Wednesday, 24th January, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

को हुन् ति बालक, जसलाई भेट्न माग्नेबुढा उनको घरमै पुगे !

aagaman-magne-buda-1515296208.jpg

माग्नेबुढा भेटेपछि आगमन ।


मकवानपुर । मकवानपुरको हेटौंडास्थित हेटौंडा रिगल रिर्सोटमा शुक्रबार बेलुका देशका चर्चित कलाकारको जमघटमा ‘म्युजिक  नाइट’ नामक मनोरञ्जनात्मक प्रस्तुती भयो । उद्योग बाणिज्य महासंघको चलचित्र तथा मनोरञ्जन फोरमले आयोजना गरेको कार्यक्रममा गायन, नृत्य, प्रहशन लगायतबाट दर्शकले मनोरञ्जन लिए । कार्यक्रममा सहभागी भएका हाँस्यकलाकार केदार घिमीरे माग्नेबुढाले पनि आफ्नो प्रस्तुती पस्किए । दर्शकका माझमा लोकप्रिय बनिरहेका कतिले उनीसंग फोटो खिचाए, कतिले हाइहेल्लो मात्र गरे, कतिले स्टेजभन्दा परै बसेर उनलाई हेरे । उनी र  सीतादेवी तिमल्सिनाको संयुक्त प्रहशन सकेर आफन्तको घरमा उनी हिडे । उनी हिडेपछि एकजना बालक रुदैं माग्ने बुढा खोई भन्दै स्टेजमा पुगे । वरपर सबैतिर हेरे, कतै पनि देखेनन् । बालक रुन्छन्, एकोहोरो सोध्छन–‘माग्नेबुढा खै ? ’ कार्यक्रममा रहेका अन्य कलाकारले ति बालकलाई हामीसंग बस न, आउ फोटो खिचौं भनेर सम्झाउने प्रयास गरे तर मञ्चमा रहेका कोही कलाकारसंग पनि उनी फकिएनन् । केबल आफूलाई जसरी पनि माग्ने बुढा भेटाइदिनु भन्दै राईरहे । बालकको एकोहोरो रुवाईले कार्यक्रममा रहेका कलाकार अनि अन्य अतिथीलाई छोयो । कलाकार अनि आयोजकले बालकको रुवाई साम्य पार्न माग्नेबुढाको व्यापक खोजी गरे । माग्नेबुढालाई त्यहीबाट फोन गरियो, उठेन । कार्यक्रममा मिडिया समन्वय गरेका पत्रकार मणिराज गौतमले फोन गरे, फोन उठ्यो । मणिले माग्नेलाई सुनाइदिए, ‘एकजना भाइ तपाइको खत्रा फ्यान हुनुहुदोरैछ ।तपाइसंग फोटो खिच्न पाइन भनेर रोइरहनुभएको छ,तपाइँ जतिसक्दो चाँडो हेटौडा रिसोर्ट आइदिनुपर्यो ।’ पत्रकारको कुरा नपत्याउनु कसरी तर पनि सुरुमा त माग्नेबुढालाई होइन होला जस्तो लागेछ । कार्यक्रम सकिएको धेरै बेर भैसक्यो कोही किन रोएर बसोस् भन्ने उनले ठानेछन् । तर पछि उनी कार्यक्रम भएको स्थल हेटौंडा रिसोर्टमा बासका लागि एउटा कोठमा आफ्नै हिसाबमा फर्किए । अघि रोएर आफ्नो खुब खोजी भएको भनिएको बालकको विषयमा  तत्कालै त्यति वास्ता पनि गरेनन् । बरु कार्यक्रममा सहभागी भएका कलाकार नरी साह, दिपाश्री निरौला, जितु नेपाल मुन्द्रे, नरेन्द्र महर्जन लगायतसंग बसेर गफ गर्न थाले । त्यो बेला बाहिरबाट पत्रकार मणिले ढोका ढक्ढकाए । माग्नेबुढा बाहिर निस्किए । अभिभावक सहित आएका अन्दाजी १२ वर्षिय बालक अझै रुदै गरेको उनले देखे । माग्नेले ती बालकलाई च्याप्त समाते । अब नरुनका लागि भने मान्दै मानेनन्, माग्नेबुढाको छातिमा टासिईरहे, रोइमात्रै रहे । माग्नेबुढा प्रति छोराका यस्तो क्रेज देखेर त्यहाँ पुगेका अभिभावकको आँखामा पनि आँसु भरियो ।
