सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
hetauda-city-college-1502267218.gif

मध्यवार्ता

‘हेटौडाको चौकीटोलदेखि सामरी पुलसम्म र सामरी पुलदेखि सामरी धादिङसम्म ताल बनाउनुपर्दछ !’

dhruba-photo-1504326932.jpg

ध्रुवप्रसाद चौलागाईं

१)बार्ताबाट मात्रै शान्ति हुन्छ भन्ने व्यानर सगरमाथामा फहराइयोे ।
२) सुरुङमार्ग बनाउन पुनः फैसला बमोजिम सर्वाेच्चमा दबाब दिने ।
३)मध्यमाञ्चल क्षेत्रको केन्द्र रहेको मकवानपुरको हेटौडालाई ३ न. क्षेत्रको सदरमुकाम बन्नुपर्ने कुरा पार्टीहरु घोषणापत्रमा नै राख्न लगाउनु पर्दछ ।
४) हेटौडाको चौकीटोलदेखी सामरी पुलसम्म र सामरी पुलदेखि सामरी धादिङसम्म ताल बनाउनुपर्दछ ।
५) अर्काे वर्षदेखि एउटा वडामा एउटा फलफूलको विरुवा रोप्ने अभियान चलाउन कृषि र वन विज्ञहरुलाई विरुवा तयार गर्न समन्वय गरी तुरुन्तै काम सुरु गर्ने र अर्काे वर्षसम्म बिरुवा तयार गर्ने  ।
६)मकवानपुरमा ठेकीको संग्राहालय बनाउनुपर्दछ ।
७) मकवानपुर गढीलाई प्रचारप्रसार गर्नुपर्दछ ।
८) सबै मिलेर हेटौडामा मुटुरोगको अस्पताल बनाउनुपर्दछ ।
९) कुलेखानी जलविद्युत आयोजनाको शेयर प्रभावित क्षेत्रका मानिसहरुले लिने गरि आन्दोलन गर्नु पर्दछ ।
१०) जग्गाधनि पुर्जा नपाएकाहरुको लागि सबैले आवज उठाएर समस्या समाधान गर्नु पर्दछ ।
११) गाउँपालिका र नगरपालिका पिच्छे फरक खेलका रंगशालाहरु बनाउनुपर्दछ ।

 देशमा मओबादीले हिंसात्मक गतिबिधि अगाडी बढाएको अवस्थामा शान्ति, शान्ति भन्दै शान्तिको अभियान चलाउनु हुने एउटा छुट्टै ब्यक्तित्व बार्ताबाट मात्रै शान्ति हुनछ भन्ने व्यानरलाई सगरमाथाको चुचुरोमा फहराई फोटो समेत खिची शान्तिका लागि अनवरत र सफल ,जो सार्वजनिक सरोकारका रिटहरु दायर गरेर राज्यलाई दवाव श्रृजना गरेर आम जनताको हितमा केही गर्न प्रयत्नरत हुनुहुन्छ ,गणतनत्रमा सबैका आफ्ना बिचार हुन्छन र राजनैतिक आस्था पनि हुन्छ । कुनै व्यक्ति कुनै पार्टीको सदस्य भए पनि उसले सामाजिक काम गरेर राजनितिलाई माध्यम बनाएर जनतामा पुगि समाज सेव गर्न सक्दछ, गर्नु पर्दछ, आफुलाई स्वतन्त्र भनि फुर्ति लाउने सव व्यक्तिहरु यो पार्टीको हो भनि प्रष्टै चिनिने र भन्न सकिने अहिलेको अवस्थामा समाज सेवा गर्दा राजनिती नमिसाई गर्नु पर्दछ भन्नु हुने ने.क.पा.एमाले,हे.न.पा.वडा न. ७ न. वडा कमिटी सदस्य, सह-सचिब र सचिब, नारायणी अंचल कानून बिभाग सदस्य, जिल्ला प्रचार बिभाग सदस्य, मकवानपुर काठमाण्डौ सम्पर्क मञ्च संस्थापक सदस्य, सचिब र अध्यक्ष, नारायणी अंचल सम्पर्क कमिटि सदस्य, मकवानपुर जिल्ला कमिटि सदस्य, नकपा एमाले केन्द्रिय वन तथा वातावरण विभाग सदस्य भई पार्टीमा जिम्मेवारी वहन गरि सक्नु भएका, नेकपा एमालेको जनबर्गिय संगठन तर्फ अनेरास्ववीयु प्रा.क सदस्य, युवा संघ हेटौडा नगरको सदस्य, जिल्ला सचिब, ७ बर्ष जिल्ला अध्यक्ष, नारायणी अंचल सचिब, प्रेश चौतारी मकवानपुरको जिल्ला उपाध्यक्ष, पिपिएलए सर्वाेच्च वार सदस्य भई काम गरिसक्नु भएका, साथै सामाजिक संघ संस्थातर्फ मकवानपुर सेवा समाजको संस्थापक सदस्य, नेपाल लेखापढी कानून व्यवसायी संघको ललितपुर को संस्थापक अध्यक्ष, संस्थापक केन्द्रिय सदस्य, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रिय महासचिब, नेपाल पत्रकार महासंघ मकवानपुरको सदस्य, केन्द्रिय पार्षद, पुनराबेदन वार एशोसिएशन हेटौडाको सदस्य, २ कार्यकाल अध्यक्ष र केन्द्रिय पार्षद, सर्वाेच्च वार ईकाईको २ कार्यकाल केन्द्रिय पार्षद, नेपाल वार एशेसिएशन प्रकाशन समिति सदस्य, पापड मकवानपुरको संस्थापक अध्यक्ष, नेपाल वायो ग्याँस प्रवर्धन संघको केन्द्रिय प्रथम उपाध्यक्ष, नागरिक सरोकार मञ्च मकवानपुरको संस्थापक समेतमा रही काम गरि सक्नु भएका बार्ताबाट मात्रै शान्ति हुन्छ भन्ने अभियानका अभियन्ता ,सुरङ्ग मार्ग बनाउनु पर्दछ भनि रिट दिई फैसला गराई बनाउन प्रयत्नरत, गणतन्त्र प्राप्तीको आन्दोलनमा ३ पटक हिरासतमा समेत पर्नु भएका मकवानपुर जिल्लाको बिकाश र हितका लागि आफ्नो बृहत योजना समेत रहेको बताउनु हुने अधिवक्ता ध्रुवप्रसाद चौलागाईसंग मध्यस्थताले गरेको कुराकानी :

