतको Abrdeen मा स्थापना भएको The Shore Porters Society नामक संस्थालाई विश्वको पहिलो सहकारी संस्थाको रुपमा लिइएको पाईन्छ । त्यसै गरी जर्मनीमा F=W Raiffeisen  ले बचत तथा ऋण सहकारी संस्था स्थापना गरी ग्रामिण जनतालाई शोषणबाट मुक्त गराए । उनलाई आजसम्म पनि विश्वभर बचत तथा ऋण सहकारी संस्थाका पिता भनिन्छ । अन्तराष्ट्रिय सहकारी महासंघको बेलायतको मेन्चेष्टरमा सन् १९५५ मको सेप्टेम्वर महिनामा भएको महासभाबाट सहकारीको परिभाषा यसरी गरिएको छ, “A cooperative is an autonomous economic, social and cultural needs and aspirations through a jointly owned and democratically controlled enterprise.”
नेपालमा सहकारी संस्थाको विकासक्रमलाई र्हेर्ने हो भने वि.सं. २०१० सालमा योजना विकाश तथा कृषि मन्त्रालय अन्तर्गत सहकारी विभाग गठन गरी सहकारीको संस्थागत विकाशको थालनी भएको पाईन्छ । तात्कालिन नेपाल सरकारले २०१३ सालमा “सहकारी गठन, दर्ता र संचालन आदेश“ जारी गरेको र सोही कानूनको आधारमा चितवन जिल्लामा नेपालकै पहिलो सहकारी संस्था बखानपुर सहकारी संस्था दर्ता भई संचालन भएको थियो । वि.सं. २०१६ सालमा सहकारी ऐन २०१६ तर्जुमा भई भई सहकारीको स्थापना र संचालन सम्बन्धी नियम तर्जुमा भएको थियो । पछि २०४१ सालमा आएर सहकारी ऐन २०१६ खारेज गरी साझा संस्था ऐन २०४१ जारी गरियो । वि.सं. २०४९ साल जेष्ठ २ गते सहकारी ऐन २०४८ जारी गरियो जुन ऐन बर्तमान अवस्थामा सहकारीको संस्थागत विकास गर्न क्रियाशील रहि आएको छ । हाल सहकारी ऐन २०४८ तथा सहकारी नियमावली २०४९ को अनुसरण गर्दै देशभर बचत तथा ऋण र अन्य गरी करीब १६ हजार भन्दा बढि सहकारी संस्था खुलेका छन् । जस मध्ये ८ हजार भन्दा बढि बचत तथा ऋण सहकारी संस्थाहरु रहेका छन् । यिनिहरुले अर्थतन्त्रमा खरबौको रकम परिचालन गरिरहेका छन् ।
नेपालको सहकारी ऐन २०४८ को प्रस्तावनामा उल्लेख भए अनुसार, “देशका कृषक, कालिगढ, कम पूँजीवाल र निम्न आयवर्ग, श्रमिक, भूमीहीन तथा बेरोजगार वा सामाजिक कार्यकर्ताले सर्वसाधारण उपभोक्ताको आर्थिक तथा सामाजिक विकाशको लागि पारस्पारिक सहयोग र सहकारीताको आधारमा विभिन्न किसिमका सहकारी संस्था तथा संघहरुको गठन र संचालन सम्बन्धी व्यबस्था गर्न वाञ्छनीय भएकोले“ सहकारी ऐन बनाएको उल्लेख गरिएको छ । समान इच्छा, आकांक्षा र अवस्था भएका व्यक्तिहरुबाट आपसी सहयोग तथा प्रजातान्त्रिक नियन्त्रण विधिद्धारा आर्थिक तथा सामाजिक उत्थानको निमित्त एकताबद्ध प्रयास नै सहकारी हो । यसरी सहकारीको माध्यमबाट समान उद्देश्य भएका व्यक्तिहरुको संगठित समूह गठन गरी थोरै थोरै बचत संकलन बाट बृहत कोष खडा गरी समूह भित्रकै सदस्यहरुलाई सहुलियत व्याजदरमा कर्जा प्रदान गरी उद्यमी बन्न तथा व्यक्तिलाई आइपर्ने साना ठूला गर्जो टार्न सहकारी राम्रो माध्यम बनेको छ । यसै तथ्यलाई आत्मसाथ गरी नेपाल सरकारले अर्थतन्त्रका तिन खम्बे नीति अन्तर्गत सहकारीलाई प्रमूख एक खम्बा मानी यसको महत्वलाई पुष्टि गरेको छ । नेपाल जस्तो भौगोलिक विकटता र विविधता भएको देशमा राज्यले सहकारी क्षेत्रलाई आकर्षण गरेर यसलाईनै गरीबी निवारणको प्रमुख माध्यम बनाईनु पर्छ । तर सहकारीको विकासको लागि वि.सं. २०१० सालमा सहकारी विभाग गठन भएता पनि २०१७ सालमा पञ्चायत ब्यबस्थाको प्रार्दुभाव तथा राज्यद्धारा नियन्त्रित र निर्देशित रुपमा सहकारी संस्थालाई गरिएको दुरुपयोगको कारण सहकारीले यसको सिद्धान्त अनुरुप गति लिन सकेन । वि.सं. २०४८ सालमा सहकारी ऐन आएपछि सहकारी संस्था खुल्नेक्रम जारी भयो तर यसको लागि सरकारी तवरबाट प्रशिक्षण, पूर्वाधार तथा आवश्यक विकासको अभावले सहकारी संस्था झनै अव्यबस्थित र अनियन्त्रित भई अर्थब्यबस्थाको समस्याको रुपमा रहेका छ । सहकारी संस्थाहरु स्वावलम्बन, स्व–उत्तरदायी, प्रजातान्त्रिक, समानता न्याय र ऐक्यवद्धताका मूल्यहरुमा आधारित छन् । सहकारी संस्थाका सदस्यहरुले इमान्दारिता, खुलापन, सामाजिक दायित्व र अरुको चासो राख्ने नैतिक मूल्यहरुमा विश्वास राख्दछन् । यि मूल्य मनन्यताहरुलाई कायम राख्दै नेपालमा सहकारीको व्यवसायिकताकालागि सहकारी अभियान्ताहरुले सदस्य तथा नवगागन्तुक सहकारी संचालकहरुलाई सहकारीका अन्र्तराष्ट्रिय मूल्य मान्यता, सिद्धान्त तथा व्यवहारिक अभ्यास गराउंदै जान जरुरी भैसकेको छ ।

