Wednesday, 24th January, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

आगोले घर खायो, चिसोमा टहरामा बास
राहत बोकेर पुगिन् उपाध्यक्ष पार्वती राना

aago-ghar-1514965735.jpg

आगलागीबाट नष्ट भएको पञ्चमायाको घर ।


मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८, इपापञ्चकन्या चन्द्रामकी एकल महिला पञ्चमाया भोलनको घर आगलागीले नष्ट भयो । पुष १४ गते बेलुका साँढे ७ बजे अचानक घरमा लागेको आगोले घरगोठ नष्ट पार्यो  । आगलागीबाट घर नष्ट भएपछि कठ्याङ्ग्रिदो चिसोमा उनको बास टहरामा भएको छ । आगलागीबाट घरमा रहेका खाद्यान्न, लत्ताकपडा तथा पशुपंक्षी गरी करिब ९ लाख रुपिया बराबरको क्षति भएपछि उनलाई अहिले आफ्नो सर्वस्व गुमको लागिरहेको छ । ‘सम्पति भन्ने एउटा घर थियो त्यो पनि आगोले खायो ।’ उनले भनिन्,‘घरमात्र जलेन मलाई त मेरो सर्वस्व नै गुम्यो जतिकै भइरहेको छ । ’
आगलागीमा परी आफ्ना लागि चाहिने खाद्यान्न, लत्ताकपडा सबै नष्ट भएपछि आफ्नो दैनिकी अहिले कष्टपूर्ण रुपमा बितिरहेको उनी दु:खेसो गर्छिन् । ‘खानेकुरा नभएपनि जाडोमा न्यानो कपडा भएको भए छोरीहरु कत्ति खुशी हुने थियो होला । ’ उनले पीडा पोखिन्,‘आपत्त पनि बेसाहारालाई नै आइलाग्दो रहेछ ।’ तीन वर्ष अघि श्रीमान् गुमाएकी पञ्चमायालाई यतिबेला आगोले जल जल्दा आफ्नो साहारा नै गुम्यो भन्ने लागेको छ ।’ आफ्ना लागि मात्र सोचेर भएन, दुई बालिका छोरीको भविष्यको चिन्ता छ ।’ बासकै टुङ्गो नभइरहेका बेला छोरीको शिक्षा दिक्षा लगायतमा आफूले कसरी ध्यान दिने भन्ने चिन्ताले सताइरहेको उनले दुःखेसो पोखिन् ।
आगलागीबाट घर पूर्ण रुपमा जलेपछि स्थानीयले जस्तापाताले बेरबार पारेर बनाइदिएको अस्थायी टहरामा दुई छोरी सहित उनी बसिरहेकी छिन् । खाद्यान्न, भाँडाकुडा तथा लत्ताकपडा आवश्यक परेको उनले सुनाइन् । आगलागीका कारण उनी समस्यामा परेको जानकारी पाएर सहयोग गर्न पुगेकी भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना पनि उनको अवस्था देखेर चिन्तित बनिन् । ‘श्रीमान् गुमाएर छोरीहरुलाई साहारा दिनुपर्ने आमा आफैं आपतमा परेको देख्दा कसको पो मन नरोला र ?’ उनले भनिन्,‘ हामीले पनि तत्काल गर्न सकिने सहयोग गर्यौ । ’ उपाध्यक्ष रानाले तत्कालका लागि राहत होस् भनेर दाल, चामल, नुन, तेल लगायत खाद्यान्न तथा केही लत्ताकपडा सहयोग गरिएको बताइन् । वडा नम्बर ८ का अध्यक्ष जगतमान घिसीङ, वडा नम्बर ५ का अध्यक्ष जारसिं लामा, वडा नम्बर ६ का अध्यक्ष सिताराम थापा,समाजसेवी सानु थापा, गाउँपालिकाका कर्मचारी बद्री सापकोटा, जयराम चौलागाईं सहित पुगेकी उपाध्यक्ष रानाले पञ्चमायाको दुःखमा आफू साथै रहने बताइन् । रानाले गाउँपालिकाले पनि सकेसम्म आवश्यक सहयोग गर्ने प्रतिबद्दता जनाइन् । ‘हामी सकेको सहयोग गर्छौ,अरु सरोकारवालाले पनि  सकेको सहयोग गर्न हामी आग्रह गर्दछौं ।’ उनले सहयोग गर्न चाहानेलाई वडासंग समन्वय गर्न सकिने व्यवस्था मिलाइएको पनि बताइन् । ‘घर गुमाएर पीडामा रहेकी एकल महिलालाई आवश्यक सहयोग गर्न सकिए उनको पीडा कम हुने थियो । ’ रानाले भनिन्,‘गाउँपालिकाको तहबाट गर्न सकिने सहयोगको अलावा मनकारी दाताको खोजीमा पनि आफूहरु रहेको उनले बताइन् ।  

आगलागीको पीडामा रहेकी पञ्चमायालाई सहयोग गर्न चाहानेले भीमफेदी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष जगतमान घिसिङलाई मोबाइल नम्बर ९८५११७१०३५मा सम्पर्क गर्न सक्नुहुनेछ ।

 

aago-parbati-didi-1514965735.jpg

राहत हस्तान्तरण गर्दै भीमफेदी गाउपालिका उपाध्यक्ष पार्वती राना लगायत ।

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
यसरी सम्हालिन् प्रदेश प्रमुख कोइरालाले जिम्मेवारी
anuradha-1516454139.jpg

मकवानपुर । तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले पदभार ग्रहण गरेकी छिन् । प्रदेश प्रमुखका रुपमा उनले...

यी हुन् प्रदेश नम्बर १ बाट एमालेले सिफारिस गरेका उम्मेदवार
uml.png-1516452329.jpg

काठमाडौं । नेकपा एमालेले १ नम्बर प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि आफ्नो भागमा परेको ४ सिटका लागि ४० जना...

नौटङ्की प्रदर्शन विरुद्ध लाग्छु : नवराज सिलवाल
nabaraj-silwal-1516338963.jpg

 काठमाडौं । नेकपा एमाले ललितपुरका सांसद तथा पूर्व डिआइजी नवराज शिलवालले पछिल्लो समय नेपाल सरकार तथा प्रहरी...

सरकारले तोकेको प्रदेश प्रमुखर राजधानीमा सहमत हुन सकिन्न : ओली
oli-press-meet-1516264453.jpg

काठमाडौं । थाइल्याण्डमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख र...

सरकारलाई माग्नेबुढाको प्रश्नः अब म काठमाडौँ बसौँ कि हटौँडा जाउँ?
kedar-ghimire-1516263647.jpg

हस्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्नेबुढा’ले आफू काठमाडौँ बस्ने कि हेटौँडा जाने भन्ने बारेमा दोधारमा परेको...

बकैया साँस्कृतिक महोत्सवको तयारी
बकैया-महो-1516256481.jpg

मकवानपुर । पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा प्रथम  बकैया साँस्कृतिक महोत्सव २०७४ हुने भएको छ । आज...

नेपालमै अत्याधुनिक प्रविधीबाट चित्लाङमा च्याउ खेती
26553534_532896793734374_-1516109388.jpg

मकवानपुर । मकवानपुरको चित्लाङ्मा नेपालमै अत्याधुनिक प्रविधिको प्रयोगबाट सुरु गरिएको गोब्रे च्याउ खेती...

द्रुतमार्गको डीपीआर सेना आफैंले बनाउने
Nepali-sena-1516094728.jpg

काठमाडौं । नेपाली सेना आफैंले काठमाडौं–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने आज...

यस्ता छन् हस्तमैथुनका फाइदा
हस्त-1516093392.jpg

मानिसलाई यौनका विषयमा धेरै चासो रहने गर्दछ । आफ्नो यौन चाहाना पूरा गर्नका लागि मानिसले अनेक उपाय सोच्ने गरेको छ ।...

कविता : मुर्ति मान्छे
rr-chaulagain-1516092685.jpg

आर.आर. चौलागाईं मान्छे कहिलेकाहीँ त मूर्ति पनि हुँदो रहेछ । घरमा आगो लाग्छ, हेरिबस्दो रहेछ कागले मुखमा...