तपाईले चलाएको वार्तावाट मात्रै शान्ति हुन्छ भन्ने अभियानको बारेमा टिम टिभिमा अन्र्तबार्तामा पनि आएको थियो खासमा यो आन्दोलनको औचित्य के हो ?  यो अभियानको शुरुवात कहिले भयो ?  त्यो अभियान अहिले कहाँ पुग्यो ?
देशमा माओबादीले शुरु गरेको हिंसात्म गतिबिधिले दिनहु नेपालीहरु मरेको समाचार सुनिन्थ्यो । यसरि नेपाली दाजु भाईहरु नमरे हुन्थ्यो देशमा शान्ति भए हुन्थ्यो भन्ने सबैलाई लाग्थ्यो ।  २०५९।०२।१८ गते मेरो विवाह भएको दिनमा केहि न केही गर्न पाए हुन्थ्यो भन्ने लागेर मनमा सोच्दै जाँदा एउटा नयाँ योजना दिमागमा फुर्यो जताततै सबै बार्ता, बार्ता भन्छन तर बार्ता भईरहेको छैन भएका बार्ताहरु पनि बिफल भई रहेका छन त्यसैले अब सबैलाई दबाब दिने र हिसात्मक गतिबिधिको अन्त्यको एउटै उपाए भनेको बार्ता गराउन दबाब दिनु नै हो भन्ने लाग्यो । त्यसैले अब बार्ताबाट मात्रै शान्ति हुन्छ भन्ने कुरालाई व्यापक बनाउनु पर्यो भन्ने लाग्यो । व्यापक त बनाउने तर कसरि बनाउने भन्ने उपाय खोज्दै जाँदा सबैको हातमा पुग्ने नोटमा त्यो सन्देश लेख्यो भने चाँडो पुग्छ र यो अभियान अरुले पनि अनुशरण गर्दछन भन्ने लाग्यो। मैले सोही दिन देखि जे जहाँ जती नोट भेटिन्छ बार्ताबाट मात्रै शान्ति हुन्छ भनेर नोटमा लेख्न थाले । नोट मानिस संग माग्न गाह्रो हुन्थ्यो तैपनि साथी भाई संग मागेर र नोटलाई साटेर धेरै बनाएर लेख्न थाले । यो अभियान अगाडी बढ्यो पत्रपत्रिकाले पनि छापे । अन्य मानिसहरुले पनि यसै गरि नोटमा लेख्न थालेको कुरा मलाई भन्थे । कसैले बार्ताबाट मात्रै शान्ति भन्ने स्टिकरमा नाम पनि लेख्न सुझाव दिए । मेरो उदेश्य नाम प्रचार गर्नु नभई शान्ति स्थापना गर्नु भएकोले नाम नलेख्ने र नाम लेखेर आफ्नो प्रचार गर्दा अरुले यसलाई अनुशरण गर्ने लेख्ने नगर्ने र शान्तिको अभियान अगाडी नबढने भएकोले ज–जस्ले लेखेपनि केही फरक नपर्ने गरि नाम नलेखी यो अभियान अगाडी बढोस भन्ने उदेश्यले यसलाई जति सकिन्छ मेरो तर्फबाट अगाडि बढाए । शान्ति अभियानमा लेखेका नोटहरु कहिले कही फर्केर आफ्नो हातमा पनि आउन थाले । हातले लेख्न गाह्रो भएकोले छाप बनाए धेरै छाप बनाएर ईच्छुकहरुलाई बाँडे र भेटेको जतिलाई हातले लेख्न र छाप हान्न भने ।
   मोटर साईकलमा अगाडी लेखे संकटकाल थियो सबै मानिसहरु मेरो मोटरसाईकलमा लेखेको हेर्थे सोध्थे राम्रो छ भन्थे । सुरक्षाकर्मीहरु मेरो मोटरसाईकलमा लेखेको देखेर राम्रो छ हामीले पनि यस्तै भई दिए हुन्थ्यो भनेको हो भन्थे । यो अभियानलाई अगाडी बढाउने क्रममा मैले पछी नोटमा लेख्न छाडेर स्टीकर बनाए । फेसबुकपेज बनाए । सार्वजनीक स्थानमा टाँसे, आफ्नो घरमा लेखे,अभियान बढदै गयो ।
   यसै क्रममा देशमा गणतन्त्र आयो । गणतन्त्र आईसके पछी धेरै मासिनले तेरो अभियान सफल भयो भने । अब यो अभियानको अर्थ छैन भने तर मैले यसलाई अगाडी बढाईरहे अहिले पनि मैले मोटर साईकलमा लेखेको छु घरको गेटमा लेखेको छु स्टीकर सधै मसंग हुन्छ ठाउँ हेरेर टाँसेको छु । म अमेरीका, युरोप, दुबई जाँदा बाटोमा पर्ने देशहरुको ठाउँ ठाउँमा स्टीकर टाँसे ।
  बार्ताबाट मात्रै शान्ति हुन्छ भन्ने अभियानलाई म बिश्वभर शान्ति होस भन्ने अभियानका रुपमा बिकाश होस नेपालमा बसेर बिश्वमा केही न केही शान्तिका लागि दवाव होस । बिश्वमा शान्ति कायम होस भन्ने उदेश्य राखेर यो अभियानलाई जति सकिन्छ त्यती आफ्नो तर्फबाट अगाडी बढाई रहेको छु ।
सगरमाथामा बार्ताबाट मात्रै शान्ति हुन्छ भन्ने ब्यानर :
 मेरो यो अभियानलाई सगरमाथाको चुचुरोमा फराउने मेरो धोको थियो । सगरमाथामा जाने मानिसहरुको खोजी गरे । सगरमाथामा जाँदा सानो चीजलाई पनि चुचुरोमा पुर्याउन गाह्रो पर्ने रहेछ । जती माथि गयो उती गह्रौ हुने रहेछ । सगरमाथामा मेरो अभियान पुर्याउने अभियान अन्र्तगत एउटा हलुका ब्यानर बनाए । त्यसमा बार्ताबाट मात्रै शान्ति हुन्छ ( एभबअभ ष्क उयककष्दभि दथ् उभबअभ तबपि) भन्ने लेखेर राखे र सगरमाथा चढने मानिसहरुको खोजीमा लागे । सगरमाथा चढने मानिसको खोजीकै त्रममा प्रचण्डको छोरा प्रकाश दाहालसंगै सगरमाथा चढने टिममा रहेका रामेछापका शिब सापकोटा मेरो चिनेजानेका मानिस पनि भएको भन्ने थाहा पाए पछी निजलाई कुरा गरे । निजले सगरमाथामा मेरो व्यानर लान मञ्जुर भए पछि व्यानर एअरपोर्टमा गएर निज मार्फत सगरमाथा पठाए । मनमा थियो यो देशमा हिंसाको राजनिती शुरु गर्ने पचण्डकै छोरा संगै मेरो बार्ताबाट मात्रै शान्ति हुन्छ भन्ने अभियानको व्यानर पनि सगरमाथामा फहरिने भयो । बिश्वको अग्लो चुचुरोबाट अब बिश्वभरि शान्तिको अभियानको दवाव हुने भयो भन्ने सोचेर सो टिम कहिले सगरमाथा पुग्छ भनेर समाचार हेरी रहेको थिए । तर जसलाई मैले व्यानर पठाएको थिए निज शीब सापकोटा मात्रै सो टीमबाट चुचुरोमा पुग्न सकेनन अरु सबै चुचुरोमा पुगे । मेरो अभियान सगरमाथामा पुर्याउने अभियान सगरमाथाबाट व्यानरको फोटो आए पछि पत्रकार सम्मेलन मार्फत यो अभियानको प्रचार प्रसार गर्ने योजना सबै बिफल भयो ।
    निज शिवसापकोटा फर्केर आएपछि निजलाई सोधे किन तपाई चुचुरोमा पुग्न सक्नु भएन भन्दा वाहाँसंगको सबै टिम संगसंगै थियो अगाडी बढी रहेका थिए । सगरमाथाको चुचुरोमा पुग्नै आँट्दा  हिउको डल्लो उछिट्टीएर आयो र अक्सीजन माक्स समेत फुस्कीयो र बल्ल बल्ल ज्यान जोगाएर म फर्कन बाध्य भए । त्यसैले सगरमाथामा पुग्न नसकेको भन्ने जानकारी वाहाँबाट पाए ।
   म पुनःसगरमाथा चढने मानिसहरुको खोजीमा लागी रहे सगरमाथा चढने ठाउँ तीरका साथीहरु र सम्बन्धित मानिसहरुको खोजीमा लागी रहे मेरो अभियान मोटरसाईकल, फेसबुक, स्टीकरबाट निरन्तर चलिरहेको थियो । एकदिन कुरा गर्दै जाँदा निज शीब सापकोटाकै नजिकको मानिसबाट थाहा भयो प्रकाश दाहालसंगको सगरमाथा चढने अभियान बाट फर्केर आए पछि पुन प्रवासी नेपाली क्यानेडियन नागरिक (दुबै हात नभएको सुदर्शन गौतम ) संगको टिमसंग सगरमाथा गएको र निज सगरमाथा गएर फर्कदा हिउले हातखुट्टा कठांग्रीएर ४,५ महिना देखी घरमा नै बसी उपचार गराई रहेको भने कुरा सुने । मैले निजलाई फोन गरे निजले मेरो व्यानर २०१३ मे २ तारेखका दिन सगरमाथामा पुर्याएको र सगरमाथाका शीरमा लगी फोटो खिचेर ल्याई दिएका भनि निज शीब सापकोटाले मेरो व्यानर सहित खिचेको फोटो मलाई दिनुभएको छ । सो फोटोलाई मेरो अभियानको सबै भन्दा महत्वपुर्ण र मेरो सोच अनुसार सगरमाथा पुर्याउने योजना सफल भएकोले राम्रै साईत र समय मिलाएर सार्वजनीक गरौला भन्दा भन्दै कहिल्यै समय मिलेको थिएन तर यही २०७४।०४।२४ गते टिम टिभिमा मेरो अन्र्तवार्ता मार्फत सार्वजनिक गरे, दोश्रो पटक यही मध्यस्थता साप्ताहिक पत्रीका र अनलाईन मार्फत सार्वजनिक गरेको छु ।
     संसारमा सबै द्धन्दहरु एक अर्काको समाप्तीमा मात्रै अन्त हुन्छ । यस्तो द्धन्दमा कुनै न कुनै ठाउँमा केही बाँकी रहन्छ र पुःन द्धन्द शुरु हुन्छ तर बार्ताबाट भएको शान्तिमा सबैको जित हुन्छ । पुनः द्धन्दको सम्भावना रहँदैन त्यसैले बार्ताबाट मात्रै शान्ति हुन्छ भन्ने अभियानलाई मैले अगाडी बढाई रहेको छु । यो अभियान जे जस्तो रुपमा भए पनि अगाडि बढी रहनेछ । मैले सकिन्जेल अगाडि बढने छ । संसारको सास्वत सत्य सधैको शान्ति बार्ताबाट मात्रै हुन्छ ।

मकवानपुर र देशको हित, विकाश निर्माणको सवालमा सार्वजनिक सरोकारको रिटहरु हालेको भनेर पनि तपाईको अन्र्तबार्ता आएको थियो यस बारेमा केही बताई दिनुस न  ?
मैले कमाएको केही रकम सामाजिक सेवा तर्फ खर्च गर्ने गरेको छु । बिशेष गरि बृद्ध बालक र असक्तहरुलाई सहयोग गर्दछु । सार्वजनिक सरोकारको रिटहरुमा पनि केही खर्च हुन्छ ।  माछा प्लानको कजबे बनाउन रिट दिएको थिए मैले हालेको रिट जारि भएपछि बन्यो । कुलेखानी ड्यामबाट काठमाडौ जान नपाईने गरि ६० सालमा रोकेको थियो मैले रिट हालेर खुलाएको थिए । हेटौडा काठमाडौ सुरुङ्ग मार्ग बनाउनु भनि रिट हालेको थिए फैसला भएर सरकारको नाममा सुरुङ्ग मार्ग बनाउनु भनि रिट जारि भई रहेको छ । माध्याािमक तह सम्म निशुल्क शिक्षा हुनु पर्दछ भनेर हालेको रिट जारि भए पछी अहिले सबै निशूल्क भएको छ । कृषि बिकाश बैकको शेयर सुचिकृत गरेर खरिद बिक्रि हुने भई किसानले राहात पाएको मैले हालेकै रिटको कारणले हो । यस्तै सार्वजनिक सरोकारका रिटहरु अहिले पनि सर्वाेच्चमा चलिरहेका छन  ।
 

सुरुगंमार्ग बनाउनु भन्ने फैसला सर्वाेच्च अदालतबाट भएर पनि किन बनेन त ?
मेरो मुद्दाको फैसला हुदा सुरुङ्ग मार्ग पनि बन्लो जस्तो थियो । फास्ट ट्रयाक पनि बन्ला जस्तो थियो । बन्छ भने बनोस मलाई मैले मुद्दा हालेर बनेको भनि प्रचार गर्नु भन्दा मकवानपुरको बिकाश होस भन्ने लागेर चुप लागेर बसे मुद्दा फैसला भए पनि कार्यान्वयनको तहमा दवाव श्रृजना गरिन तर सुरुङ्ग मार्ग पनि बनेन फाष्ट ट्रयाक पनि बनेन अब पुनः मेरो फैसला बमोजिम सुरुङ्ग मार्ग बनाउन दवाव श्रृजना गर्दछु। अर्काे तर्फ सुरुङ्ग मार्ग बनाउछु भनेर सोझा सिधा जनताको रकम लिएर दुरुपयोग गरेको भन्ने हल्लाको यथार्त जनता सामु ल्याउने सवालमा मकवानपुरका सचेत मानिसहरुसंग बसेर छलफल गरि टुङ्गोमा पुर्याउनु पर्दछ भन्ने मलाई लागेको छ यसको पहल गर्ने सोचमा छु ।
 
पत्रकार महासंघको अहिले घर भएको जग्गा तपाईकै कारणले प्राप्त भएको भन्छन के कसरी प्राप्त भएको हो ?
मेरो मुद्दाको पक्ष रहनु भएका नीरबहादुर जोशीलाई पत्रकार माहासंघलाई जग्गा दिन अनुरोध गरेको वाँहाले मेरो बचन काटनु भएन ७ धुर जग्गा दिनु भयो । त्यसैले मैले भनेर मेरै कारणले जग्गा प्राप्त भएको हो भनेर थाहा पाउनेहरुले भनेका हुन ।

मकवानपुर जिल्लाको बिकाश निर्माण र हितका लागि तपाईको टिम टिभिमा आएको अन्र्तवार्ताको कुराको अहिले मकवानपुरमा चर्चा छ । त्यस्ता कुराहरुको बारेमा अझै प्रष्टसंग खुलाई दिनुस न

टिम टिभिको २०७४।०४।२४ गतेको अन्र्तवार्तामा मैले धेरै कुराहरु उठाएको थिए मकवानपुर जिल्लाको उन्नती र प्रगतिको लागि सुरुङ्ग मार्ग बनाउनु पर्दछ भन्ने मलाई लागेकोले सुरुङ्ग मार्ग बनाउन पटकपटक पहल गरे रुपचन्द्र बिष्टको देहावसान  पश्चात सुरुङ्ग मार्गको नाम नै रुपचन्द्र बिष्टको नामबाट राखौ भनेर म सम्पादक भएको बलिदान साप्ताहिकमा सम्पादकीय नै लेखे रिट हाले र अहिलेसम्म लागि रहेको छु 

३ न. क्षेत्रको सदरमुकाम मकवानपुरको हेटौडा हुन सबै मिलेर दवाव दिनु पर्दछ ।

  सर्व प्रथमत मकवानपुर जिल्ला पहिले मध्यमाञ्चल बिकाश क्षेत्रको सदरमुकाम थियो । त्यसका पुर्वाधारहरु पनि तयार भएको छन । पहिले मध्माञ्चल क्षेत्रको सदरमुकाम हुँदा काठमाडौ, ललितपुर भक्तपुर सबै ठाउँका मानिसलाई उपयुक्त भएको मकवानपुर जिल्ला अहिले ३ न.प्रदेशको सदरमुकाम हुन सक्तैन भन्ने तर्क गलत छ । अहिले बन्दै गरेको फाष्ट ट्रयाक, कान्तिराजपथ, अन्य बैकल्पिक मार्गले डेड, दुई घण्टामा पुग्न सकिने हेटौडालाई ३ न. प्रदेशको सदरमुकाम नबनाई गणतन्त्र प्राप्ति संगै सुनसान वनाउनु न्यायोचित पनि हुदैन । काठमाडौ उपत्यकालाई उकुसमुकुस बनाउनु हुदैन भनेर मध्यमाञ्चल बिकाश क्षेत्रको केन्द्र तोकि तयार गरिएको हेटौडाका पुर्वाधारहरु सबै खालि बनाएर पुनः उपत्यकामा नै सार्नु गलत हुन्छ । देशको बिकाश संगै हेटौडामा आउन ३ न. प्रदेशमा रहेका  ९५ प्रतिशत मानिसहरुलाई अहिले पनि सहज नै छ । केहि मानिसहरुलाई असजिलो छ भने बैकल्पिक छोटा मार्ग खोलेर हेटौडामा जोडेर सजिलो बनाउन पनि सकिन्छ ।
         मकवानपुरको हेटौडालाई ३ न. प्रदेशको राजधानी बनाउनु पर्दछ भन्ने कुरामा अहिले चुनाव घोषणा भईसकेको अवस्थामा दवाव श्रृजना गरि सबै पार्टीको केन्द्रिय घोषणा पत्रमै राख्न लगाउन आजैबाट दवाव श्रृजना गर्नु पर्दछ । ३ न. प्रदेशको केन्द्र मकवानपुरको हेटौडामा बनाउने कुरामा छिमेकी जिल्लाका अग्रजहरुसंग पनि कुरा गर्नु पर्दछ । अधिकारहरु बिकेन्द्रित गर्नु पर्यो भनि गरिएको प्रजातन्त्र र गणतन्त्रको भावना बिपरित गणतन्त्र प्राप्ती संगै अधिकार केन्द्रिकृत गर्ने कुराले आन्दोलनको भावनाको पनि कदर नहुने र मध्यमाञ्चल बिकाश षेत्रको केन्द्र रहेको मकवानपुरका पुर्वाधारमा लगाइृएको राज्यको ठुलो ढुकिटी खेर जाने हुदा सबै मकवानपुरे र आसपासका जिल्लाका मानिसहरु समेत मिलेर मकवानपुरको हेटौडालाई ३ न. प्रदेशको सदरमुकाम बनाउन आजैबाट लाग्नु पर्दछ ।
 मकवानपुरको हेटौडा १ मा र सामरी धादिङ्ग सम्म  ताल बनाउने :
 हेटौडा १ चौकीटोलमा रहेको झोलुङ्गे पुलबाट सामरि पुलको उचाई जम्मा ५७ फिट रहेको र झोलुङ्गे पुलबाट सामरि धादिङ्गको उचाई १४१ फिट मात्रै रहेकोले चौकीटोलको झोलुङ्गे पुल भएको ठाउँमा बाँध बाधेर ताल बनाउने र पर्यटकहरुको गन्तव्य स्थल बनाउने भन्ने मेरो सोच र बिचार हो जुन थोरै खर्चमा बनाउन सकिन्छ । यदि एकै चोटी सामरि धादिङ्ग सम्म बनाउदा ठुलो हुन्छ भन्ने लागेमा चौकीटोलको झोलुङ्गे पुलबाट सामरि पुल सम्म जम्मा १ किलोमिटरको मात्रै ताल बनाउने जुन बनाउन पनि कम पैसाले बन्छ र जोखिम पनि कम हुन्छ । अर्काे सामरि पुलभन्दा माथि सामरि धादिङ्ग सम्म एउटा ताल बनाउने यसो गर्दा मकवानपुर देशको प्रमुख पर्यटनको केन्द्र बन्दछ । काठमाडौबाट मकवानपुरको प्रमुख आकषृणको रुपमा रहेका ईन्द्र सरोबर, दामन हुदै हेटौडामा रहेको तालमा आन्नद लिन तराईका र देशका अन्य ठाउँका मानिसहरुको भिड लाग्दछ र मकवानपुरका वासिन्दाको र देशको नै आर्थिक उन्नती हुनेछ ।
 मकवानपुर गढीलाई प्रचार प्रसार गर्ने :
लम्जुङ्गको घले गाउँमा काठमाडौ देखि बस रिजर्भ गरेर मानिसहरु, बिद्यार्थिहरु जान्छन तर पृथ्बीनारायण शाहाको ससुराली मकवानपुर गढी जाँहाबाट बिरगंज सम्म देखिन्छ त्यो ठाउँको प्रचार प्रसार नभएर पर्यटक आएका छैनन यसलाई बिकाश र प्रचार प्रसार गरेर होम स्टेलाई व्यवस्थित बनाउदै अगाडि बढाउनु पर्दछ ।
पैदलमार्गबाट लगेर बागमतीमा डुङ्गा चढाउने :
 सामरी पुलबाट मकवानपुरगढीको मनकामना मन्दिरमा गई खाजा खाने, मकवानपुर गढीमा खाना खाने हर्नामाढीको गुम्बा डाँडामा लगेर खाजा खुवाउने र फापरबारिमा रहेको बागमति नदि सम्म लगेर डंगा चढाएर बागमतिको मुल सडक सम्म लाने मार्ग बनाउन सकिन्छ ।  ठाउँ ठाउँमा सुरक्षाकर्मी रहेको बिटहरु स्थापना गरि दिने हो भने यस्ता पैदल मागृको वरपरका सबै ठाउमा होटलहरु खेल्नेछन होम स्टे खुल्नेछन र बिकाश हुनेछ यस्ता पैदलमार्गहरु सबै गाउपालिकामा बनाउन सकिन्छ ।

२ घण्टामा नै तातो ठाउँबाट चिसोमा पुर्याउने :
   मकवानपुरको पुरानो गाउ चित्लाङ्ग, दामन, पालुङ्ग, कैलाश गाउँ पालिकाको लेक, कान्तिराजपथमा पर्ने महाभिर, पुष्पलाल मार्गमा पर्ने देउराली जुन तराईको गर्मी ठाउँबाट २ घण्टामा पुगिने चिसो ठाउँलाई प्रचार प्रसार गर्ने हो तराईको गर्मीबाट र बिहारमा रहेका भारतियहरु यस्तै चिसोको खोजिमा भारतमा रहेका पाँच छ सय कि.मी.को यात्रामा जानेहरु १०० कि.मीमा रहेको यी स्थानहरुमा नै आउने र मकवानपुर पर्यटनको प्रमुख केन्द्र बन्ने कुरामा दुईमत छैन ।  

