Wednesday, 20th June, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाज

अनुमति नलिईकन चारवर्षदेखि शिवम् सिमेन्टको खानी सञ्चालन, अनुमति पाउँने बेलासम्म डाँडो सखाप हुने चिन्ता !
कारवाही गर्ने निकाय नै उद्योगको वकालतमा 

shivam-khani-1519447823.jpg

देवराज पन्त
मकवानपुर । निजी क्षेत्रको देशकै ठूलो सिमेन्ट उद्योग भनिएको मकवानपुर हेटौंडाको शिवम् सिमेन्ट उद्योगले अवैध रुपमा चुनढुङ्गा खानी सञ्चालन गदै आएको छ । सदरमुकाम हेटौंडाबाट करीब २५ किलोमिटर विकट मकवानपुरको साविक सुकौरा हाल मकवानपुरगढी गाउँपालिकामा ५ स्थानबाट आफूलाई चाहिने चुनढुङ्गा निकाल्दै आएकोमा २ वटा खानी अबैध रहेको छ । नेपाल सरकार खानी विभागले स्थानीय खोटेटारमा चुनढुङ्गा निकाल्न खानी सञ्चालनको अनुमति दिएको भएपनि सो स्थान भन्दा करीब १ किलोमिटरको दूरीमा मानव बस्तीलाई जोखिममा पारेर तारुबासमा विगत ४ बर्षदेखि अवैध चुनढुङ्गा निकालिरहेको छ ।
स्मरण यो छ कि २ महिना अघि प्राकृतिक वन मासेको भन्दै शिवम् सिमेन्टका सञ्चालक रघुनन्दन मारुलाई ३७ लाख बिगो जरिवाना सहित जिल्ला वन कार्यालय मकवानपुरले पक्राउ गरी अदालत पेश गरेकोमा अदालतबाट मात्र ७ लाख धरौटीमा रिहा भएका थिए । अचम्मको कुरो, उनले जिल्ला वन कार्यालयले हिरासतमा लिएको समयभरी हेटौंडाकै थ्री स्टार होटल सामना र तत्कालीन क्षेत्रीय वन निर्देशनालयको भीआईपी अतिथि गृहमा बस्ने सुविधा पाएका थिए र कारवाही गरेता पनि उद्योगले सोही स्थानमा अहिले पनि खानी निर्वाध सञ्चालन गरिरहेको छ । अबैध खानी सञ्चालन गर्दा खानी नजिकका गाउँबस्ती उच्च जोखिममा रहेका छन् भने यस सम्बन्धमा स्थानीय प्रशासन, जनप्रतिनिधिलाई जानकारी गराउदा बेवास्ता गरेको  र प्रहरी प्रशासनले आएर सोझा गाउँलेलाई उल्टै त्रसित बनाउने गरेको पाईएको छ । त्यति मात्र होईन, उद्योगले खानी सञ्चालन पछि निस्केको ओभर बडेनको उचित व्यवस्थापन नगर्दा गाउँमा सोही ओभर बडेनले पहिरोको जोखिममा परेका छन् र सोही कारण बस्ती नै पलायन भैसकेको छ ।
आजभन्दा करीब २ बर्ष अघि ५० मिटर गहिरो चपकी खोल्सी समेत पुरीसकेको छ । शिवम् सिमेन्टलाई आवश्यक चुनढुङ्गा दिने सम्झौतामा उद्योगले रामबहादुर गौतम प्रोप्राईटर रहेको मोतिदान कन्स्ट्रक्सनलाई करीब ७ बर्ष अघि सुकौरा शिरदेखि चपकी डाँडासम्म उत्खनन् गर्न ठेक्का दिएको थियो । तर सिमेन्ट उद्योगले सुकौरा शिरमा सञ्चालन गरेको खानी र त्यसबाट व्यवस्थापन नगरिएको ओभर बडेन बर्षामा बगेर गाउँतर्फ आएको छ । व्यवस्थापन नगरिएको ओभर बडेनका कारण ५० मिटर गहिरो गल्छी पुरै पुरिएको छ । यसबाट सो स्थानको बस्ती, दुईवटा विद्यालय, खेती योग्य जमीन पूर्ण रुपमा नष्ट हुन गई बस्ती नै विस्थापित हुने अबस्थामा पुगेको छ । जबकी नेपाल सरकार खानी विभागको नियम अनुसार खानी सञ्चालनमा निस्केका यस्ता ओभर बडेन उद्योग आफैले उचित व्यवस्थापन गर्नु पर्ने नियम छ ।
