सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
hetauda-city-college-1502267218.gif

समाज

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने

khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती घटनास्थल पुगेका छन् । उनले घटनास्थलको अबलोकन गर्दै मृतकका परिवारलाई भेटेका छन् । उनले घटनास्थलमा पुगेर घटनाबारे जानकारी लिँदै अत्यन्तै दुखद् घटना भएको भन्दै शोकसन्तप्त परिवारजनलाई धैर्यधारण गर्न आग्रह गरे । मृतक सीताराम धितालकी पत्नी र छोरीलाई भेटी उनले गाउँपालिकातर्फबाट रोजगारी लगायतका बिषयमा सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । अत्यन्तै बिपन्न परिवारमा नाजुक अबस्थामा जीवन गुजारा गरिरहेका सीताराम सामान्य निर्माण मजदुर हुन् । उनीसँगै उनको १६ बर्षका छोरा सुदनको पनि हत्या भएपछि धिताल परिवारमा पीडा थामिसाध्य छैन । 
यसैबीच पीडित परिवार र स्थानीय बासिन्दाले इलाका प्रहरी चौकीमा पुगी दोषीलाई हदैसम्मको कारबाही र मृतक परिवारलाई क्षतिपूर्तिको माग गर्दै दबाब दिएका थिए । प्रतिउत्तरमा गाउँपालिका अध्यक्ष उप्रेतीले गाउँपालिकाले किरिया खर्चका लागि गाउँपालिकाबाट तत्कालै प्रतिमृतक १० हजार रुपियाँका दरले परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् । यसअघि पनि गाउँपालिकाले मनहरी खोलामा डुबेका बालकका परिवारलाई सो रकमको व्यवस्था गरेको थियो । गाउँपालिकाले अरु सेवाहरुमा मृतक परिवारलाई प्राथमिकतामा राख्ने अध्यक्ष उप्रेतीले बताए । त्यसैगरी परिवारका सदस्यलाई रोजगारीको व्यवस्थापन पनि गर्ने प्रतिबद्धता जनाएका थिए । 
यसैबीच यो बिषयलाई लिएर प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, गाउँपालिका अध्यक्ष उप्रेती, प्रहरी उपरिक्षक विकासराज खनालसहित पीडित परिवारले बुधवार नै जिल्ला प्रशासन कार्यालयमा छलफल गरेका छन् । प्रशासन कार्यालयमा भएको छलफल अनुसार प्रधानमन्त्री राहत कोषमा क्षतिपूर्तिका लागि पहल गर्ने लगायतका सहमति गरी पीडितहरु शव बुझ्न तयार भएको बताइएको छ । 
समिलडाँडाकै सुमन बराइलीले एकाएक सीताराम धिताल, उनका छोरा सुदन र छिमेकी ६५ बर्षका जीतबहादुर ब्लोनलाई घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका थिए । हत्या भएकामध्ये सीतारामको शव हेटौँडामा राखिएको छ भने सुदन र जीतबहादुरको शब भरतपुर अस्पतालस्थित शबगृहमा राखिएको छ । समझदारीपछि बिहिबार मृतकहरुको अन्तिम संस्कार गर्ने तयारी भएको बताइएको छ । 
 

siddhi-binayak-madhyastha-1502267497.gif
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
फापरबारीमा परियोजनाको समीक्षा 
cpc-phaparbari-1513525211.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकास्थित फापरबारीमा आज युनिसेफ नेपालको सहयोगमा बालकल्याण समाज...

फरक भूमिकामा अनमोल
kri-poster-1-1513392732.jpg

मकवानपुर । युवापुस्ताका चर्चित अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको नेपाली कथानक चलचित्र ‘कृ’ को ट्रेलर...

मकवानपुरले पायो यी सांसद

मकवानपुर । मकवानपुरमा प्रदेशसभा क्षेत्र नम्बर २ का ख बाहेक अरुमा वामगठबन्धले जितेको छ । विगतमा लालकिल्ला रहेको...

कृष्ण दाहालको ह्याट्रिक, किन हारे कमल थापा ?
krishna-dahal-1512874544.jpg

मकवानपुर । राप्रपा अध्यक्ष वर्तमान सरकारका उप प्रधान तथा उर्जामन्त्री कमल थापा मकवानपुरको क्षेत्र नम्बर १...

भुलभुलेको सहयोग मामाघरलाई
24796792_811625092377726_-1512794416.jpg

मकवानपुर । विगत लामो समय देखी सडक बालबालिकाको क्षेत्रमा कृयाशिल मामाघर नेपाल मकवानपुरमा भुलेभुले टोल विकास...

गगन थापाले भने, ‘काङ्ग्रेसलाई ठूलो दुर्घटना’
gagan-thapa-1512789845.jpg

मकवानपुर । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा विजयी भएका काङ्ग्रेस उम्मेदवार गगनकुमार थापाले अब...

रविन्द्र मिश्रको यो महानता !
Rabindra-Mishra-1512785611.jpg

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ मा विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले मतदाताहरुलाई...

यस्तो छ मकवानपुरको ताजा मत परिणाम
election-1-1512783868.jpg

मकवानपुरमा हिजो दिउशोबाट सुरु भएको मतगणनाको मत परिणाम आइरहेको छ । आज शनिबार विहानको ताजा परिणाम यस्तो छ : कृष्ण...

यस्तो छ अहिलेसम्मको परिणाम, कसको कहाँ जित ?
chunav-1512782388.png

दोस्रो चरणको चुनाव सकिएपछि मुलुकमा धमाधम मतपरिणाम सार्वजनिक भइरहेका छन् । अहिले विहान देशका विभिन्न ठाउँबाट...

चितवनमा प्रचण्ड पछि परे, विक्रम अघि लागे
Prachand-and-Bikram-Pande-1512734486.jpg

चितवन ।  अनलाइनखबर डटकमका अनुसार चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा माओवादी केन्द्रका अध्यक्ष तथा...