१. स्वैच्छिक तथा खुला सदस्यता (Voluntary and Open Membership)
सहकारी संस्था एक स्वच्छिक संगठन भएकोले यसको यसको सदस्यता पनि स्वेच्छिक हुन्छ । जुनसुकै जाति, धर्म र भेषभुषाका मानिसहरुले सहकारीको सदस्यता लिन र आफूलाई मन नपरेमा सदस्यता त्याग्न सक्छन । संस्थाको सेवा उपभोग गर्न र जिम्मेवारी वहन गर्न इच्छुक जो सुकै व्यक्तिहरुले विना भेदभाव सदस्यता प्राप्त गर्न सक्दछन् । यसको सदस्यता सदैव खुल्ला हुन्छ ।

२. सदस्यद्धारा प्रजातान्त्रिक नियन्त्रण (Democratic Member Control)
सहकारी संस्थाहरुमा सदस्यहरुद्धारा सदस्यकै लागि प्रजातान्त्रिक नियन्त्रण पद्धति अपनाईन्छ । सदस्यहरु मध्ये बाटै प्रजातान्त्रिक पद्धतिद्धारा कार्य समिति तथा उप समितिका सदस्यहरु बहुमत सदस्यको स्वीकृतिमा नीति निर्माण गरी लागू गरिन्छ । एकका लागि सवै र सवैका लागि एक’ भन्ने सिद्धान्त अन्तर्गत सञ्चालन हुने प्रारम्भिक सहकारी संस्थाहरुमा एक व्यक्ति एक मतको अधारमा समान मताधिकार हुन्छ ।

३. सदस्यको आर्थिक सहभागिता (Economic Participation by Member)
सहकारी संस्थामा सदस्यहरु आफ्नो लगानीको आधारमा न्यायिक रुपमा आर्थिक सहभागिता जनाउँछन् । संस्था नाफामा गएमा सदस्यहरुले नाफाको केही अंश संरक्षित पूँजीकोषको रुपमा सिमित बचत फिर्ता पाउँछन् र संस्थामा रहेको सम्पत्ति सवैको साझा हुन्छ । सहकारी संस्था सेवामूलक व्यबसाय भएकोले यसबाट आर्जित मुनाफालाई सदस्यहरुकै हित अर्थात संस्थामा जगेडा कोष खडा गर्न, ऋण सुरक्षण कोष स्थापना गर्न, संस्थाको विकास गर्न, सदस्यहरुलाई राहत दिन र सदस्यहरुद्धारा स्वीकृत विभिन्न कार्यक्रमहरुमा खर्च गर्ने ब्यबस्था गरिन्छ ।

४. स्वायत्तता र आत्मनिर्भरता (Autonomy and Independence)
सहकारी संस्था एक स्वायत्त निकाय भएकोले प्रचलित सहकारी ऐन, नियम तथा कानुन सँग नबाझिने गरी यसको सञ्चालन, संर्बधन गर्न आफ्नो नीति तथा कार्यक्रम आफै बनाउन र लागू गर्न सक्छ । यो एक आत्मनिर्भर संस्था भएको कारण पूँजी संकलन तथा लगानी गर्दा पारदर्शि तथा न्यूनतम आर्जनदर कायम गरी आत्मनिर्भर बन्न सक्दछ ।