यो स्थान साविक सुकौरा वडा नम्बर ५ हालको गढी गाउँपालिका वडा नम्बर ७ को सालघारी खोप, किटीनीमा रहेको अबैद्य खानीको स्थलमा अबैद्य खानी सञ्चालनमा स्थानीयले अवरोध गर्ने देखेर शिवम् सिमेन्टले राजनैतिक पहुच भएका र हाल स्थानीय गढी गाउपालिका वडा नम्बर ७ का निर्वाचित वडा सदस्य समेत रहेका प्रतिमान रुम्बालाई खानी उत्खनन् गर्ने जिम्मा दिएको थियो । यो खानी सञ्चालनमा आउँदा खानी तलका न्यौपानेटार सहित पुरै गाउ, घरखेत प्रभावित भएका छन् । स्थानीय केही युवालाई आर्थिक प्रलोभनमा पारेर प्रशासनको सेटिङ्गमा बर्षौदेखि शिवम् उद्योगले खानीमा दादागिरी देखाईरहेको गाउँलेहरुको आरोप छ । यस सम्बन्धमा खानी विभागका बसन्त अधिकारीसँग सम्पर्क गर्दा तारुबासमा सञ्चालनमा रहेको खानी स्वीकृतिमा नरहेको जनाएको छ । खानीका लागि अनुमतिको प्रकृयामा रहेकै अवस्थामा अनुमति पाएझैं गरी शिवम्ले मनपरी रुपमा डाँडो उत्खनन् गरिरहेको हो । स्थलगत रिर्पोटिङ्का लागि पुगेका पत्रकार अनुमति प्राप्त नगर्दै खेरी तारुबाँसको डाँडो उत्खनन् गरेर सकिसकिने अवस्थामा रहेको बताउँछन् । अनुमति प्राप्त हुने बेलासम्म शिवम्ले डाँडो मासेर सकिसक्नेमा स्थानीयबासी समेत चिन्तित छन् । 
केही साता अघि मात्रै शिवम् सिमेन्ट उद्योगले नियम विपरित क्षमता भन्दा बढी लोड गरी एकै पटक १३ वटा भारतीय नम्बरका ट्रकमा सिमेन्ट सामग्री क्लिंकर हेटौंडा ल्याउँदा स्थानीय यातायात व्यवसायीले चर्को विरोध गरी रोकेको भएपनि रातारात सो क्लिंकर उद्योग भित्राउन सफल भएको थियो । तर प्रशासनले उद्योगलाई कुनै कारवाही गर्न सकेन । २०६४ सालदेखि सञ्चालनमा रहेको शिवम् उद्योगले सो स्थानमा खानी सञ्चालन गरेपछि मात्रै करीब ३० घर सुकुम्बासी नै भैसकेका छन् । खानीबाट शिवम् सिमेन्टले दैनिक करिब ३०० ट्रिपर चुनढुङ्गा उद्योगमा खपत गर्दै आएको छ । स्थानीयहरु विरोध गर्छन् आन्दोलन गर्छन्, उनीहरुको समस्या सम्बोधन गर्नुभन्दा उच्च तहको सेटिङ्मा प्रशासनबाटै उनीहरुको आवाजलाई बन्द गराईन्छ । 
अनुमति नलिइकन डाँडो मासेको विषयमा जानकारी पाएर पनि कारवाहीको दायरामा ल्याउनुपर्ने निकाय भने यतिबेला मौन बसेका छन् । 
 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...

कारागार व्यवस्थापनमा ३ नं. प्रदेश सरकारको ध्यानाकर्षण
34507513_1774679585956029-1528300797.jpg

कैदी तथा बन्दीहरुको अधिकार प्रवद्र्धन परियोजना अन्तर्गत ३ नं. प्रदेशका माननीय ज्यूहरुसंग कैदी तथा बन्दीहरुको...

जमराको जुस पिउँदा के छन् फाइदा ? 
jamara-with-its-juice-1528214959.jpg

जमरा भन्ने बित्तिक्कै हामी दशैं अनि पहेँलो जमरा सम्झिईहाल्छौं । नेपाली हिन्दुहरुको दशैंमा जसरी जमराको प्रयोग...

पत्रकार मणिराज गौतमलाई ‘नेशनल पावर म्यूजिक अवार्ड’ 
maniraj-puraskrit-1528214279.jpg

मकवानपुर । मकवानपुरका रंग पत्रकार मणिराज गौतम पुरस्कृत भएका छन् । पत्रकार गौतमले आज मंगलबार काठमाडौंमा आयोजित...