Wednesday, 24th January, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

राजनीति

एक जना प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष बनाएर एकता हुने : भीम रावल

bhim-rawal-1513603563.jpg

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले केपी ओली र पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जनालाई प्रधानमन्त्री र अर्कोलाई पार्टी अध्यक्ष बनाएर एकता हुने स्पष्ट पारेका छन्।

‘दुवै पार्टीका नेताहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ,’ रावलले सोमबार रिपोर्टस क्लबमा भने। एकता र सरकार गठनबारे आन्तरिक छलफल भइरहेकोले सहमतिमै सबै कुरा टुंगो लगाउने विश्वास उनले दिलाए।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैलाई आपसी मेलका आधारमा अध्यक्ष र प्रधानमन्त्रीको भूमिका उचित किसिमबाट दिइने पनि बताए।

‘हामीले दुई वटा पार्टीलाई एउटै बनाउने भनेर एकता प्रक्रिया सुरु गरिसकेका छौं, अबको प्रधानमन्त्री केपी शर्मा ओली बन्ने संभावना बढी छ,’ रावलले भने, ‘हामी बैठकहरु बसिरहेका छौं, संयोजन समिति निर्माण गर्ने प्रक्रियामा छौं, एकता गर्दा हामी केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका पार्टी कमिटिलाई समायोजन गरेर जान्छौं।’

उपाध्यक्ष रावलले प्रतिनिधि सभाले पूर्णता पाएपछि नयाँ सरकार गठन गर्न कसैले रोक्न नसक्ने पनि दाबी गरे। ‘प्रतिनिधि सभाले पूर्णता पाएपछि नयाँ सरकार गठन गर्न वा प्रधानमन्त्री चयन हुन कसैले रोक्न सक्दैन,’ उनले भने, ‘हामी आत्तिएका पनि छैनौं, हतार गरेका पनि छैनौं, कुरो के मात्रै हो भने जब सरकारमा रहेका प्रधानमन्त्रीजीले राष्ट्रपतिलाई दबाब दिन मिल्दैन, उहाँले दबाब दिनुभएको कारणले तपाईंले गरेका कामहरु यसरी गलत छ है भनेर हामीले बोलेका हौं। नयाँ सरकार गठन गर्ने र मार्गप्रशस्त गर्ने कुरामा लोकतान्त्रिक अभ्यास अनुसार नै जानुपर्छ भनेको हो।’

राष्ट्रिय सभासम्बन्धी अध्यादेशबारे राष्ट्रपतिले हतार नगरी स्पष्टता गर्न खोज्नु स्वभाविक भएको भन्दै रावलले देउवाले राष्ट्रपतिलाई विवादित तुल्याएर पराजयको पीडा अर्काको टाउकोमा हाल्न खोजेको आरोप पनि लगाए। ‘प्रधानमन्त्रीले भन्यो भन्दैमा हुन्छ र? प्रधानमन्त्री देउवाजीले राष्ट्रपतिलाई यसरी विवादमा तानेर आफ्नो पराजयको पीडा जति अर्काको टाउकोमा हाल्नु उचित कुरा होइन,’ रावलले भने।

प्रधानमन्त्री शेरबहादुर देउवाका कामकुरा ताजा जनादेशसम्मत नभएको आरोप लगाउँदै रावलले राष्ट्रिय सभासम्बन्धी कानुन स्थानीय चुनावअगावै बनाउन खोज्दा नेपाली कांग्रेसले आफू हार्ने थाहा पाएरै नमानेको पनि बताए।

‘हामीले स्थानीय तहको निर्वाचन हुनुभन्दा अगाडि नै स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन परिणाम आइसकेपछि त्यसले भनेर कसले कति मत ल्याउँछ भन्ने स्पष्ट नभएकै अवस्थामा यो कानुन बनाइहालौं भनेर बारम्बार आग्रह गरेका थियौं,’ रावलले भने, ‘तर नेपाली कांग्रेस तयार भएन। मलाई आजकाल के लाग्छ भने नेपाली कांग्रेसका नेताहरुमा पहिल्यै नै यस पटकको निर्वाचनमा हारिन्छ कि के हो भन्ने थियो जस्तो लाग्छ, नभए उहाँहरुले त्यतिबेला कानुन ल्याउन किन मान्नुभएन?’

 
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
यसरी सम्हालिन् प्रदेश प्रमुख कोइरालाले जिम्मेवारी
anuradha-1516454139.jpg

मकवानपुर । तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले पदभार ग्रहण गरेकी छिन् । प्रदेश प्रमुखका रुपमा उनले...

यी हुन् प्रदेश नम्बर १ बाट एमालेले सिफारिस गरेका उम्मेदवार
uml.png-1516452329.jpg

काठमाडौं । नेकपा एमालेले १ नम्बर प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि आफ्नो भागमा परेको ४ सिटका लागि ४० जना...

नौटङ्की प्रदर्शन विरुद्ध लाग्छु : नवराज सिलवाल
nabaraj-silwal-1516338963.jpg

 काठमाडौं । नेकपा एमाले ललितपुरका सांसद तथा पूर्व डिआइजी नवराज शिलवालले पछिल्लो समय नेपाल सरकार तथा प्रहरी...

सरकारले तोकेको प्रदेश प्रमुखर राजधानीमा सहमत हुन सकिन्न : ओली
oli-press-meet-1516264453.jpg

काठमाडौं । थाइल्याण्डमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख र...

सरकारलाई माग्नेबुढाको प्रश्नः अब म काठमाडौँ बसौँ कि हटौँडा जाउँ?
kedar-ghimire-1516263647.jpg

हस्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्नेबुढा’ले आफू काठमाडौँ बस्ने कि हेटौँडा जाने भन्ने बारेमा दोधारमा परेको...

बकैया साँस्कृतिक महोत्सवको तयारी
बकैया-महो-1516256481.jpg

मकवानपुर । पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा प्रथम  बकैया साँस्कृतिक महोत्सव २०७४ हुने भएको छ । आज...

नेपालमै अत्याधुनिक प्रविधीबाट चित्लाङमा च्याउ खेती
26553534_532896793734374_-1516109388.jpg

मकवानपुर । मकवानपुरको चित्लाङ्मा नेपालमै अत्याधुनिक प्रविधिको प्रयोगबाट सुरु गरिएको गोब्रे च्याउ खेती...

द्रुतमार्गको डीपीआर सेना आफैंले बनाउने
Nepali-sena-1516094728.jpg

काठमाडौं । नेपाली सेना आफैंले काठमाडौं–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने आज...

यस्ता छन् हस्तमैथुनका फाइदा
हस्त-1516093392.jpg

मानिसलाई यौनका विषयमा धेरै चासो रहने गर्दछ । आफ्नो यौन चाहाना पूरा गर्नका लागि मानिसले अनेक उपाय सोच्ने गरेको छ ।...

कविता : मुर्ति मान्छे
rr-chaulagain-1516092685.jpg

आर.आर. चौलागाईं मान्छे कहिलेकाहीँ त मूर्ति पनि हुँदो रहेछ । घरमा आगो लाग्छ, हेरिबस्दो रहेछ कागले मुखमा...