सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
hetauda-city-college-1502267218.gif

राजनीति

काङ्ग्रेस मकवानपुरलाई धक्का, विष्णु दाहाल सहितका नेता एमाले प्रवेश !

bishnu-1511674784.jpg

विष्णु दाहाललाई एमालेमा स्वागत गरिदैं । तस्वीर : वाम सूचना केन्द्र, मकवानपुर

मकवानपुर । चुनावको मुखमा नेपाली काङ्ग्रेस मकवानपुरलाई नराम्रो धक्का लागेको छ । पार्टी मकवानपुरका प्रभावशाली नेताहरु एमाले प्रवेश गरेपछि काङ्ग्रेसलाई धक्का लागेको हो । लामो समय काङ्ग्रेसमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता पार्टीप्रति असन्तुष्ट हुँदै एमाले प्रवेश गरेका हुन् । 
नेपाली कांग्रेस मकवानपुरका पूर्व जिल्ला सचिव विष्णु दाहाल लगायतका नेताहरु काङ्ग्रेस मुलुक तथा जनताप्रति बफादार हुन नसकेको बरु पछिल्लो समय देशलाई एमाले आवश्यक भएको भन्दै पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् । वीपी कोइरालाले देखाएको बाटो भुल्ने पार्टीमा लागेर देश र जनतालाई हित गर्न नसकिने निष्कर्ष निकाल्दै उनीहरुले पार्टी परित्याग गरेका हुन् । नेपाली काङ्ग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह जस्ता नेतालाई उपेक्षा गर्ने पार्टीमा आफ्नो भविष्य नरहेको दाहाल लगायतको निष्कर्ष छ । 
दाहालसंगै पार्टी प्रवेश गर्नेमा काङ्ग्रेस महासमिती सदस्य गिता सञ्जेल, नेपाल शिक्षक संघका विशिष्ठ सदस्य पिताम्बर बास्तोला, नेपाली काङ्ग्रेस मनहरी गाउँपालिका सदस्य उत्तम पराजुली, क्रियाशील सदस्य बालक सापकोटा, गंगा लामा छन् । यस्तै, अन्य पार्टी परित्याग गरी विभिन्न नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । राप्रपा पूर्व जिल्ला सदस्य रामहरी बञ्जारा,राप्रपाकै अभिनय घिमीरे, व्यवसायी श्रीकृष्ण कार्की, हिमाल पौडेल, कलाकार कृष्ण गोपाल सिंह लगायत पनि एमाले प्रवेश गरेका छन् । पछिल्लो समय देशको निकास र विकासका लागि एमाले नै आवश्यक भएकाले आफूहरु पार्टी प्रवेश गरेको उनीहरुको धारणा छ । 
काङ्ग्रेस तथा राप्रपाका अनुभवी नेता पार्टी परित्याग गरेकालाई स्वागत गर्दै एमाले मकवानपुरले मुलुकमा समृद्घिका लागि भूमिका निर्वाह गर्न शुभकामना व्यक्त गरेको छ । नव प्रवेशीलाई एमाले पार्टी कार्यालयमा फूलमालाले स्वागत गर्दै पार्टीमा उच्च मूल्याङ्कन हुने बताइएको छ । एमाले केन्द्रीय सदस्य विरोध खतिवडा, एमालेका प्रदेशसभा सदस्यहरु कृष्णप्रसाद दाहाल, रामेश्वर राना, अनन्त पौडेल,माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य कुमारी मोक्तान, एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देल,  उपाध्यक्ष बद्री लम्साल, सचिव एकालाल श्रेष्ठ, मोर्चा विभाग प्रमुख श्रीधर पोखरेल लगायतका नेताले नव प्रवेशीलाई स्वागत गरेका हुन् । 
एमाले तथा माओवादी केन्द्रको चुनावी तालमेलसंगै पार्टी एकताको विषयले चर्चा पाइरहेका बेला मकवानपुरमा पनि विभिन्न पार्टी परित्याग गर्दै एमाले अथवा वाम गठनबन्धनमा प्रवेश गर्न थालेका हुन् । 

siddhi-binayak-madhyastha-1502267497.gif
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
फापरबारीमा परियोजनाको समीक्षा 
cpc-phaparbari-1513525211.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकास्थित फापरबारीमा आज युनिसेफ नेपालको सहयोगमा बालकल्याण समाज...

फरक भूमिकामा अनमोल
kri-poster-1-1513392732.jpg

मकवानपुर । युवापुस्ताका चर्चित अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको नेपाली कथानक चलचित्र ‘कृ’ को ट्रेलर...

मकवानपुरले पायो यी सांसद

मकवानपुर । मकवानपुरमा प्रदेशसभा क्षेत्र नम्बर २ का ख बाहेक अरुमा वामगठबन्धले जितेको छ । विगतमा लालकिल्ला रहेको...

कृष्ण दाहालको ह्याट्रिक, किन हारे कमल थापा ?
krishna-dahal-1512874544.jpg

मकवानपुर । राप्रपा अध्यक्ष वर्तमान सरकारका उप प्रधान तथा उर्जामन्त्री कमल थापा मकवानपुरको क्षेत्र नम्बर १...

भुलभुलेको सहयोग मामाघरलाई
24796792_811625092377726_-1512794416.jpg

मकवानपुर । विगत लामो समय देखी सडक बालबालिकाको क्षेत्रमा कृयाशिल मामाघर नेपाल मकवानपुरमा भुलेभुले टोल विकास...

गगन थापाले भने, ‘काङ्ग्रेसलाई ठूलो दुर्घटना’
gagan-thapa-1512789845.jpg

मकवानपुर । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा विजयी भएका काङ्ग्रेस उम्मेदवार गगनकुमार थापाले अब...

रविन्द्र मिश्रको यो महानता !
Rabindra-Mishra-1512785611.jpg

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ मा विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले मतदाताहरुलाई...

यस्तो छ मकवानपुरको ताजा मत परिणाम
election-1-1512783868.jpg

मकवानपुरमा हिजो दिउशोबाट सुरु भएको मतगणनाको मत परिणाम आइरहेको छ । आज शनिबार विहानको ताजा परिणाम यस्तो छ : कृष्ण...

यस्तो छ अहिलेसम्मको परिणाम, कसको कहाँ जित ?
chunav-1512782388.png

दोस्रो चरणको चुनाव सकिएपछि मुलुकमा धमाधम मतपरिणाम सार्वजनिक भइरहेका छन् । अहिले विहान देशका विभिन्न ठाउँबाट...

चितवनमा प्रचण्ड पछि परे, विक्रम अघि लागे
Prachand-and-Bikram-Pande-1512734486.jpg

चितवन ।  अनलाइनखबर डटकमका अनुसार चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा माओवादी केन्द्रका अध्यक्ष तथा...