रोइरहको बालकको रुवाई माग्ने बुढाले साम्य पार्न सकेनन् । उनलाई भुलाउनका लागि केही प्रश्न सोध्ने सोच माग्नेले बनाए । ‘बाबु तिम्रो नाम के हो ?’ आगमन कोइराला’ माग्नेबुढाको प्रश्नको जवाफ रुदै ति बालकले दिए । माग्नेबुढाले फेरि सोधे, ‘कति कक्षामा पढ्नुहुन्छ ?’ बालकले भने, ‘छ कक्षामा ।’ ‘बुवा के काम गर्नुहुन्छ ?’ हुप्राचौरको गेटमा बाइक बेच्ने पसल छ ।’ बालकले आँसु पुछ्दै उत्तर दिदै गए । दृश्य यस्तो देखियो की लामो विदेश बसाइबाट आफ्नो बाबु फर्किएपछि छोरासंगको मिलनजस्तो । वरिपरि मानिसको भीड बन्यो । राती १० बजेको त्यो समय साँच्चै हेर्नलायक बन्यो । यि दुईबिच कुराकानी हुदै गर्दा पत्रकार मणिले केही फोटो अनि भिडियो पनि खिचे । आगमनलाई माग्नेले हाँसेर घर जान आग्रह गरे तर उनी हाँसेनन् । अभिभावकले उनलाई घर लिएर गए, माग्नेबुढा रिसोर्टमै बसे ।
विहानै माग्नेबुढाले पत्रकार मणिलाई फोन गरे, ‘मणि जी हिजोको भाई भेट्नुपर्यो, आगमन एक चोटी पनि नहाँसी घर गएको थियो अझै रोइरहेको पो छ की ?’ विहान उठ्नासाथ माग्नेलाई आगमनको याद आएछ । संगै काठमाडौं फर्कने कलाकारहरु सुतिरहेका थिए । एक चोटी आगमनको घरमै गएर हाँसेको अनुहार हेरेर मात्र काठमाडौं फर्किन्छु भन्ने उनले सोचे । अनि मणिमार्फत माग्नेबुढा आगमनको घर पुगे । माग्नेले आगमनलाई एउटा कलम उपहार पनि दिए । ‘धेरै पढ्नु है ।’ आगमनलाई शुभकामना दिए । आगमन पनि माग्नेबुढाको कुरा सुने मुस्कुराए । हिजो त्यस्तो राएको केटो आज मुस्कुराउँदा माग्नेबुढा पनि खुशी भए । हेटौंडा भैरवरोडस्थित आगमनको घरमा उनले कफी खाए । आगमनसंगै केहीबेर गफिए । आगमनको बुबा कृष्णराज कोइरालासंग पनि माग्नेबुढाले भलाकुसारी गरे । जीवनमा पहिलो पटक यस्तो फ्यान पाएको कुरा माग्नेले त्यहाँ सुनाए । माग्नेबुढा र आगमनले त्यहाँ धेरै फोटाहरु खिचे । आफ्नो छोरा कलाकार माग्नेबुढाप्रति यस्तो क्रेजी बनेकोमा बाबु कृष्णराज पनि अचम्ममा परे । ‘माग्नेबुढाको अभिनय खुब रुचाउने गर्दथ्यो तर यस्तो गर्ला भन्ने लागेको थिएन ।’ कृष्णराजले भने । पत्रकार मणिले म माग्नेबुढालाई लिएर तपाईको घर आउँदैछु भन्ने कुरामा नै कृष्णराजलाई कता कता विश्वास लागिरहेको थिएन । ‘देशको त्यति ठूलो चर्चित कलाकार मेरो छोरा भेट्न आउँने भन्ने कुरा कसरी पत्याउनु ?’ कृष्णराजले भने, ‘बाबु अझै रोइरहेको छ की भन्दै आफू घर खोज्दै आएको माग्नेले बताउँदा मलाई कलाकार माग्नेबुढा प्रति थप सम्मान जागेर आयो । ’
माग्नेले आगमनलाई भविष्यको रुचीबारे सोधे, उनले कलाकारिता आफूलाई मन पर्ने जवाफ दिए । माग्नेले आगमनलाई पहिले राम्ररी अध्ययन अनि अविष्यका लागि सजिलो हुने सल्लाह दिए । आगमनको बाबु कृष्णराजले माग्नेलाई आफ्नो मोटरसाइकल सोरुममा लगे । त्यहाँ पनि माग्नेबुढा केहीबेर गफिए बसे । आगमनको रुवाइले आफूलाई राती पनि राम्ररी निन्द्रा नलागेकाले विहान भएपछि उसको घरसम्म पुगौं भन्ने लागेर नै आफू आएको माग्नेले बताए । आफ्नो प्रस्तुतीका लागि हेटौंडा आएका माग्ने आफूलाई यति धेरै रुचाउने फ्यान पाएकोमा दङ्ग पर्दै फर्किए ।

 

magne-aagaman-ko-gharma-1515296500.jpg

आगमनको घरमा पुगेपछि आगमनको बाबु, आमासंग माग्नेबुढा । तस्वीर: माग्नेबुढाको फेशबुकबाट ।

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
यसरी सम्हालिन् प्रदेश प्रमुख कोइरालाले जिम्मेवारी
anuradha-1516454139.jpg

मकवानपुर । तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले पदभार ग्रहण गरेकी छिन् । प्रदेश प्रमुखका रुपमा उनले...

यी हुन् प्रदेश नम्बर १ बाट एमालेले सिफारिस गरेका उम्मेदवार
uml.png-1516452329.jpg

काठमाडौं । नेकपा एमालेले १ नम्बर प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि आफ्नो भागमा परेको ४ सिटका लागि ४० जना...

नौटङ्की प्रदर्शन विरुद्ध लाग्छु : नवराज सिलवाल
nabaraj-silwal-1516338963.jpg

 काठमाडौं । नेकपा एमाले ललितपुरका सांसद तथा पूर्व डिआइजी नवराज शिलवालले पछिल्लो समय नेपाल सरकार तथा प्रहरी...

सरकारले तोकेको प्रदेश प्रमुखर राजधानीमा सहमत हुन सकिन्न : ओली
oli-press-meet-1516264453.jpg

काठमाडौं । थाइल्याण्डमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख र...

सरकारलाई माग्नेबुढाको प्रश्नः अब म काठमाडौँ बसौँ कि हटौँडा जाउँ?
kedar-ghimire-1516263647.jpg

हस्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्नेबुढा’ले आफू काठमाडौँ बस्ने कि हेटौँडा जाने भन्ने बारेमा दोधारमा परेको...

बकैया साँस्कृतिक महोत्सवको तयारी
बकैया-महो-1516256481.jpg

मकवानपुर । पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा प्रथम  बकैया साँस्कृतिक महोत्सव २०७४ हुने भएको छ । आज...

नेपालमै अत्याधुनिक प्रविधीबाट चित्लाङमा च्याउ खेती
26553534_532896793734374_-1516109388.jpg

मकवानपुर । मकवानपुरको चित्लाङ्मा नेपालमै अत्याधुनिक प्रविधिको प्रयोगबाट सुरु गरिएको गोब्रे च्याउ खेती...

द्रुतमार्गको डीपीआर सेना आफैंले बनाउने
Nepali-sena-1516094728.jpg

काठमाडौं । नेपाली सेना आफैंले काठमाडौं–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने आज...

यस्ता छन् हस्तमैथुनका फाइदा
हस्त-1516093392.jpg

मानिसलाई यौनका विषयमा धेरै चासो रहने गर्दछ । आफ्नो यौन चाहाना पूरा गर्नका लागि मानिसले अनेक उपाय सोच्ने गरेको छ ।...

कविता : मुर्ति मान्छे
rr-chaulagain-1516092685.jpg

आर.आर. चौलागाईं मान्छे कहिलेकाहीँ त मूर्ति पनि हुँदो रहेछ । घरमा आगो लाग्छ, हेरिबस्दो रहेछ कागले मुखमा...