सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
hetauda-city-college-1502267218.gif

मध्यवार्ता

‘हेटौंडाका होटलमा काम गर्ने महिलामाथि कुनै हिंसा भएको छैन’

sankar-lal-srestha-1502025450.jpg

मकवानपुर जिल्लामा अहिले होटल तथा रेष्टुरेन्टको सङख्या बढ्दो क्रममा छ । हेटौंडामा रहेका साना तथा ठूला होटल एवम् रेष्टुरेन्टमा काम गर्ने महिलाहरुको अवस्था भने खासै राम्रो छैन । साना होटलहरुमा काम गर्ने महिलाहरुलाइ तलब नदिने, शारिरिक, मानसिक यातना दिने गरेको पनि सुन्ने गरिएको छ । मकवानपुरका होटल तथा रेष्टुरेन्टमा पनि महिलाहरु कार्यरत छन् । उनीहरुको अवस्थाका विषयमा होटल एशोसिएशन मकवानपुरका कार्यबाहक अध्यक्ष शंकर लाल श्रेष्ठसंग हामीले कुराकानी गरेका छौं ।
 

मकवानपुरमा हाल कति सङख्यामा होटल तथा रेष्टुरेन्ट छन ? अनि त्यँहा काम गर्ने महिलाहरुको अवस्था कस्तो छ ?
हाम्रो संस्थामा दर्ता भएका होटल तथा रेष्टुरेन्ट एक सय ६९ वटा छन् । ती बाहेक सानाहरुका सङख्या त निकै छ । मनहरी अनि चित्लाङ देखिका होटलहरु यस संस्थामा दर्ता भएका छन् । महिलाहरुको संख्याको बारेमा हामीसँग खासै रेकर्ड हुदैन । ठूला होटलहरुमा नियुक्ती दिएर राख्नेहुँदा थाहा हुन्छ तर साना होटलहरुमा कति छन भन्ने कुरा थाहा हुन्न । किनकी साना होटलमा काम गर्ने र छोड्ने ठेगान हुन्न जसका कारण रेकर्ड राख्न सकिदैन ।

उनीहरुको अवस्थाबारे यहाँहरुले छलफल गर्नुहुन्न ?
गर्छौ । छलफल गर्छौ, के गर्दा राम्रो होला भन्ने कुरा उठाइरहेका हुन्छौ । अहिलेसम्म मकवानपुरका होटल तथा रेष्टुरेन्टमा हामीले महिलाहरुमाथि कुनै पनि प्रकारको हिंसा भयो । नराम्रो भयो भनेको सुन्न पनि परेको छैन । यस्ता किसिमका घटनाहरु नहुन भनेर हामीले पटक पटक होटल व्यवसायीहरुर्लाइ सचेत पार्दै आइरहेका छौ । महिला कामदारलाइ कति समय काममा लगाउने, सुरक्षाको ग्यारेन्टि कसरी लिने कुन समयमा काममा लगाउने भन्ने बिषयमा सचेत बनाउदै आएका छौँ । काम गर्ने महिलामाथि कुनै पनि नराम्रो किसिमको क्रियाकलाप भएको छैन ।
 

तपाईंको सस्थामा होटलमा काम गर्ने किशोरी तथा महिलाहरुको बारेमा कस्तो किसिमको सवालहरु उठ्छन ?
किशारीहरु होटल लाइनमा खासै छैनन् भने पनि हुन्छ । एक त किशोरीहरुलाइ घर परिवारले नै होटलमा काम गर्न पठाउदैनन् । अर्को कुरा होटल सन्चालकले पनि किशोरीहरुलाइ राख्दैन । किशोरीहरुको जिम्मा लिन गाह्रो हुने भएकाले काममा राख्दैनन् । उमेरमा अलि पाको भएका महिलाहरुले सबै कुरा आफै बुझ्ने र आफ्नो सुरक्षा गर्ने हुँदा प्राय: अलि उमेर भाकोलाइ नै काममा राख्छन् ।
 

काम गर्ने महिलाहरुले परिश्रमिक पाएनन् भन्ने पनि सुनिन्छ नि ?
ठूला किसिमका होटल रिर्सोटहरुमा श्रम नियम अनुसार नै पारिश्रमीक निर्धारण गरिएको छ । साना होटलमा स्थायी तरिकाले नबस्ने आउने जाने ठेगान नहुने हुनाले पारिश्रमीक निर्धारणमा समस्या छ । त्यँहा काम गर्ने महिला र होटलवाला बिचको समझदारीमा तलब निर्धारण गरिन्छ ।
 

पारिश्रमिकको बिषयमा होटल एशोसिएसनमा महिलाहरुको गुनासो कत्तिको आउँछ ?
अहिलेसम्म त्यस्ता किसिमका गुनासा आएका छैनन् । एक त कामदारहरु पनि आफै सचेत भैसकेका छन् । अर्को कुरा कामदारले आफूले भनेको जति रकम नपाइ काम गर्दै गर्दैनन त्यही भएर गुनासो आउँदैन ।

