नयाँ बजेटमा आशा र सुधारको सन्देश

अर्थमन्त्री विष्णुप्रसाद पौडेल

मकवानपुर। सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट संसद्मा प्रस्तुत गरेको छ। अर्थतन्त्र सुधारको क्रममा रहे पनि पूर्ण रुपमा स्थायित्व नआएको जनाइएको छ। बजेटले सुधार, आत्मनिर्भरता र समावेशीतामा जोड दिएको छ।

प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणको रकम वृद्धि गरिएको छ। आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत तोकिएको छ। मूल्यवृद्धि ५.५ प्रतिशतभित्र राख्ने प्रयास छ। चामलमा दुई वर्षभित्र आत्मनिर्भर हुने योजना छ।

सरकारी कर्मचारीलाई मासिक ५ हजार महँगी भत्ता दिइनेछ। वृद्धभत्ताको उमेरसीमा ७० वर्ष कायम गरिएको छ। किसानका लागि समर्थन मूल्य १५ दिन अघिनै तोकिनेछ। माछाका भुरा र फलफूलका बेर्ना वितरण गरिनेछ।

५ लाख परिवारलाई जग्गाधनी प्रमाणपूर्जा दिइनेछ। बाँझो भूमि उपयोगका लागि भूमि बैंक खोलिनेछ। सहकारी निक्षेपको सुरक्षाका लागि व्यवस्था मिलाइनेछ। सहकारी ऋण असुली न्यायाधिकरण स्थापना गरिनेछ।

विदेशी लगानीकर्तालाई अपार्टमेन्ट लिजमा लिने व्यवस्था मिलाइनेछ। नेपाली कम्पनीलाई विदेशमा शाखा खोल्ने अनुमति दिइनेछ। पेट्रोलमा बायोइथानोल मिसाउने नीति ल्याइनेछ।

त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाइनेछ। निजगढ र सुर्खेत विमानस्थल निर्माण अघि बढाइनेछ। प्लास्टिकको प्रयोगमा कडाइ गरिनेछ।

शिक्षा क्षेत्रमा शिक्षक बैंक र स्पोर्टस एकेडेमीको विस्तार गरिनेछ। स्वास्थ्य सेवामा क्यान्सर, मुटु र जलन उपचारको व्यवस्था मिलाइनेछ। महिला सशक्तिकरणका लागि ३३ प्रतिशत सहभागिता सुनिश्चित गरिनेछ।

विद्युतीकरण, रेलमार्ग, सुरूङ र पोडवे निर्माणको योजना अगाडि सारिएको छ। ‘नियो बैंक’ स्थापनाको घोषणा गरिएको छ। द्वन्द्व पीडितका लागि राहत कोष बनाइनेछ।

 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.