Thursday, 24th January, 2019
siddhi-binayak-madhyastha-1502267497.gif

सम्पादकीय

ई -रिक्सा र अटोको व्यवस्थापन जरुरी !

अहिले मकवानपुर हेटौंडाको सडकमा अनगिन्ति रुपमा अटो तथा विधुतीय रिक्सा गुडिरहेको देखिन्छ । हेटौंडाको चोक–चोक, गल्ली–गल्लीमा गुडिरहेका यि सवारी साधनका विषयमा बेला बेला चर्चा हुने गर्दछ। कहिले यात्रु ठगिएको, कहिले विना लाइसेन्स सवारी हाँकेको त कहिले ट्राफीक व्यवस्थापन बिगारेको आरोप यि सवारी साधनलाई लाग्दै आएको छ । सानो सवारी साधन भएकाले बजार आसपासमा आवात-जावत गर्नका लागि सर्वसाधारणले अटो तथा ई-रिक्सा रुचाएको पाइन्छ । सर्वसाधारणलाई मन परेकैले हेटौंडामा अहिले यो यसरी भित्रिएको छ कि ट्राफीक व्यवस्थापनमा सबैभन्दा चुनौती नै अहिले यि सवारी साधन छन् । यसको सबैभन्दा बढी विरोध सर्वसाधारण यात्रुलाई ठगी गरेकोमा भइरहेको छ । दश मिनेट पैदलको बाटोमा पनि तीस रुपिया भाडा असुल्न पाउँनुपर्ने यि सवारी साधनको माग छ । हेटौंडा आसपास पन्ध्र–बीस मिनेटको दूरीमा सय, १ सय ५०, दुई सय कति सकिन्छ, सकेजति असुल्ने ध्याउन्नमा अटो तथा इ-रिक्सा छन् । सुरुमै बार्गेनिङ् गरेर चढ्नुपर्ने, झर्को फर्को गर्ने, बेलुकाको समय भएमा चौबर भाडा माग्ने जस्ता कार्य अटो तथा इ-रिक्साबाट अहिले भइरहेको पाइन्छ । सवारी साधन नचढी नहुने बाध्यताका सर्वसाधारणसंग मनपरी ढङ्गबाट भाडा असुल्दा कारवाहीको दायरामा ल्याउने निकाय पूरै वेखबर बनिरहेको आभाष हुन्छ ।
हेटौंडाको सडक साँघुरो छ । साँघुरो सडकमा आवश्यक भन्दा बढी सवारी हुँइकिँदा सडक जाम मात्र होइन, दुर्घटनाको  जोखिम पनि उत्तिक्कै छ । कति पटक यि नै अटो तथा इ-रिक्साका कारण सवारी दुर्घटना भएका छन् । मानिसको ज्यानै जाने खालको दुःखद घटना यस्ता सवारीका कारण भइरहेका छन् भने यसलाई व्यवस्थित नियन्त्रण गर्नु हेटौंडा उपमहानगरपालिका कार्यालयको काम हो । सडक एउटै छ मोटरसाइकल, गाडी, यि सवारी सबै गुड्दा उपमहानगरको खिल्ली उडेको अनुभूत हुन्छ । अझ सडक विस्तारको काम भइरहेको ठाउँमा यि सवारी साधनका कारण अन्य सवारी साधन सञ्चालनमा निक्कै समस्या झेल्नु परेको पीडितहरुको गुनासो आइरहेको छ । सुरु सुरुमा आकर्षक भरपर्दो सवारीका रुपमा सौखिनहरुले जति पनि पैसा तिरेर चढिदिएकाले अहिले सामान्य अवस्थाका नागरिकसंग थर्काइ –थर्काइ पैसा असुल्ने गरेको गुनासो आउनु पक्कै पनि दुःख लाग्दो कुरा हो । सेवा सुविधा पाएपछि उपभोग गर्न खाज्नेसंग मनपरी व्यवहार गर्नु कदापी सह्य हुदैंन । विकास चाहाने, सफा सुन्दर हेटौंडा चाहानेहरुले यस्ता सवारीलाई व्यवस्थित ढङ्गले चलाउने बारेमा अब सोच्न ढिला गर्नुहुन्न ।
काम गरी खान सबैले पाउँनुपर्छ, आफूलाई मन लागेको काम, व्यवसाय गरी बाँच्न पाउनु नागरिकको अधिकार हो । अटो तथा इ-रिक्सा चलाउनेहरु पनि ठूलो आर्थिक हैसियत भएका होइनन् । आर्थिक स्रोत कमजोर भएकैले स्वरोजगार बन्ने बाटोमा उनीहरु लागेका हुन् । कतिले त ऋणमा यि सवारी साधन किनेका हुनसक्छन् । यसैको कमाईले परिवार पाल्ने, ऋण तिर्ने यिनीहरुको बाध्यता हुनसक्छ तर पनि सबैले बुझ्नुपर्ने कुरा के हो भने आफ्नो कर्मका कारण अरुलाई असजिलो, अन्याय हुनु हुदैंन । आफैंले लगानी गरेर आत्मनिर्भर बन्छु भन्नेलाई यतिबेला गाली होइन, प्रोत्साहन हुनुपर्ने,स्वरोजगार बन्ने प्रेरणादायी काम गरेकाले सम्मान गरिनुपर्ने तर त्यसो किन हुन सकेन भने यि सवारीले मनलाग्दी गर्न थाले । गरी खान पाउँनुपर्छ भनेर नियन्त्रण र व्यवस्थापनमा त्यति ध्यान नदिँदा अहिले सडकजाम, दुर्घटनाको अवस्था देखि यात्रु ठगी गर्ने काममा समेत यि लागे । यिनलाई नियन्त्रणका लागि जरोकिलो नै उखेल्ने होइन कि उचित व्यवस्थापन गर्नका लागि सम्बन्धित पक्षको ध्यान जानुपर्छ अन्यथा भोली सुन्दर सफा भनिएको हेटौंडाको पहिचान नै गुम्नसक्छ ।

 

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg