Friday, 23rd February, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

जीवनकला

के ठुलो पेटले हर्टअट्याकको जोखिम हुन्छ ?

Too-Much-Belly-Fat-Increa-1503206660.jpg

एजेन्सी/ मुटुको रोग लागेको हो होइन भन्ने पत्ता लगाउन विभिन्न प्रकारका जटिल जाँच गराउनुपर्छ भनेर बिरामीलाई निक्कै चिन्तित बनाएको हुन्छ । आत्तिनु पर्दैन, यो रोगको सजिलोसंग निदान गर्ने तरिका पनि छन् । एउटा नाप्ने फित्ता महत्वपूर्ण साधन हुन सक्छ । अमेरिकी मुटु संघको बैठकमा प्रस्तुत भएको एक प्रतिवेदनमा ठुलो कम्मर  हुनु हृदयाघातको वा मुटुको रोगलाई छिटो निम्त्याउनु हो भनी जोड दिइएको छ ।

मुटु रोग विशेषज्ञहरु धेरै देशमा मृत्युको अग्रणी कारण बनेको मुटुको रोग लाग्ने सम्भावना बुझ्नका लागि कोलेस्टेरोलको स्तर, रक्तचाप, मोटोपन, अरु जाँचहरु नियमित रुपमा गराइरहन्छन् । मुटुको रोगबाट मृत्यु हुनाको प्रमुख कारण धूमपान र उच्च रक्तचाप हो भने त्यसपछि मोटोपन पनि हो । शरीरमा जम्मा भएको बोसो र हृदय रोग लाग्ने एउटा महत्वपूर्ण संकेत हो भनी तथ्यांकहरुले देखाएका छन् । बोसो बीचमा रहेको  स्याउको आकारको पेट पिँधमा फैलिएको आरुको आकारको पेटभन्दा खतरनाक हुनछ ।

फ्रान्समा सन् १९६७ देखि १९८४ सम्म हृदयाघात वा मुटुसंबन्धी रोगबाट मृत्यु हुने सात हजार प्रहरीमा यो रोगको अध्ययन गरिएको थियो । उक्त अध्ययनमा कम्मरको गोलाई र शरीरको उचाइको अनुपातमा तौल कति रहेछ भन्ने पनि अभिलेख गरिएको थियो । शरीरको उचाईको अनुपातमा तौलको सूची ९बिएमआई० कुनै व्यक्ति धेरै मोटो वा असाध्यै मोटो छ कि छैन भनी जान्न प्रयोग रिने सूची हो । यसअध्ययनले पेटको घनत्व बढी भएकालाई मुटुसंबन्धी रोग लागेको र चाँडो मृत्यु भएको तथ्य देखाएको थियो । यसबाट के प्रष्ट हुन्छ भने बढी तौल भएपनि कम्मरको गोलाई कम भएका मानिसलाई अकस्मात मृत्यु हुने डर कम हुन्छ । पुरुषका लागि ३७ इन्च गोलाई अन्तिम सीमा हो भने महिलाका ३३ इन्च हो । यसभन्दा बढी भए हृदयाघात हुने जोखिम बढ्छ ।

४५ वर्ष र सोभन्दा माथिका अमेरिकन वयस्क मानिसमा उनीहरुको कम्मर तथा गर्धनको गोलाई, तौलको मापन र पाखुरा तथा तिघ्राको छालाको बाक्लोपनबारे एक अनौठो खालको अध्ययन गरिएको थियो । यस अध्ययनले पनि जसको शरीरको बीचमा बोसो जमेको हुन्छ उसलाई विशेष प्रकारको मुटुको रोगबढी लाग्ने कुरा पक्का हो भने देखायो ।

यो रोगलाइ चिकित्साशस्त्रमा  ‘लेफ्ट भेन्ट्रिकुलर डायस्टोलिक डिस्फङसन’ भनिन्छ । यो मुटु ठीक तरिकाले र राम्रोसंग चलेको छरछैन भनी मापन गर्ने विधि हो ।