गुनासो नै नभएको भन्दा पनि आएर गुनासो गर्ने ठाउँ कहाँ भन्ने थाहा नभएर पनि होला की ?
दामनको एउटा केश यस्तै आएको थियो । द्धन्द्धकालको बेला हामीले त्यहा पहल गर्यौ । एउटा होटलको केश आएको थियो त्यो युनियन मार्फत आयो र हामीले युनियन मार्फत नै सल्टायौं । त्यसपछि अहिले सम्म त्यस्तो आएको छैन । सबै जनालाइ थाहा छ । यहा गुनासो गरे न्याय पाइन्छ भन्ने ।
 

होटल तथा रेष्टुरेन्टमा काम गर्ने महिलाहरुको शैक्षिक अवस्था चाँही कस्तो छ मकवानपुरमा ?
शैक्षिक अवस्था साना होटलमा गर्नेहरुको कम छ भने ठूलामा गर्नेहरुको राम्रो छ । काम गर्नै पढेर आउनुपर्ने हँुदा ठूला होटलमा राम्रो छ । समग्रमा शैक्षिक अवस्था ठीकै छ । वास्तवमा होटल लाइनमा काम गर्ने महिलाहरुको सङख्या नै निकै कम छ । हेटौडा सानो ठाँउ भएकाले यँहा आएर काम गर्न पनि महिलाहरु संकोच मान्छन् । बाहिरबाट मान्छे आउँदा पनि कसैले चिन्लान् भनेर नगर्ने भन्छन् ।
 

त्यसो भए होटल लाइनको काम मर्यादित हैन भन्ने महसुस हुन्छ महिलाहरुमा पनि ?
खासमा हाम्रो यहाँको वातावरण नै त्यस्तै छ । होटल लाइनमा काम गर्ने महिलाहरुलाइ हेर्ने दृष्टीकोण नै त्यस्तै छ । सर्वप्रथम हामीले त्यस्तो सोच त्याग्न जरुरी छ । यसमा एशोसिएसनले मात्र केही गर्न सक्दैन सबै मिल्नुपर्छ ।

होटलमा काम गर्ने महिला माथि यौन हिसां पनि हुन्छ भन्ने कुरा बेला सुनिन्छन् नि ?
होटलमा नै काम गर्ने महिलाहरुलाई यस्तो भएको अहिलेसम्म हामीलाइ जानकारी छैन । बाहिरबाट आउँछन्, आफुहरु श्रीमान् श्रीमती भएको बताउँछन् । त्यसमा हामीले अनुसन्धान गर्नु सम्भव पनि छैन र उनीहरुको अधिकार माथि हात उठाउने कुरा पनि हुन्न । होटलभित्रका महिलालाइ यस्ता किसिमका समस्या छन् भन्ने खबर प्राप्त भएपछि हामीले केही समय अघि विभिन्न संस्थाको समन्वयमा होटलहरुमा छापा मारेका थियौं । त्यस्तो समस्या कही भेटिएन । एउटा कुरा चाहीं मलाइ कानुन पनि मन पर्दैन । त्यही काम गर्ने महिलालाइ चाहीँ कारबाही हुदैन तर पुरुषलाइ चाहीँ कारबाही हुन्छ । आज यहाँबाट अर्को ठाउँमा गएर काम गर्छन् । कारबाही महिला पुरुष दुबैलाइ हुनपर्छ । जसका कारण महिलाहरु पनि सचेत हुन्छन् ।
 

प्रस्तुती :  सम्झना रिजाल/मध्यस्थता

 

siddhi-binayak-madhyastha-1502267497.gif
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...

मकवानपुरमा उत्कृष्ट २० जना महिला उद्दमी घोषणा

मकवानपुर । मकवानपुरको विभिन्न ग्रामिण क्षेत्रमा महिला उद्यमशिलता विकास तथा प्रवर्दन कार्यक्रम आयोजना गरिएको...

गायिका अनुमा पार्टी प्रचारमा
anuma-koirala-1510635710.jpg

मकवानपुर । गायिका अनुमा कोइरालाको अहिले परिचय फेरिएको छ । उनी अब गायिका मात्र रहिनन्, उनी विवेकशील साझा पार्टीमा...

हेटौंडा ८ मा बाम गठबन्धनको कार्यालय
bam-1510633978.jpg

मकवानपुर । हेटौंडा ८ कमानेमा बाम गठबन्धनको चुनाब प्रचार प्रसार कार्यालय उद्घाटन गरीएको छ । कार्यालयको...

काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब लगानी गर्ने
surung-marga-news-1510633725.jpg

काठमाडौं । बहुप्रतिक्षित काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब ४० करोड...

गरे के हुन्न : बाल संरक्षणका लागि घटना व्यवस्थापन प्रकृया प्रभावकारी !
cpc-1510120322.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका राइगाउँकी बालिका कविता मगर (नाम परिवर्तन) की आमा अन्तै विवाह गरी हिडीन्...