सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
hetauda-city-college-1502267218.gif

मध्यवार्ता

स्वास्थ्य विमा प्रभावकारी बनाउन सेवा विस्तार गर्नु आवश्यक : गुणराज लोहनी 

gunaraj-lohani-1500265596.jpg


नेपाल सरकारले देशको विभिन्न जिल्लाहरुमा यही असार १५ गतेदेखि स्वास्थ्य विमा कार्यक्रम ल्याएको छ । स्वास्थ्य विमा गर्दा २५ सय रुपैया लाग्ने र यही रकमले परिवारको ५ जनासम्म सदस्यको स्वास्थ्य विमा गर्न सकिने बताइएको छ । विमा कार्यक्रम अहिले मकवानपुर लगायत १२ स्थानमा सञ्चालनमा छ । के हो त स्वास्थ्य विमा ? अनि कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा स्वास्थ्य मन्त्रालयका सामाजिक सुरक्षा तथा स्वास्थ्य विमा कार्यक्रमका कार्यकारी निर्देशक गुणराज लोहनीसँग कुराकानी गरेका छांै । प्रस्तुत छ उहासँगको यो कुराकानी :-

स्वास्थ्य विमा के हो ? कसरी गर्नपर्छ ? बताइदिनुस न ।
- स्वास्थ्य विमा एउटा नेपाल सरकारले सनचालन गरेको नागरिकको स्वास्थ्य प्रतिको दायित्व जुन छ । राज्यले अंगीकार गरेको स्वास्थ्य प्रतिको दायित्व पूरा गर्ने उदेश्यले नागरिकहरु सदस्य बन्ने र सदस्य मार्फत सेवा पुर्याउने सामान्य खालको काम हो । यसमा पाँचजना सम्मको परिवारले एक वर्षको लागी २५ सय रुपैया तिरेर स्वास्थ्य विमा गर्न सक्नेछन । यति गरे पछि ती पाँचजनासम्मको परिवारले आवश्यक परेको बेला ५० हजारसम्मको सेवा पाउनेछन् ।

पाँचजनाको विमा पछि प्रत्येकले पचास हजार पाउने हो की ?सबैलाइ गरेर पचास हजारको सेवा पाउने हो अन्यौलता छ । के हो प्रस्ट पारिदिनुस न । 
- पक्कै पनि यो अन्यौलता छ नागरिकमा । सबैजनाले पाचास–पचास हजार बराबरको सेवा पाउने होइन, परिवारको जो कोही विरामी भए पनि पचास हजार सम्मको पाइने हो । परिवारमा कोही बिरामी पर्नुभयो उहाँलाइ १० हजार खर्च लाग्यो भने ४० हजार बच्ने भयो र त्यो सेवा फेरी अन्य सदस्यले लिन सकने हुनुभयो ।

पाँचजना भन्दा धेरै चाहिँ सदस्य बन्न पाइदैन हो ?
- पाइन्छ । पाँचजना भन्दा बढी सदस्य बन्न चाहानुभयो भयो थप प्रति ब्यक्ती ४२५ रुपैया प्रति सदस्यले  तिरेर सदस्य बन्न सक्नु हुन्छ । सदस्य थप हुदा पैसा थप भए जस्तै उहाहरुको सेवा पनि ६० हजार हुन्छ । प्रति सदस्य १० हजार रुपैयाले बढ्छ ।

यो प्रभावकारी होला त ? कस्तो लाग्छ तपाँइलाइ ?
- यसका दइ वटा पक्ष देखिन्छ । एउटा चाही २५ सय तिर्न नसक्ने घर परिवार हुनुहुन्छ उहाँहरुलाइ कसरी समेट्ने भन्ने कुरा रह्यो, अर्को धेरै धनी हुनुहुन्छ उहाँहरु यो प्रकृयामा किन आउने भन्ने सोच्नुहुन्छ । यो दुइ वटा पाटोलाइ कसरी समेट्ने भन्ने कुरा चाही गरी अति गरीव परिवार भनेर गरिबी निवारण तथा सरकारी नियन्त्रणले पहिचान गरेको छ । परिचय पत्र उपलब्ध गराएका व्यक्तीहरुलाइ चाहीँ सरकारले नै योगदान रकम राख्ने भन्ने कुरा आएको छ । अर्को कुरा ५० हजारले समेट्दैन भनेपछि एकलाख दुइलाख बनाउने भन्ने कुरा पनि छ । हामी विकास समिति मार्फत यो कार्यक्रम सञ्चालन गरिरहेका छौ । वास्तवमा भन्ने हो भने प्रभावकारी बनाउन थप सेवा बनाउनु आवश्यक छ ।

गरीवीका रेखामुनि रहेका,विकटका नागरिकहरुलाई कसरी समेट्नुहुन्छ ?
- हाम्रो दर्ता सहयोगीहरु वडा वडाबाट हुनुहुन्छ । उहाँहरु गाँउगाँउमा पुगिसके । जो मान्छे इच्छुक हुनुहुन्छ उहाहरुकै घर मै गएर सम्र्पुण जानकारी दिने का साथै नाम दर्ता पनि गर्नुहुन्छ । तिर्न नसक्ने घर परिवारको पहिचान भैसकेपछि चाहि दर्ता सहयोगीहरुको तलबको आधारमा भन्दा पनि उहाहरुले उठाउको रकमको आधारमा प्रतिशत हिसाबले उहाहरुको पारिश्रमीक निर्धारण हुन्छ । त्यसकारण गरिब घर परिवार पहिचान भयो भने हाम्रा सहयोगीहरु त्यो त्यो ठाँउमा पुगेर दर्ता गर्नुहुन्छ । किनकी उहाहरुसँग पैसा मागीरहनु परेन सरकारले दिने भयो ।
 
तपाँइले हेटौडा अस्पतालमा रहेर पहिले पनि काम गरिसक्नुभएको छ । कस्तो लाग्छ त मकवानपुरमा यो कार्यक्रम ल्याउँदा कस्ता चुनौत देख्नुहुनछ ?
- यहाको सबै भन्दा मुख्य समस्या स्वास्थ्य सेवाको गुणस्तरीयता कम हुनु हो । स्वास्थ्य सस्था प्रति उहाका स्थानियको बिश्वासको कुरा हो । सरकारले प्रबधि दिएको छ डाक्टरहरु हुृनुहुन्छ । अब हामीले त्यसको सहि सदुपयोग गर्न पर्छ जस्तो लागेको छ । यस्ता समस्या सल्ट्याउने हो भने मैले मकवानपुरमा सम्भाबना धेरै देखेको छु ।

विमा अभिकर्ताहरु तालिम पश्चात खटिसक्नुभएको छ । बढी भन्दा बढी परिवारलाइ विमा गराउन उहाहरुलाई कसरी परिचालन गरिएको छ ?
- केन्द्रिय स्तरबाटै सूचनाको लागि लागिरहेका छौं । सञ्चारमाध्यमको प्रयोग गरेर जनचेतना पुर्याउने काम गरिहेका छौं । उहाहरुलाई हामीले तीन दिनको तालिम दियाँै । यो नेपाल सरकारले सबैको हितका लागि ल्याएको योजना हो । सबै उमेर समूहका ब्यक्तीले यो बिमा गर्न सक्छन । यो एकदमै सजिलो छ अन्य कम्पनि हरुले जस्तो ठगने यसै गरी नागरीक आफैले पनि अलि बढीको बील बनाउने जस्ता समस्या रहन्न । विरामीलाइ केही भ्mयाउ हुन्न बिरामीले बिभिन्न ठाउँमा गई रहनु पर्दैन उहाँहरुले उपचार गरिसकेपछि बरु स्वास्थ्य संस्थाले चाही हामीसँग रकम माग्छन् । हामी यी सबै कामहरु अनलाइन सप्mटवयर मार्फत गर्दैछौ तसर्थ यो निकै पारदर्शी पनि छ । यीनै कुरा अवगत गराउन प्रभाबकारी ढङ्गमार्फत हामीले विमा अभिकर्ता परिचालन गरेका छौँ । परिवारका कुनै सदस्यले विमाको रकम खर्च गर्नुभयो भने अन्य सदस्यलाइ पनि म्यासेज जान्छ ।

धेरै नागरिकमा विमा गरिसकेपछि उपचार सरकारीबाट मात्र गर्नुपर्ने हो की ? के हो ?
- सदस्यता लिँदा सदस्य आफैले आफुलाई पायक पर्ने स्थान पहिचान गर्नुपर्छ । आफूलाइ कहाँ गर्दा सजिलो हुन्छ भन्ने कुरा । मकवानपुरकै कुरा गर्ने हो भने चार वटा स्वास्थ्य केन्द्र र हेटौडा हस्पिटल । यो बाहेकको कुरा गर्ने हो भने विमा गर्नेको सङख्या धेरै भए हेटौडा अस्पतालले मात्र त्यो व्यवस्थापन गर्न नसक्ने अवस्थामा जिल्ला स्वास्थ्य सेवा समिति हुन्छ त्यसको प्रमुखमा स्थानिय विकास अधिकारी रहनु हुन्छ । त्यो समितिको निर्णय अनुसार हामीले अरु प्राइभेट पनि छनौट गर्न सक्छौ ।
 

प्रस्तुती :सम्झना रिजाल 
 

siddhi-binayak-madhyastha-1502267497.gif
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...

मकवानपुरमा उत्कृष्ट २० जना महिला उद्दमी घोषणा

मकवानपुर । मकवानपुरको विभिन्न ग्रामिण क्षेत्रमा महिला उद्यमशिलता विकास तथा प्रवर्दन कार्यक्रम आयोजना गरिएको...

गायिका अनुमा पार्टी प्रचारमा
anuma-koirala-1510635710.jpg

मकवानपुर । गायिका अनुमा कोइरालाको अहिले परिचय फेरिएको छ । उनी अब गायिका मात्र रहिनन्, उनी विवेकशील साझा पार्टीमा...

हेटौंडा ८ मा बाम गठबन्धनको कार्यालय
bam-1510633978.jpg

मकवानपुर । हेटौंडा ८ कमानेमा बाम गठबन्धनको चुनाब प्रचार प्रसार कार्यालय उद्घाटन गरीएको छ । कार्यालयको...

काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब लगानी गर्ने
surung-marga-news-1510633725.jpg

काठमाडौं । बहुप्रतिक्षित काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब ४० करोड...

गरे के हुन्न : बाल संरक्षणका लागि घटना व्यवस्थापन प्रकृया प्रभावकारी !
cpc-1510120322.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका राइगाउँकी बालिका कविता मगर (नाम परिवर्तन) की आमा अन्तै विवाह गरी हिडीन्...