पाँच वर्षको अन्तरालमा मृत्यु भएका मान्छेका शवको शारीरिक बनोटको विश्लेषण गर्दा यस अध्ययनले कमजोर डायस्टोलिक फङसन र ठुलो कम्मर भएकालाई मृत्युको खतरा बढी हुन्छ भन्ने पत्ता लगाएको थियो र तौल, उचाई र शरीरको पिण्डको सूची लिनुको साटो अब कम्मर र गर्धनको गोलाईको नाप लिनु बेस हुन्छ भन्ने निचोड निकालेको थियो । केही वर्षपहिले तेस्रो अध्ययन पूरा भएको थियो । यसलाई ‘इन्टर हार्ट स्टडी’ नाम दिइएको थियो । यस अध्ययनलाई हृदयाघात हुने जोखिमका कारण के के हुन् भन्ने पत्ता लगाउन अहिलेसम्म भएको सबैभन्दा ठुलो अनुसन्धनात्मक योजनाका रुपमा लिइएको छ । यो अध्ययन नेपाललगायत ५२ मुलुकमा गरिएको थियो । नेपालमा यसलाई चाहिने तथ्यांक त्रिवि शिक्षण अस्पताल र नर्भिक अस्पतालबाट लिइएको थियो । यस क्रममा शरीरको समग्र तौल अथवा बिएमआई को जाँच गर्नुभन्दा कम्मर र नितम्बको अनुपात लिनु जरुरी छ भन्ने स्पष्ट भएको थियो ।

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधी तस्करसंग मिलेको आरोप  !
press-1-1519185320.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जन प्रतिनिधीलाई तस्करसंग मिलेको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर २, ७...

के छापियो आजको अखबारमा ? 

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

के छापियो आजको अखबारमा ?

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

प्रहरी इन्काउन्टरमा मनोज पुन र उनको सहयोगीको मृत्यु 

मकवानपुर । गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । पुन गएराती प्रहरी इन्काउन्टरमा रुपन्देहीको...

सम्पादक चौलागाईलाई जागरण तुखबर पत्रकारिता पुरस्कार 
shiva-sammanit-1519172860.jpg

मकवानपुर । मध्यस्थता साप्ताहिक तथा मध्यस्थता डटकमका सम्पादक शिव चौलागाईंलाई जागरण तु खबर पत्रकारिता पुरस्कार...

मकवानपुरगढीमा जनताकै विरुद्धमा जनप्रतिनिधि, प्रशासनदेखि गुट-उपगुटकोसम्मको मिलोमतो भएको आरोप
Shivam-Sunuwai-1519086487.jpg

चन्द्र घलान मकवानपुर । कुनै पनि जनप्रतिनिधिले जनताको ईच्छा र हितविपरितको कार्य गर्नु जनताको लागि घोर अन्याय...

सम्पति विवरण नबुझाउने १९ हजार बढी निजामति कर्मचारी 

मकवानपुर । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार मुलुकका १९ हजार १ सय ३४ जना कर्मचारीले तोकिएको समयमा सम्पति विवरण...

आज ६८ औं प्रजातन्त्र दिवस मनाइदैं 

मकवानपुर । आज ६८ औं प्रजातन्त्र दिवस प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा मकवानपुर लगायत देशभर विभिन्न...

प्रदेश ३ मा मन्त्री छान्न मुख्यमन्त्री पौडेल र प्रधानमन्त्रीबिच भेटवार्ता 
vet-1518778975.jpg

मकवानपुर । मन्त्रीपरिषद बिस्तारबारे मुख्यमन्त्री पौडेल र प्रधानमन्त्री ओलीको भेटवार्ता हेटौँडा,४ फागुन,...

ललितपुरका सांसद भन्छन्,‘ प्रदेश ३ को राजधानी हेटौंडा उपयुक्त’ 
lalitpur-programme-1518778239.jpg

मकवानपुर । वाम गठवन्धनको तर्फबाट ललितपुर जिल्लाबाट विजयी भएका सांसदहरुले प्रदेश नंबर ३ को राजधानी हेटौँडा...