Wednesday, 20th February, 2019
siddhi-binayak-madhyastha-1502267497.gif

सबैको चासो : मेरो गुनासो

अटोको दादागिरी अन्त्य कहिले ? 

auto-1499333446.jpg

मकवानपुरको हेटौंडामा अहिले सडक कब्जा कसले गरिरहेको छ तपाईलाई थाहा छ ? सडक कब्जा गर्ने आन्दोलनकारीले होलान् भन्ने तपाईको दिमागमा एक प्रकारको चित्र बन्यो होला । अनि सडक कब्जामा लिएर नारा जुलुस गरेको, मान्छेहरुको यात्रा यस्तै यस्तै सम्झनु भयो होला । तर यो सडक कब्जा गर्ने आन्दोलनकारीको विषयमा भन्न खोजिएको होइन । आत्म निर्भरताका नाममा सर्वसाधारण यात्रु लुट्नेको विषयमा कुरा गर्न खोजिएको हो । सडकमा दिन दहाडै त्यसरी यात्रु लुट्ने को होलान ? अब भने तपाईंले सजिलै भन्नुहुनेछ की त्यस्ता लुटेरा त अटो र मयुरीवाला । 
हो पक्कै हो, यतिबेला हेटौंडामा अटो एवम् विद्युतीय रिक्सावालाहरु एक नम्बरका ठग बनेका छन् । उनीहरुलाई कुनै डर छैन यात्रु लुट्नका लागि । हेटौंडाको सडक उनीहरुले खाइसके । अरु सवारीसाधन गुड्न पनि अब उनीहरुमाथि विशेष ध्यान पु¥याउँनुपर्ने अवस्था बनेको छ । उनीहरुलाई हेटौंडामा कारवाही गर्नसक्ने कोही पनि छैनन् । उनीहरुले हेटौंडा बजार वरपर पनि अटो तथा विद्युतिय रिक्सा पिच्छे भाडा असुल्ने गरेका छन् । तीस रुपिया देखि २ सय, ३ सय, ४ सय मनलाग्दी । टाढाको ठाउँसम्म जानुपर्ने अवस्थामा त ठिकै हो भाडा जति लिएपनि के फरक पर्ला र ? कोही त खुसी भएर आफूसंग भएको जति पैसा अटोलाई भाडाबापत दिन्छु पनि भन्लान् तर सर्वसाधारण जो गाउँगाउँबाट हेटौंडा झरेका छन् वा हेटौंडाका पनि अलि वरपरतिरका छन् उनीहरुले अटो–विद्युतीय सवारी यात्रा गर्नका लागि पहिल्यै भाडा सोध्नुपर्ने अवस्था आएको छ । नत्र त मनलाग्दी भाडा मागेर आफूहरु हैरान हुनु परेको पीडित यात्रुहरुको गुनासो पनि रहँदै आएको छ ।
अहिले हेटौंडा बजारमा आवश्यकता भन्दा अटो तथा विद्युतीय रिक्सा छन् । यिनीहरुलाई चल्न रोक लगाइदिएमा सबैभन्दा राम्रो हुने देखिन्छ । किनभने केही केही बाहेक अधिकांशले अहिले सर्वसाधारणसंग पैसा ठग्ने माध्यम यसलाई बनाइरहेका छन् ।  यिनलाई तहमा ल्याउनका लागि के के कुराहरु आवश्यक पर्नसक्छन् सो का कारण बारेमा बेलैमा गम्भीर भएर ध्यान दिनुपर्छ । सम्बन्धित निकायलाई यस विषयमा ध्यान दिनका लागि भनिन्छ, यदि अटेर गरेमा अब यात्रुकै तहबाट कारवाही सुरु हुनेछ । 

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg