गर्मीका कारण मनहरीमा बिहान पढाइ

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा बढ्दो गर्मीका कारण सबै विद्यालयमा विहानी कक्षा सञ्चालन हुने भएको छ। समुदायिक तथा निजी विद्यालयहरुले बिहानको समयमा मात्र पढाइ गर्नुपर्ने निर्णय पालिकाले गरेको हो। सो निर्णयलाई कार्यान्वयन गर्न विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयसँग समन्वय गरिएको छ।

वर्तमान गर्मीको असरले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न थालेपछि यस्तो निर्णय लिइएको जनाइएको छ। तापक्रम उच्च हुँदै गएपछि बालबालिकालाई पढ्न र कक्षामा बस्न मुस्किल भइरहेको छ। गर्मीका कारण टाउको दुख्ने, वान्ता हुनेजस्ता लक्षण देखिन थालेका छन्। यसलाई ध्यानमा राख्दै अधिकतम १० दिनका लागि विहानी कक्षा सञ्चालन गरिने भएको हो। मौसम अनुकूल भएमा पुनः सामान्य तालिकामा कक्षा सञ्चालन गरिनेछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.