Friday, 23rd February, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

मध्यवार्ता

औषधि व्यवसायीलाई कुनै समस्या परेमा मलाई भन्नुस् : सुधीर दाहाल

sudhir-dahal-1497610992.jpg

सुधीर दाहाल : अध्यक्ष , नेपाल औषधि व्यवसायी संघ मकवानपुर

नेपाल औषधि व्यवसायी संघ मकवानपुरको अध्यक्षमा सुधीर दाहाल निर्वाचित भएका छन् । औषधीले मानव जीवनसंग महत्वपूर्ण अर्थ राख्दछ । औषधि व्यवसायको मकवानपुरमा अवस्था कस्तो छ ? व्यवसायिक हकहितका लागि औषधि व्यवसायी संघको योजना चाँही कस्तो छ ? मध्यस्थता सहकर्मी रामहरी गौतमले संघ अध्यक्ष दाहालसंग कुराकानी गरेका छन् ।      
 

१.औषधी व्यवसायी संघ मकवानपुरको नेतृत्व पाउँदा कस्तो महसुस गर्नुभएको छ ?
मकवानपुरका औषधि व्यवसायीहरुले म संग व्यवसायिक भरोसा खोजेको मैले पाएको छ ।  सम्पूर्ण व्यवसायीहरुले केही गर्ने, विश्वासिलो, ईमान्दार र संघको हितमा लाग्ने व्यक्ति ठानेर  नै मलाई अध्यक्ष छान्नु भएको हो भन्ने मैले बुझेको छु । जसले मलाई जिम्मेवारी दिनुभयो म उहाँहरुप्रति आभारी छु । उहाँहरु सबैलाई धन्यवाद दिन चाहान्छु ।  
 

२. तपाईको कार्यकालमा योजना चाहीं के बनाउनु भएको छ नि ?
कार्यालय स्थापना,सम्पूर्ण व्यवसायीको तथ्याङ्क संकलन, सम्पूर्ण व्यवसायीहरुलाई एक–आपसमा जोड्ने सञ्चारको स्थापना गर्ने, औषधी व्यवसायी संघ केन्द्र र अञ्चल दुवैसँग निरन्तर सम्पर्कमा रहने काम गर्नेछु । यस्तै, व्यवसायीको कल्याणकारी कोषका लागि पनि पहल गर्ने मैले योजना बनाएको छु । व्यवसायीको सल्लाह तथा सुझावका आधारमा हामी योजना बनाएर अघि बढ्नेछौं ।

३.मकवानपुरमा औषधी व्यवसायीको अवस्था चाँही  कस्तो छ ?
औषधि व्यवसाय कठिनपूर्ण व्यवसाय हो । औषधि मानव शरीरसँग प्रत्यक्ष सम्बन्ध हुने भएकाले निकै संवेदनशील विषय पनि भयो । व्यवसाय गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । उत्तिक्कै चुनौतीपूर्ण अवस्थामा व्यवसायीले आफ्नो व्यवसाय गरिरहेका छन् ।
 

४. मकवानपुरमा खपत हुने औषधी देशभित्रैको छन् की बाहिरबाट पनि आउँछन, प्रष्ट पारिदिनुहोस् न ।
पहिला भन्दा अहिले विभिन्न प्रकारका औषधिहरु नेपालमै उत्पादन भइरहेका छन् । नेपाली कम्पनीले उत्पादन गरिरहेका लाइफ सेभिङ ड्रगहरु नेपाल बाहिर निर्यात गर्ने काम पनि भइरहेको छ । कतिपय नेपालका र कतिपय बाहिर उत्पादन भएका औषधि मकवानपुरमा खपत भइरहेको छ ।
 

५. यहाँहरुको समस्या, चुनौती चाहीँ के हुन् ?
नार्कोटिक ड्रगहरुलाई व्यवस्थापनमा समस्या रहेको छ । लागूऔषध सम्बन्धी समस्या र यसको निवारण ठूलै चुनौती रहेको छ ।