५. शिक्षा, तालिम र सूचना (Education, Training and Information)
सहकारी संस्था प्रभावकारी रुपमा सञ्चालन गर्न र आफ्ना सदस्यहरुलाई सुसुचित गराउन विभिन्न खालका शिक्षा तथा तालिम कार्यक्रमको आयोजना गरी संस्थाका पदाधिकारी एवं सदस्यहरुलाई संस्था सञ्चालन गर्न योग्य बनाउछ । सहकारीको सञ्चालन, लाभ तथा विकासको वारेमा सदस्यहरुलाई सूचना प्रदान गरी चेतना जगाउने कार्य गर्दछन् ।

६.सहकारी संस्थाहरुका वीच सहयोग (Cooperation among Cooperatives)
सहकारी संस्थाहरुवीच आपसमा सहयोगहरु आदान प्रदान गरी स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा संचालन हुन्छन् । विभिन्न अन्तरक्रिया कार्यक्रमहरु, सामाजिक उन्नतीका साझा कार्यक्रमहरु आयोजना गरी आफ्ना सदस्यहरु र स्थानिय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय संरचनामा सहभागि भई सहकारी आन्दोलनलाई र्मूतरुप दिन योगदान पुर्याउँछन् ।

७. समूदाय प्रति चासो (Concern For Community)
सहकारी संस्थाहरुले आफ्ना समूदाय प्रति पूर्ण चासो राख्दछन् । समूदायका सदस्यहरु सम्मिलित भई समूदायकै सदस्यको हितको निमित्त संचालित संस्था भएकोले समाजको विकास, विस्तार र चेतना अभिवृद्धि आदि कार्यहरुमा सहभागि भई समूदायको दिगो विकास गर्न लागि पर्दछन् ।
सहकारीका मूल्य मान्यताहरुलाई कार्यरुपमा उतार्न यसका सिद्धान्तहरुले मार्गदर्शन गरिरहेका छन् । सहकारी संस्था संचालन गर्ने क्रममा सहकारीका अन्तराष्ट्रिय ७ सिद्धान्तको पालना गर्न जरुरी हुन्छ । जसले सहकारीताको गलत प्रचार र गलत कार्य हुनबाट सदस्य तथा संचालकहरुलाई सचेत बनाउंदछ । हामी सहकारी अभियानको अभियान्ता भै रहंदा यि सिद्धान्तलाई आत्मसाथ गरी कार्य गरेमा मात्र सहकारी अभियानले वास्तिविक सार्थकता पाउंछ । सहकारीका अन्र्तराष्ट्रिय मूल्य मान्यता, सिद्धान्त तथा व्यवहारिक अभ्यासका आधारमा हाल च्याउसरी उम्रेका सहकारी संस्थाहरुको उचित व्यबस्थापन गर्न सरकार तथा संबन्धित निकायले उचित र प्रभावकारी नीति तथा कार्यक्रम ल्याउन जरुरी छ ।

                           लेखक खनाल, नमस्ते मकवानपुर बचत तथा ऋण सहकारी संस्था, हेटौंडा १० मकवानपुरको अध्यक्ष हुन्

 

siddhi-binayak-madhyastha-1502267497.gif
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
‘विकासका लागि गठबन्धनलाई मत’ 
kumari-kulekhani-1511275490.jpg

मकवानपुर । प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश (क) का उम्मेद्वार कुमारी मोक्तानले जनताको चाहना अनुसार नेपालका...

भ्रम छरेर चुनाव जितिन्न :  विरोध खतिवडा 
birodh-1511274488.jpg

मकवानपुर । वामगठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेद्वार विरोध खतिवडाले वामपन्थीको लालकिल्ला...

प्रदेशको राजधानी हेटौंडा बनाउँन पहल गर्न स्थानीयको माग
dormani-poudel-1511271257.JPG

मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ (ख) मा वाम गठवन्धनका उम्मेद्वार डोरमणी पौडेललाई हेटौँडा ४ का...

छतिवनमा प्राथमिक उपचार सम्बन्धि तालिम
training-news-chhativan-1511268384.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाको छतिवनमा आधारभूत प्राथमिक उपचार सम्बन्धि तालिम भएको छ । तीन दिनसम्म...

मकवानपुरमा उत्कृष्ट दश जना महिला उद्यमी छनौट
mahila-udhdami-1511264922.jpg

मकवानपुर।  मकवानपुरका विभिन्न साविक सात गाविसमा उत्कृष्ट महिला उद्यमीको नाम घोषणा गरिएको छ । उत्कृष्ट छनौट...

बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...