सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
hetauda-city-college-1502267218.gif

मध्यवार्ता

‘असल पति पाउँन अहिले तपस्या गर्नैै पर्दैन, हातहातमा भएको मोबाइल नै काफी छ ।’
पार्वती रानासंग तीज विशेष संवाद

18740266_792291520940476_-1503110284.jpg

पार्वती राना

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजका अवसरमा यतिबेला मकवानपुर लगायत देशभर विभिन्न कार्यक्रम भइरहेका छन् । मकवानपुरमा पनि राजनितीक दल निकटका महिला सङ्गठन, विभिन्न संघसंस्था, विभिन्न सञ्चारमाध्यमले तीज विशेष कार्यक्रम गरिरहेका छन् । मुलक बाढी पहिरोको चेपेटामा परिरहेका बेला रमझमपूर्ण खुसीको पर्व मनाउँनुको अर्थ नहुने तर्क एकातिर चलिरहेको छ भने अर्कोतिर तीज मनाइने रुपिया बाढी पहिरो प्रभावितका लागि सहयोग गर्नुपर्ने आवाज पनि उठिरहेको  छ । मकवानपुरमा पनि केही दिनयता महिलाका लागि विशेष मानिएको पर्व तीजका अवसरमा विभिन्न कार्यक्रम भइरहेका छन् । अखिल नेपाल महिला संघ (अनेमसंघ) मकवानपुरकी अध्यक्ष एवम् भीमफेदी गाउँपालिकाकी उप प्रमुख पार्वती राना पनि यतिबेला तीज विशेष विभिन्न कार्यक्रममा सहभागी भइरहेकी छिन् । यसै सन्दर्भमा हामीले रानासंग तीज र महिलाको सम्बन्ध, मुलुकको समसायिक सवाल लगायतका विषयमा कुराकानी गरेका छौं ।


१. हामी यतिबेला नेपाली हिन्दु महिलाहरुको महान पर्व तीजको रमझममा छौं, तपाई पनि विभिन्न कार्यक्रमहरुमा सरिक भइरहनुभएको छ ? मुलुक नै प्राकृतिक विपत्तिमा रहेका बेला यस्ता रमझमपूर्ण कार्यक्रमको अर्थ के होला र ?
– तीज महिलाहरुको विशेष पर्व हो । विगत लामो समयदेखि नेपाली महिलाहरुले यसलाई आफ्नो विशेष पर्वका रुपमा मनाउँदै आएका छन् । हामी पनि विभिन्न जागरणमूलक सन्देश सहित तीज मनाउने गर्दछौं । विगतका वर्षहरुमा पनि महिला अधिकारका सवालमा केन्द्रित भएर हामीले तीज मनाएका हौं । अहिले बाढी पहिरोले मुलुक नै अप्ठ्यारोमा परेको छ । कतिपय नागरिक घरबार विहीन भएर रोइरहेका छन् । हामी सबैका लागि विपत्ति आएको छ, जुन अत्यन्त दुःखदायी कुरा हो । प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरुका लागि श्रद्घाञ्जली व्यक्त गर्नु, घाइतेहरुका लागि उपचार गर्नु, अनि अप्ठ्यारो अवस्थामा दैनिकी बिताइरहेकालाई राहत सहयोग गर्नु यो बेलाको हाम्रो धर्म  हो । यहि कामना अनि सहयोग गर्दै यसपालीको तीजलाई पनि हामी मनाउँदै छौं । विगतको भन्दा अलि फरक रुपमा यस पटक तीज मनाइदैँछ । यो दुःखदायी क्षणमा हामी रमझममा छौं भन्न खोजिएको होइन । तीज हामीले पहिल्यै देखि मनाउदै आएका हौं, महिलालाई क्रियाशील बनाउँन र हौसला बढाउँन तीज एउटा माध्यम बनिरहेका छ भन्ने मलाई लाग्छ । हामी यो विपतका बेलामा दुःखी भइरहने होइन, खुसी पनि हुन सक्नुपर्छ भन्ने सन्देश सहित यो वर्षको तीज मनाउँदैछौं ।