६.औषधी व्यवसाय र अन्य व्यवसायका बिचमा के भिन्नता छ भन्ने लाग्छ तपाईलाई ?
औषधी व्यवसाय र अन्य व्यवसायमा धेरै भिन्नता छ । मानव जीवनसँग प्रत्यक्ष रुपले खेल्नुपर्ने भएकोले यो व्यवसाय अरुभन्दा धेरै जोखिमपूर्ण व्यवसाय हो ।

७. यहाँहरुको स्थानीय तह, राज्यसंग चाहिँ केहि माग छन् कि ?
एकाध व्यवसायीले गरेको गलत कार्यलाई सम्पूर्ण व्यवसायीसँग जोडेर मर्यादित व्यवसायीलाई नकारात्मक नलिदिनुहुन सरोकारवालालाई आग्रह गर्दछु । व्यवसायिक रुपमा अघि बढ्नका लागि हामीहरुलाई साथ सहयोग गरिदिन म आग्रह गर्दछु ।

८. अन्त्यमा के भन्नु हुन्छ ?
औषधि भनेको मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकोले अन्य व्यवसायी भन्दा फरक र पृथक औषधि व्यवसाय रहेको छ । यस व्यवसाय गर्दा मर्यादित र चनाखो भएर इमान्दारिताका साथ लागिदिन म व्यवसायिक साथीहरुसंग आग्रह गर्दछु । कदम्कथाचित सही कार्य गर्दा पनि कुनै समस्या आइपरेमा समस्याको हक खोज्नका लागि म तयार छु ।

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधी तस्करसंग मिलेको आरोप  !
press-1-1519185320.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जन प्रतिनिधीलाई तस्करसंग मिलेको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर २, ७...

के छापियो आजको अखबारमा ? 

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

के छापियो आजको अखबारमा ?

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

प्रहरी इन्काउन्टरमा मनोज पुन र उनको सहयोगीको मृत्यु 

मकवानपुर । गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । पुन गएराती प्रहरी इन्काउन्टरमा रुपन्देहीको...

सम्पादक चौलागाईलाई जागरण तुखबर पत्रकारिता पुरस्कार 
shiva-sammanit-1519172860.jpg

मकवानपुर । मध्यस्थता साप्ताहिक तथा मध्यस्थता डटकमका सम्पादक शिव चौलागाईंलाई जागरण तु खबर पत्रकारिता पुरस्कार...

मकवानपुरगढीमा जनताकै विरुद्धमा जनप्रतिनिधि, प्रशासनदेखि गुट-उपगुटकोसम्मको मिलोमतो भएको आरोप
Shivam-Sunuwai-1519086487.jpg

चन्द्र घलान मकवानपुर । कुनै पनि जनप्रतिनिधिले जनताको ईच्छा र हितविपरितको कार्य गर्नु जनताको लागि घोर अन्याय...

सम्पति विवरण नबुझाउने १९ हजार बढी निजामति कर्मचारी 

मकवानपुर । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार मुलुकका १९ हजार १ सय ३४ जना कर्मचारीले तोकिएको समयमा सम्पति विवरण...

आज ६८ औं प्रजातन्त्र दिवस मनाइदैं 

मकवानपुर । आज ६८ औं प्रजातन्त्र दिवस प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा मकवानपुर लगायत देशभर विभिन्न...

प्रदेश ३ मा मन्त्री छान्न मुख्यमन्त्री पौडेल र प्रधानमन्त्रीबिच भेटवार्ता 
vet-1518778975.jpg

मकवानपुर । मन्त्रीपरिषद बिस्तारबारे मुख्यमन्त्री पौडेल र प्रधानमन्त्री ओलीको भेटवार्ता हेटौँडा,४ फागुन,...

ललितपुरका सांसद भन्छन्,‘ प्रदेश ३ को राजधानी हेटौंडा उपयुक्त’ 
lalitpur-programme-1518778239.jpg

मकवानपुर । वाम गठवन्धनको तर्फबाट ललितपुर जिल्लाबाट विजयी भएका सांसदहरुले प्रदेश नंबर ३ को राजधानी हेटौँडा...