Wednesday, 20th June, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

साहित्य–कला

इन्द्रसरोवरमा काव्य महोत्सवको तयारी, देशभरका साहित्यकारको जमघट हुने

Indrasarowar-1519604748.jpg

मकवानपुर । मकवानपुरको इन्द्रसरोवरमा काव्य उत्सवको तयारी गरिएको छ ।  यहि फागुन १८ गतेबाट दुई दिनसम्म चल्नेसाहित्यमार्फत इन्द्र सरोबरको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले ‘इन्द्रसरोवर काव्य उत्सव २०७४’ गर्न लागिएको जनाइएको छ ।  दशेकै एक मात्र मानव निर्मित ताल इन्द्रसरोवर (कुलेखानी) मा इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा १८ र १९ फागुनमा काव्य उत्सव हुन लागेको हो । पर्यटनका लागि साहित्य भन्ने नारा सहित कार्यक्रम हुन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन पुनले जानकारी दिए । 
काठमाण्डौसंग जोडिएको क्षेत्र भएपनि सोचेजस्तो पर्यटन प्रवद्र्धन नभएकोले उत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । ‘ओझेलमा परेको ठाउँलाई साहित्यको माध्यमबाट प्रचारमा ल्याउन काव्य उत्सव आयोजना गरेका हौं’ प्रमुख प्रशासकीय अधिकत पुनले भने । 
कार्यक्रममा देशका विभिन्न स्थानबाट कविहरुको सहभागिता रहने पुनले जानकारी दिए । काव्य उत्सवको अवसरमा माविस्तरीय कविता प्रतियोगिता, डुङ्गामा दीप प्रज्वललन तथा डुङ्गामै संगितसंगै कविता वाचन, मकवानपुरको पर्यटन र साहित्यमा अवसर, चुनौति र संभावना विषयक कार्यपत्र प्रस्तुत रहने पुनले जानकारी दिए ।
काव्य उत्सवको अवसरमा ताल किनारामा कविता वाचनको कार्यक्रम समेत तय भएको छ । सो अवसरमा प्रशिद्ध साहित्यकारहरु अनिता न्यौपाने, अप्सरा तिम्सिना, असीम सागर, ईश्वर कँडेल, उषा शेरचन, छवि अनित्य, जोतारे धाइबा, ज्योति जङगल, नवराज पराजुली, नवीन प्यासी, निमेष निखिल, प्रकाश रम्घाली, प्रतिमा पाठक, प्रोल्लास सिन्धुलीय, फूलमान बल, बिना थिङ तामाङ, बाबु त्रिपाठी, बिर्खे अन्जान, भूपिन, मनु मन्जिल, रन्जना निरौला, रमेश क्षितिज, राजेन्द्र पराजुली, राम अविकास, रावत, विप्लव ढकाल, संगीत श्रोता, सुदेश सत्याल, सुवास खनाल, सौरभ कार्की, हेम प्रभास र हेमन यात्रीलगायतको सहभागीता रहने पुनले जानकारी दिए । 
 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...

कारागार व्यवस्थापनमा ३ नं. प्रदेश सरकारको ध्यानाकर्षण
34507513_1774679585956029-1528300797.jpg

कैदी तथा बन्दीहरुको अधिकार प्रवद्र्धन परियोजना अन्तर्गत ३ नं. प्रदेशका माननीय ज्यूहरुसंग कैदी तथा बन्दीहरुको...

जमराको जुस पिउँदा के छन् फाइदा ? 
jamara-with-its-juice-1528214959.jpg

जमरा भन्ने बित्तिक्कै हामी दशैं अनि पहेँलो जमरा सम्झिईहाल्छौं । नेपाली हिन्दुहरुको दशैंमा जसरी जमराको प्रयोग...

पत्रकार मणिराज गौतमलाई ‘नेशनल पावर म्यूजिक अवार्ड’ 
maniraj-puraskrit-1528214279.jpg

मकवानपुर । मकवानपुरका रंग पत्रकार मणिराज गौतम पुरस्कृत भएका छन् । पत्रकार गौतमले आज मंगलबार काठमाडौंमा आयोजित...