२. तीज पर्वसंग महिलाको सम्बन्ध चाँही के छ ? तीज वास्तवमा कस्तो पर्व हो भन्ने लाग्छ तपाईलाई ?
– धार्मिक रुपमा हेर्ने हो भने तीजलाई राम्रो पति पाउँनका लागि ब्रत बस्ने पर्वका रुपमा लिएको पाइन्छ । पार्वतीले महादेव पति पाउँनका लागि कठोर तपस्या गरेको कथा तीज पर्वसंग जोडिएको छ । तर अहिलेको समयमा यो कथा मेल खाँदैन, असल अनि सुयोग्य पति पाउँनका लागि अहिले परापूर्व कालमा झैं त्याग, तपस्या गरिहरहनु पनि पर्दैन । हातहातमा भएको मोबाइल नै काफी छ । यो पर्व त महिलाहरुमा गुम्सिएका भावना, चाहाना अनि धारणाहरु गीतमार्फत बाहिर ल्याउने माध्यम बनिरहेको छ । यस्तो पर्व सामाजिक, सांस्कृतिक, आर्थिक, राजनितीक परिवर्तनका लागि महिलाहरुले आफू स्वतन्त्र भएको अनुभूत गर्ने माध्यम बनिरहेको छ र बन्नुपर्छ ।
तीज एउटा नेपालीहरुका लागि महत्वपूर्ण पर्व हो । परापूर्व कालदेखि नै महिला विशेषका लागि भनेर मानिदै आइएको पर्व भएकाले महिलासंग यसको विशेष सम्बन्ध छ । यसले विशेष गरी चेली र माइतीबिचको सम्बन्धलाई प्रगाढ बनाउँने गदर्छ ।


३. अनेमसंघले हरेक वर्ष तीजलाई विशेष रुपमा मनाउने गर्दछ । पार्टीको एउटा सङ्गठनले महिलाहरुको महान पर्व भनिएको पर्वलाई मनाउँनै पर्ने कारण चाँही के हो ?
हामी एउटा पार्टीको भातृ सङ्गठन अनेमसंघमा आबद्घ छौं । सङ्गठलाई हामीले सुदृढ, सुसङ्गठित र प्रशिक्षित गराउँदै विस्तार गरिरहेका छौं । सङ्गठनका हिसाबले महिलाहरुलाई परिचालन त गरेकै छौं तर यो पर्वमार्फत उनीहरुलाई आफ्नो अधिकारप्रति सचेत बनाउँदै अझ सशक्त रुपमा अघि बढाउँनका लागि पनि सघाउ पुर्याइरहेका छौं । सङ्गठनमा रहेका महिलासंगै नरहेका महिलाको सहभागितामा तीज मनाइँदा सङ्गठनप्रति अपनत्व बढ्नेछ । घर, परिवार, समाजका अन्य समस्या तथा दुःख बिर्सनका लागि र सूसुचित ढङ्गबाट स्वस्थ्य जीवन यापनका लागि पनि हामी तीज मनाइरहेका छौं । विशेष गरी महिला परिचालन गर्ने उद्घेश्यले पनि हामीले यो पर्वलाई मनाउने गरेका छौं ।


४. अहिले कतिपय सङ्गठन, संस्थाले तीज मनाउँदा लाग्ने खर्च बाढी पहिरो प्रभावितहरुका लागि सहयोग गर्ने भनिरहेका पनि छन् ? दुःखका बेला रमझमपूर्ण तरिकाबाट तीज मनाउनेहरुप्रति विरोध पनि भइरहेको पाइन्छ । तपाई नेतृत्वको सङगठन पनि यो रमझम, नाँचगान जस्ता कार्यक्रम छाडेर राहत सङ्कलन, वितरणतिर लागे हुदैन ?
वास्तवमै तपाईले भन्नुभएको कुरा सही हो । तर, सधैं हामीले मनाउँदै आइरहेको पर्वलाई चटक्कै छोड्न पनि त मिल्दैन । पार्टी केन्द्रले अनेमसंघ केन्द्रलाई निर्देशन सहित खटाएको छ, हामीलाई अनेसंघ केन्द्रको राहत सङ्कलन र वितरण गर्न निर्देशन छ । हामी पनि यो विपदको घडीमा सहयोग पुर्याउन प्रतिबद्घ छौं । हामी अहिले रमझममा मात्र छैनौं । तीज विशेष कार्यक्रम मनाउँदै यही तीज विशेष कार्यक्रममार्फत राहत सङ्कलन पनि गरिरहेका छौं । राहत सङ्कलनका लागि हामी अन्त गएर कसैसंग हात फैलाइरहेका छैनौं, व्यापारीहरुलाई दुःख दिइरहेका पनि छैनौं । यसै तीज विशेष कार्यक्रम मनाउँदै, दिदी बहिनीहरुका माझ राहत सङ्कलन गरिरहेका छौं । तीज कार्यक्रम भरी सङ्कलन गरिएको रकम र तीज नमाइएका ठाउँबाट पनि प्राप्त सङ्ठनको सङ्कलित रकम हामी केन्द्रमा बुझाउने छौं र केन्द्रले आवश्यक ठाउँमा राहत वितरण गर्नेछ । हाम्रो यो अभियानमा इच्छुक जो सुकैले पनि सहयोग गर्न सक्नुहुनेछ ।


५. तपाई एउटा पार्टीका महिला सङ्गठनको नेतृत्वमा मात्र हुनुहुन्न, मकवानपुरको भीमफेदी गाउँपालिकाको उप प्रमुखको जिम्मेवारीमा रहनुभएको पनि तीन महिना पूरा भयो । तपाईंको कार्यानुभव कस्तो हुदैछ ?
म निर्वाचित भएपछि भीमफेदी गाउँपालिका लगायत मकवानपुर जिल्लाका सबै क्षेत्रका महिलाहरु उत्साहित छन् । भेटघाट, छलफल, फोन, इमेल, इन्टरनेट र सामाजिक सञ्जालमार्फत आफूहरु उत्साहित भइरहेको कुरा सुनाइरहेका छन् । मैले सकेसम्म महिलाहरुको भावनालाई सम्बोधन गर्नपर्ने हुन्छ, निर्वाचित हुनासाथ महिलाहरुको सवाल समेट्ने गरी गाउँपालिका स्तरिय सबै क्षेत्रका अगुवा महिलाहरुको भेला गरी महिला सवाल उठान गरेको छु । गाउँपालिकामार्फत महिलाका लागि आवश्यक विभिन्न कार्ययोजना बनाइएको छ । नीति तथा कार्यक्रममै समावेश गरेका छौं । योजनाहरु पनि महिलामैत्री बनाई लागू गर्न र कार्यान्वयनका लागि पहल गरिरहेका छौं । जति बाहिरबाट महिलाको सवाल उठाउँन सजिलो छ, त्यतिकै भित्र रहेर आफूले कार्यान्वयन गर्न गाह्रो छ । तर पनि सौहार्द वातावरणमा महिलाको मुद्घालाई सम्बोधन गर्नका लागि म लागिपर्नेछु, यसका निम्ति आरोप प्रत्यारोप पनि आउँनसक्छ । यसलाई सामना गर्दै महिला र यूवाको भावनालाई मध्यनजर गदै विभेदरहित ढङ्गले सबैलाई समान रुपमा समताको आधारमा समानताका लागि लागिपर्नेछु । र, समृद्घ भीमफेदी गाउँपालिका निर्माणका लागि तत्पर रहनेछु । समग्रमा नयाँ, नौलो र खुसीका साथ कार्यानुभव बटुलिरहेको छु ।  
प्रस्तुती :  शिव चौलागाईं

 

siddhi-binayak-madhyastha-1502267497.gif
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...

मकवानपुरमा उत्कृष्ट २० जना महिला उद्दमी घोषणा

मकवानपुर । मकवानपुरको विभिन्न ग्रामिण क्षेत्रमा महिला उद्यमशिलता विकास तथा प्रवर्दन कार्यक्रम आयोजना गरिएको...

गायिका अनुमा पार्टी प्रचारमा
anuma-koirala-1510635710.jpg

मकवानपुर । गायिका अनुमा कोइरालाको अहिले परिचय फेरिएको छ । उनी अब गायिका मात्र रहिनन्, उनी विवेकशील साझा पार्टीमा...

हेटौंडा ८ मा बाम गठबन्धनको कार्यालय
bam-1510633978.jpg

मकवानपुर । हेटौंडा ८ कमानेमा बाम गठबन्धनको चुनाब प्रचार प्रसार कार्यालय उद्घाटन गरीएको छ । कार्यालयको...

काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब लगानी गर्ने
surung-marga-news-1510633725.jpg

काठमाडौं । बहुप्रतिक्षित काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब ४० करोड...

गरे के हुन्न : बाल संरक्षणका लागि घटना व्यवस्थापन प्रकृया प्रभावकारी !
cpc-1510120322.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका राइगाउँकी बालिका कविता मगर (नाम परिवर्तन) की आमा अन्तै विवाह गरी हिडीन्...