Wednesday, 20th June, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

मध्यवाण

असली कार्यकर्ता !

 

उ यतिबेला राप्रपाको असली कार्यकर्ता भएको छ । सुरुमा काङ्ग्रेस, अनि एमाले, माओवादी जनयुद्धका बेलामा माओवादी, दोस्रो संविधानसभाको निर्वाचनताका काङ्ग्रेसलाई भोट हालौं भन्दै हिडेको उ अहिले त राप्रपाको असली कार्यकर्ता बनेर नमस्कार गर्दै हिड्न थालेको पो देखियो । समय अनुसार परिवर्तन हुनुपर्छ भन्ने कुरा उसले मात्र जानेका हुन् कि अरुले समयलाई चिन्न नसकेका यतिबेला छुट्याउन साह्रै मुस्किल भइरहेको छ । विगतदेखि नै उसलाई नजिकबाट नियाली रहेका समाजका अनुभवी एवम् पाका मान्छेहरुले मलाई भनेपछि मलाई थाहा भयो कि उ त असली कार्यकर्ता रहेछ । असली त साह्रै असली तर कसको चाँही साह्रै असली कार्यकर्ता भनेर सोच्न थालेको टाउको फनफनी घुमेर रिङटा नै लाग्यो । गाउँमा एउटा क्रसर चलाएको छ, सोलारबत्तिको पनि व्यववसाय छ, हेटौंडा शहरमा पनि एउटा गज्जबको होलसेल पसल छ, बेलाबेला काठ सङ्कलन गर्ने र विक्री गर्ने आफ्नो पूरानो पेशा पनि परिआउँछ उसैको भागमा । अनि त किन असली कार्यकर्ता नहुनु नि पार्टीको ।

काङ्ग्रेसी समयमा गाउँगाउँबाट काठ ल्याएर विभिन्न ठाउँमा राम्रै दाम कमाएको थियो उसले । काङ्ग्रेसको असली कार्यकर्ता भनेर पार्टीले कति पटक सम्मान पनि गरेको थियो । पार्टी कार्यालयमा उ आउँने बितिक्कै उसलाई स्वागतका लागि फूलमाला लिएर केही मान्छेहरु तयार हुन्थे । सामान्य कार्यकर्ता तर किन यतिको सम्मान ? उसलाई राम्ररी नचिन्नेले जिब्रो टोक्थे । पार्टीमा महिनाको एक पटक जसो आफूले सकेको भेटी चढाउने मान्छे भएकाले पनि उसको पार्टी प्रमुखसंग समेत राम्रो सम्बन्ध थियो । पछि एमालेको असली कार्यकर्ता भनेर पनि उसले सकेको गर्यो । गाउँमा जनताका लागि अनुदानको सोलार बेचेर मालामाल बन्ने काममा उसलाई पार्टीले साथ दियो । विक्रीको केही कमिसन आफूलाई पनि आउँने भएपछि उसलाई असली कार्यकर्ता नबनाएर झोलामात्रै बोकेर लखर लखर हिड्नेको भाउ के हुनु ? चुनावका बेलामा होस् वा नेताको गाह्रो साह्रोमा आर्थिक, भौतिक सबै खालका सहयोग गर्नेमा पार्टीभित्र उ लोकप्रिय बन्यो । यतिसम्म लोकप्रिय बन्यो कि गाउँको वडाध्यक्षको टिकट नै झण्डै पाएको । उसको लोकप्रियता देखेर त्यो बेला कतिपय अरु पार्टी त्यागेर उसैको अघिपछि लागेका थिए । समयक्रमले उ जनयुद्धमा होमिएको माओवादीसंग मिलेर माओवादीकै असली कार्यकर्ता भयो । गाउँगाउँमा हुने अन्याय अत्याचार विरुद्घ बोल्नका लागि पार्टीले साथ दियो । गाउँ शहरका पैसावालसंग चन्दा माग्न पार्टीको नाम यति काफी बन्यो कि चन्दा तोकैर माग्न पाउँदा हेटौंडामा एउटा घर जोड्न उ सफल भयो । उसलाई चिन्नेहरुले भने,‘ पार्टीको असली कार्यकर्ता भए पो शहरमा घर ठडिनु त,सामान्य कार्यकर्ताको जिन्दगी त झण्डा बाकेर सभामा दौडदैमा बित्छ नि ।’

अहिले समय अर्कै छ । न अब जनयुद्ध लड्ने माओवादीको सपना बेचेर मालामाल हुन सकिन्छ न त काङ्ग्रेस–एमालेले नै मुलुकको हितका लागि काम गरेको देखियो । बरु सबै कुरा पाइने भनेको त राप्रपा नै भएकाले उ अहिले यही पार्टीको खाँटी कार्यकर्ता भएको छ । यो पार्टीको सिद्घान्त उसलाई मन परेको छ । गणतन्त्र मान्ने, गणतन्त्रको विरोध गर्ने, सरकारमा जाने, सरकारको विरोध गर्ने, संविधान मान्ने, संविधानमा हिन्दु धर्म भएन भनेर विरोध गर्ने, संघीयताको प्रचार गर्ने सरकारको अभियानमा लाग्ने संघीयता ठिक छैन भन्ने सबै सिद्घान्त मिल्ने पार्टी यतिबेला यो पार्टी भएकाले उ यो पार्टीको असली कार्यकर्ता भएको हो । यो पार्टीको सिद्घान्त भनेको फेरी आफ्नो मनको भावना पनि हो, मनले जे सोच्यो त्यसलाई सिद्घान्त मान्दा पनि भइहाल्यो । आफूले सोचेजस्तो, खोजेजस्तो पार्टी पाएपछि यो पार्टीको असली कार्यकर्ता हुन छाडेर अरु ताइ न तुइका पार्टीमा लागेर भविष्य किन खेर फाल्नु भन्नु भन्ने उसलार्इं लागको छ ।   

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...

कारागार व्यवस्थापनमा ३ नं. प्रदेश सरकारको ध्यानाकर्षण
34507513_1774679585956029-1528300797.jpg

कैदी तथा बन्दीहरुको अधिकार प्रवद्र्धन परियोजना अन्तर्गत ३ नं. प्रदेशका माननीय ज्यूहरुसंग कैदी तथा बन्दीहरुको...

जमराको जुस पिउँदा के छन् फाइदा ? 
jamara-with-its-juice-1528214959.jpg

जमरा भन्ने बित्तिक्कै हामी दशैं अनि पहेँलो जमरा सम्झिईहाल्छौं । नेपाली हिन्दुहरुको दशैंमा जसरी जमराको प्रयोग...

पत्रकार मणिराज गौतमलाई ‘नेशनल पावर म्यूजिक अवार्ड’ 
maniraj-puraskrit-1528214279.jpg

मकवानपुर । मकवानपुरका रंग पत्रकार मणिराज गौतम पुरस्कृत भएका छन् । पत्रकार गौतमले आज मंगलबार काठमाडौंमा आयोजित...