ठेकीको संग्राहालय बनाउने :
     मकवानपुर जिल्ला ठेकीको लागि प्रसिद्ध भनिएको छ । गाउँ गाउँमा रहेका पुराना बिभिन्न प्रकार र साईजका ठेकीहरु सबैको अस्तित्व मेटिन लागि सक्यो त्यसैले जति भेटिन्छ त्यतीलाई संग्रह गर्ने र कुन, कुन काठबाट ठेकी बन्छ र ती काठहरु पाइने स्थान सहितको फोटो र काठ सहितको एउटा संग्राहालय बनाउने हो भने देश बिदेशका मानिसहरु त्यो पुरातात्वीक महत्वको संग्राहालय हेर्न आउनेछन ।
 एउटा वडामा एउटा फलफुको बिरुवा रोप्ने :
   मकवानपुर जिल्लामा रहेका सबै गाउ पालिका नगर पालिकाहरुले आफ्नो गाउँ पालिका वा नगर पालिकाका वडाहरुमा वडै पिच्छे छुट्टा छुट्टै फलफुलका बिरुवा हुर्काउने कुनै वडामा आँप, कुनैमा अम्बा, कुनैमा हलुवाबेद, कुनैमा लिची, यसरि  लगाउन शूरु गर्ने हो भने ५ बर्ष पछि अहिलेका जनप्रतिनिधिहरु को म्याद सकिदा सबै फलेका हुन्छन अनि हामी कल्पना गरौ ती वडाहरुको अवस्था आम्दानी पनि हुने आम्दानी नभए पनि पर्यटकको गन्तब्य स्थल हुने कुरामा दुईमत छैन । मात्र गर्नु पर्यो । जताततै बिरुवा लगाउने भनेका छन । अन्य बिरुवा र फलफुलको बिरुवाको मुल्य खासै फरक पर्दैन ।अब आउने बर्षको लागि फलफुका विरुवा तयार गर्न जिल्लाका सरकारी कार्यलय (कृषि, वन लगायत कार्यालयका) बिज्ञहरुलाई अहिल्यै भन्ने र लाखौ फलफुलका विरुवा तयार गर्न लगाउने हो भने यस्ता बिज्ञहरुले सामान्य खर्चमा विरुवा उत्पादन गर्न सहयोग गर्नेछन । हामीले तयार गरेका बिरुवाबाट पुनः हामीले धेरै विरुवा तयार गर्न सक्दछौ यस्तो गरेमा अन्य जिल्लालाई फलफुलका विरुवा बेचेर नै जिल्लाको आम्दानी बढछ भने जिल्ला भित्रको फलफुलै पिच्छेको वडाहरुको पहिचानले सबैलाई आकर्षीत गर्नेछ र यो अभियान देशै भरि फैलनेछ ।
 मकवानपुरमा मुटुरोग अस्पताल बनाउने :
मकवानपुरमा स्वास्थ्यसंग सम्बन्धित प्रभावकारि सेवा अहिले पनि छैन । अन्य रोग लागे उपचार गर्न जान र लान सकिन्छ तर मुटु रोग लागेर कसैलाई हर्ट याट्याक भयो भने चाँडोभन्दा चाँडो असपतालमा पुर्याउदा अर्थात जतिचाँडो अस्पताल पुर्यायो उति कम जोखिम हुन्छ । त्यसैले काठमाडौ पछिको मुटु रोगको उपचार हुने ठाउँ मकवानपुर बनाउन लागि पर्ने हो भने गर्न सकिन्छ । यो समय पनि अहिले आएको छ । त्यसैले मकवानपुरमा घर भएका र मकवानपुरमा घर नभए पनि मकवानपुरलाई माया गर्ने डाक्टरहरुको एउटा भेला गरेर यसलाई के कसरि गर्न र बनाउन सकिन्छ भनेर लाग्ने हो र पक्का बन्छ भन्ने कुरामा बिश्वास भयो भने मकवानपुरका मानिसबाटै २,४ अरब अर्थात अस्पताल बनाउन सकिने पैसा जम्मा हुन्छ । मात्र राज्यले आफ्नो पहलमा जनताको पैसाको ग्यारेन्टी लिएर केही रकम राखेर योजना शुरु गरोस । हामी मकवानपुरेहरु सबैले त्यसको अनुगमन गर्ने र सबैको रकमको सुरक्षा गर्दै मुटुरोग अस्पताल बनाउने कार्य गर्न सक्तछौ त्यसैले यो सवालमा अहिले नै मकवानपुरका सबै नगर पालिका र गाए पालिकाहरुले केहि रकम बिनियोजन गरेर कामको शुरुवात गर्दा अति उपयुक्त पनि हुनेछ ।
  सिमेन्ट उद्योगहरुलाई गाउँमा लानु पर्दछ :         
 मकवानपुरको हेटौडा र आसपासका क्षेत्रलाई ३ वटा सिमेन्ट उद्योगहरुले घेरेका छन धुलो र धुवाको प्रकोपले सुन्दर नगरि हेटौडालाई बस्न अयोग्य बनाउदै लगेको छ त्यसैले वातावरणलाई प्रतिकुल अशर गर्ने गरि त्यस क्षेत्रमा मेसिन चलाउदा निस्कने आवाजले मानसिक रोगी बनाएको छ, धुलो धुवाले स्वास प्रस्वास र छालाको रोगी बनाएको छ, खेतीमा अशर गरेको छ । यी कुराहरुको सुधार गरेर प्रत्यक्ष अशर नगर्ने गरि उद्योग चलाएमा चल्न दिने । अन्यथा जे जुन अवस्थामा छ  ती सिमेन्ट उद्योगलाई चल्न नदिने र मकवानपुरको सिमेन्ट उद्योगको खानी क्षेत्र, बुढीचौर, सुकौरा, फापरवारी, राक्सिराङ्ग भार्ता वा यस्तै जनघनत्व कम भएका स्थानमा सार्न लगाउनु पर्दछ । अन्यथा हामीले ठुलो समस्या भोग्नु पर्ने र चोभारमा रहेको सिमेन्ट कारखाना हटाउन जनताले आन्दोलन गरे जस्तै मकवानपुरेले पनि आन्दोलन गर्नु पर्ने अवस्था आउने भएकोले यसलाई बेलैमा सबैले सोच्ने र उचित कदम चाल्नु पर्ने आवश्यकता रहेको छ ।
 मकवानपुरेले शेयर पाउनु पर्दछ :
 मकवानपुरमा रहेको नाफामुलक उद्योगहरु र जलबिद्युत आयोजनाहरुले प्रभावित क्षेत्रका मानिसहरुलाई केही दिएका छैनन । अन्य जिल्लामा जल बिद्युत आयोजनाहरुले प्रभावित क्षेत्रका मानिसहरुलाई निश्चित शेयर दिएका छन तर मकवानपुरमा रहेको कुलेखानी जलबिद्युत आयोजनाले केही दिएको छैन । त्यसैले त्यसको शेयर प्रभावित क्षेत्रका बासिन्दाले पाउनु पर्दछ भनेर पनि जोडदार रुपमा आवज उठानु पर्दछ र शेयर लिएरै छाडनु पर्दछ । जस्ले प्रभावित क्षेत्रका बासिन्दाको आर्थिक उन्नती हुनेछ ।
 गाउँ पालिका र नगर पालिका पिच्छे फरक खेलका रंगशालाहरु बनाउने :
हेटौडा ६ गौरीटारमा रहेको रंगशालाको उचित व्यवस्थापन गर्न सकिएको भए काठमाडौको नजिकको बैकल्पिक स्थान हुने थियो तर अहिले सम्म ध्यान पुगेको छैन । बसामाडीको राप्ती किनारमा रहेको ठुलो चौर, हटिया, पदमपोखरीमा रहेको खाली जग्गाहरु र यस्तै खाली सार्वजनिक जग्गाहरु मकवानपुरको सबै गाउँ पालिकाहरुमा छन । यी खाली ठाउँहरु पिच्छे फरक फरक खेल खेल्ने रंगशालाहरु बनाउनु पर्दछ । एकै चोटी सम्भव नहोला तर अहिलेका गाउँ पालिकाहरु ८ वटा गाउँ पािलकामा कुन गाउँ पालिकाले कुन खेलको लागि रंगशाला बनाउने भन्ने सरसल्लाहा गर्ने र एक अर्काको काममा सहयोग गर्दै क्रमशः पुर्वाधारहरु तयारी गर्दै काम थाल्ने हो भने ५ बर्ष भित्रमा एक अर्का गाउँ पालिकाहरुमा नयाँ नयाँ खेल खेल्न गाउँ पालिका पिच्छे सबै जान्छन आन्तरिक पर्यटन पनि हुने खेलको बिकाश पनि हुने गाउँपालिकाको पनि बिकाश हुने यस्ता कुराहरुलाई प्राथमिक्तामा राखेर अगाडी बढने कुरामा सबैले घचघचाउनु पर्दछ  ।
पुर्जा नपाएकालाई पुर्जा दिनु पर्दछ :
 मकवानपुरका बिभिन्न ठाउँहरुमा बर्षाै देखि कमाएर आएको बसोबास गरेर पनि सधै जग्गाधनि पुर्जा बिहिन रहेका छन । यो समस्या मकवानपुरे सबैको हो भन्ने कुरालाई ध्यानमा राखी सबैले सहमति गरि जोत र भोगको आधारमा जेजस्तो अवस्थामा भए पनि तुरुन्तै जग्गाधनि प्रमाण पुर्जा दिनु पर्दछ भनि आवाज उठाउनु मकवानपुरका सचेत नागरिकको महत्वपुर्ण कार्य हो । आम रुपमा यो महत्वपुर्ण कुरा नउठेको हुँदा सबैले यस तर्फ आवाज उठाउनु पर्ने आवश्यक्ता रहेको छ ।  यस्ता धेरै कुराहरु छन जुन मकवानपुरको हितका लागि गर्न सक्ने खालका छन । मात्र ईच्छा शक्ति हुनु पर्यो राय सल्लाहा सुझाव सबैको लिनु पर्यो बिचार र योजना नेतृत्वमा पुग्ने र भएकाहरुसंग नहुन सक्दछ । एकै ब्यक्ति सर्बगुण सम्पन्न पनि हुदैन । मानिसका आ–आफ्नै बिशेषताहरु हुन्छन सबै मानिस सबै कुरामा बिज्ञ हुदैनन । सार्वजनिक रुपमा यस्ता कार्यहरुको आव्हान गर्ने र राम्रा योजनाहरु छनौट गरि सबै मिलेर अगाडी बढने काम जिम्मेवार पार्टी र निकायमा बस्नेहरुले गर्नु पर्दछ अनि सबैको हित हुनेछ । त्यो सबैमा तपाई म अनि हमी सबै पर्दछौ ।
 

यी विकाश निर्माणका योजनाहरु कसरि पुरा हुन्छन त ?
  म निति निर्माणको तहमा पनि छैन । मैले भनेको कुरा लागु गराउने स्थानमा पनि म छैन । मेरा कुराहरु लागु हुन्छन भन्ने पनि छैन । सबैका आ–आफ्ना दृष्टिकोणहरु हुन्छन, ब्याख्या बिश्लेशन हुन्छन त्यसमा कति सहमत कति असहमत पछि छलफल हुनेनै छ । जे भए पनि म यो देशको सचेत नागरिक हु । मैले  आफ्नो ठाउँबाट केही न केही गर्न पर्दछ भन्ने सोच र सकेको कार्य गर्दै आएको र भोली पनि गर्नु पर्दछ भन्ने भावना छ । त्यसैले सबै सचेत नागरिकले आफ्नो बिचार भावना र योजनाहरु आ–आफ्नो ठाउँबाट सार्वजनिक गर्दै आम नागरिकको सामुन्नेमा राखेर अनुमोदन गराउनु पर्दछ । सबै कुरा ठिक र सबै कुरा बेठिक हुदैनन । त्यसैले यी सार्वजनिक महत्वका कुराहरु जस्ले मकवानपुर र देशलाई नै हित गर्दछ भन्ने उदेश्यले यो अन्र्तवार्ता मार्फत आम नागरिकका सामु प्रस्तुत गरेको छु । यस्ता विचार र योजना अरुबाट पनि आउन जसरि केदार न्यौपानेले बृद्धाश्रमको संरक्षक भएर लागि पर्नु भएको छ, अर्पण पराजुलीले ममाघरको लागि उदाहरणिय काम गर्दे आउनु भएको छ । यी कामहरु अहिले मकवानपुरमा सरहानिय र सर्व स्वीकार्य देखिएका छन । जस्ले मकवानपुर मात्रै नभई देशभरि राम्रो काम गरेको भनि अनुशरण गरिएको छ । यी र यस्ता कुराहरु गर्ने भावना सबैमा होस यी कुराहरुको चर्चा गर्न र यसलाई सहयोग गर्न कसैले कन्जुस्याई नगरौ । यस्ता कार्य गर्न अगाडी बढौ सोच बनाऔ सबै मिलरे सामाजिक कार्यलाई प्राथमिक्ता दिदै बिकाश निर्माण र उन्नतिका सवालमा साझा धारण बनाएर सम्बन्धित ठाउँहरुमा पुर्याई घचघचाउने काम गरौ भन्ने मेरो मान्यता हो ।
 

तपाईले उठायका कुराहरु काठमाडौमा रहेर नै पुरा गराउन सजिलो हुन्थ्यो होला तपाई काठमाडौको चमक धमक छाडेर पुन हेटौडामा किन आउनु भएको त  ?
 मैले भनेका कुराहरु सामान्य कुराहरु छन । जुन मकवानपुरका गाउँ पालिका र नगरपालिकाहरुले नै पुरा गर्न सक्ने खालका हुन । केही कुराहरु केन्द्रबाट नै गर्ने खालका छन । काठमाडौमा हाम्रा कुरा सुन्न कसैलाई फुर्सद छैन । सबै नेताहरुलाई देशको भन्दा आफ्नै ठाउँको अझ निर्वाचन क्षेत्रको बिकाश र निर्माण गरि अर्काे निर्वाचन जित्ने मात्रै चिन्ता छ । काठमाडौमा कुरा पुर्याउन दवाव दिनु पर्दछ । जहाँ, जुन ठाउँमा जे आवश्यक्ता पर्दछ त्याहाँकै मानिसले त्यहीबाट उठाएको कुरा नै प्रभावकारि हुन्छ । आवश्यक्ता र खाँचो अनि महत्व र भावना स्थानिय स्थरमा रहेर नै बढी महशुस हुन्छ । त्यसैले जहाँको आवश्यक्ता त्यहीबाट पुरा गराउन सकिन्छ र काठमाडौमा बसेर भन्दा मकवानपुरमा नै बसेर मकवानपुरेहरुको एउटा जमात बनायर दवाव श्रृजना गर्नु नै उचित हुन्छ
    अहिले सबै सेवा सुविधाहरु शहर केन्द्रित छन त्यसैले मानिसहरु गाउँबाट शहर, साना शहरबाट ठुला शहर, काठमाडौ हुदै,अमेरीका, युरोप लगायतका मुलुकहरु जाने जुन संस्कार हाम्रो समाजमा बिकाश भएको छ म त्यसको ठिक बिपरित अमेरकिाबाट काठमाडौ र काठमाडौबाट पनि पुनः हेटौडामा नै छु ।  मानिसहरु साधन श्रोत र पैसा भएको ठाउँमा जान र बस्न खोज्नु स्वभाविक नै हो तर सबैले यसै गरि राम्रा र ठुला ठाउँमा जानु र हराउनु भन्दा आफ्नै ठाउँमा केही गर्न सके राम्रो हुन्छ भन्ने उदेश्य राख्नु पर्दछ भन्ने मलाई लागेर आफ्नै ठाउँमा छु । निश्चितै रुपमा आम्दानिको हिसाबले याहाँ खासै केही हुदैन तर पैसाको कुनै सिमा पनि हुदैन मानिसलाई पैसाको भोक लाग्यो र पछाडि दौडन थाल्यो भने अन्तहिन यात्रामा लाग्दछ । पैसा केही हो सबै थोक होईन जतिमा चित्त बुझाउन सक्यो त्यो त्यति नै राम्रो हुन्छ भन्ने मेरो ठम्याई हो। त्यसैले आफ्नै ठाउँमा रमाई रहेको छु । केही गरौ भन्ने उदेश्य सबैले राख्नु पर्दछ भन्ने उदेश्यका साथ आफुले जानेका राम्रो कुराहरु भन्दै र गर्दै जाने यस्ता राम्रो जान्ने, गर्ने

barta-home-1504326932.JPG
barta-patrika-1504327351.jpg

समाचारमा चौलागाईको अभियान

siddhi-binayak-madhyastha-1502267497.gif
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...

मकवानपुरमा उत्कृष्ट २० जना महिला उद्दमी घोषणा

मकवानपुर । मकवानपुरको विभिन्न ग्रामिण क्षेत्रमा महिला उद्यमशिलता विकास तथा प्रवर्दन कार्यक्रम आयोजना गरिएको...

गायिका अनुमा पार्टी प्रचारमा
anuma-koirala-1510635710.jpg

मकवानपुर । गायिका अनुमा कोइरालाको अहिले परिचय फेरिएको छ । उनी अब गायिका मात्र रहिनन्, उनी विवेकशील साझा पार्टीमा...

हेटौंडा ८ मा बाम गठबन्धनको कार्यालय
bam-1510633978.jpg

मकवानपुर । हेटौंडा ८ कमानेमा बाम गठबन्धनको चुनाब प्रचार प्रसार कार्यालय उद्घाटन गरीएको छ । कार्यालयको...

काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब लगानी गर्ने
surung-marga-news-1510633725.jpg

काठमाडौं । बहुप्रतिक्षित काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब ४० करोड...

गरे के हुन्न : बाल संरक्षणका लागि घटना व्यवस्थापन प्रकृया प्रभावकारी !
cpc-1510120322.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका राइगाउँकी बालिका कविता मगर (नाम परिवर्तन) की आमा अन्तै विवाह गरी हिडीन्...