Monday, 17th December, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाज

किशोरीको भविष्य उज्ज्वल बनाउन सहजकर्तालाई तालिम 

prakas-1518572686.jpg

मकवानपुर । मकवानपुर र रौतहटमा किशोरीको भविष्य निर्माणमा सघाउ पु¥याउने सहजकर्तालाई हेटौंडामा तालिम दिइएको छ । रौतहटका १० जना र मकवानपुरका ७ जनालाई सहजकर्ता सहजीकरण पुनर्ताजगी तालिम प्रदान गरिएको हो । तालिम लिएका सहजकर्ताले आफ्नो कार्य क्षेत्रमा फर्किएपछि किशोरीको उज्ज्वल भविष्य बनाउने विषयमा सहजीकरण गर्नेछन् ।  
तालिममा मकवानपुरको हेटौंडा उपमहानगर पालिका १३ पदमपोखरी, हेटौंडा १५, चुरियामाई, कैलाश गाउँपालिका वडा नम्बर ९, नामटार, मनहरी ४, मसिने, मनहरी गाउँपालिका ३, सुनाचुरी, थाहा नगरपालिका ३, दामन, थाहा नगरपालिका २, पालुङका सहजकर्ता सहभागी बनेका छन् । रौतहटको चन्द्रपुर नगरपालिकाको १, २, ६, ७, ९ र १० नम्बर वडाका सहजकर्ता सहभागी बनेका छन् । तालिमबाट फर्किएपछि सहजकर्ताहरुले यी वडाका किशोरीको भविष्य निर्माण गर्न सघाउ पु¥याउने उद्घेश्यले तयार पारिएको अनौपचारिक कक्षा सञ्चालन गर्नेछन् । 
बाल कल्याण समाज मकवानपुर र सोडेक नेपाल रौतहटले प्लान इन्टरनेशनलको सहयोगमा उज्ज्वल जीवनको छनौट कार्यक्रम अन्तर्गत सहजकर्ता पुनर्ताजगी तालिम सञ्चालन गरेको हो । तालिमले किशोरीको जीवनमा आइपर्ने विभिन्न समस्या पहिचान गरी समाधान गर्न सघाउने सहभागी मनहरी गाउँपालिका ९, सुनाचुरीकी इन्दिरा कार्कीले बताइन् । ‘एउटी किशोरीको जीवनमा आइपर्ने समस्या पहिचान गर्न देखि त्यसलाई समाधान गर्ने उपाय, भविष्यको लक्ष्य निर्धारण, जीवनमा कुनै पनि असजिलोमा आवश्यक जीवनोपयोगी शीप सिकाउन सक्षम भइएको छ ।’ उनले भनिन्, ‘किशोरीलाई समयमै आवश्यक मार्ग पहिल्याउनका लागि उज्ज्वल जीवनको छनौट कार्यक्रम प्रभावकारी बन्ने मैले अनुभूत गरेको छु । ’ 
उज्ज्वल जीवनको छनौट कार्यक्रम सञ्चालन गरिरहेका तालिमका सहजकर्ता समेत रहेका बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले पनि विगत लामो समयको अनुभवका आधारमा किशोरीको भविष्यका लागि यस्ता कार्यक्रम कार्यक्रम आवश्यक रहेको बताए । ‘हामी विगत लामो समयदेखि गाउँगाउँमा सहजकर्ता तयार पारेर स्थानीय किशोरीको भविष्य निर्माण गर्ने कार्यमा लागिपरेका छौं । ’ उनले भने, ‘आफ्नै गाउँठाउँका साथीजस्ता सहजकर्ताले जीवनको उचित मार्गमा लाग्न सहजीकरण गर्ने यो कार्यक्रम प्रभावकारी बनेको पाइएको छ ।’ उज्ज्वल जीवनको छनौट कार्यक्रमकै कारण मकवानपुरका विभिन्न गाउँगाउँमा रहेका किशोर किशोरीको जीवनमा आमूल परिवर्तन आएको सफलताका कथाहरु समेत आफूसंग रहेको उनले बताए । उज्ज्वल जीवनको छनौट कार्यक्रम रौतहटमा सञ्चालन गरिरहेको सोडेक नेपालका सदस्य रामपुकार यादव पनि किशोरकिशोरीलाई के सही र के गलत भन्ने छुट्याउन उज्ज्वल जीवनको छनौट नामक परियोजना प्रभावकारी बनेको पाइएको बताउँछन् । ‘किशोरावस्था चञ्चले र चकचके हुने हुँदा के सही अनि के गलत भनेर छुट्याउन सक्ने अवस्था   आउँदैन ।’ उनले भने, ‘त्यस्तो अवस्थामा सही मार्ग पहिल्याई अघि बढ्न सघाउ पु¥याउन आवश्यक सहजीकरण गर्ने काम उज्ज्व जीवनको छनौट कार्यक्रममार्फत हामीले गरिरहेका छौं ।’ 

 
 

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

राजदेवी माविमा देखाइयो वृतचित्र 
tol-bikas-news-pic-1543843006.jpg

मकवानपुर । महिला हिंसा विरुद्दको १६ दिने अभियान नोभेम्बर २५ तारिखबाट यही डिसेम्बर १० तारिखसम्म नेपालमा जारी छ ।...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg