Wednesday, 14th November, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

गाउँपालिकाबाट सुत्केरी भत्ता पाउँँदाको खुशी 
आमा खुसी हुनु नै हामी सबै खुसी हुनु हो : उपाध्यक्ष राना 

baner-1-1531283728.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षा सहयोगको लागि सुत्केरी प्रोत्साहन भत्ता वितरण गरिएको छ । गाउँपालिकाले विनियोजन गरेको महिला लक्षित बजेटबाट सुत्केरी आमाहरुका लागि भत्ता वितरण गरिएको हो । 
आर्थिक वर्ष २०७४/७५ मा सय जना सुत्केरीका लागि लक्षित गरि बनाईएको योजनामा २ हजारका दरले  दुई लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा मंगलबार ४२ जना सुत्केरी आमाले भत्ता बुझेका हुन् । बाँकी भएका सुत्केरी महिलाहरुका लागि ३ दिन भित्र पायक पर्ने स्वास्थ्य संस्थाबाट भत्ता बुझ्ने व्यवस्था मिलाइएको गाउँपालिका उपाध्यक्ष पार्वती रानाले जानकारी दिइन् । भत्ता वितरण कार्यक्रममा उपाध्यक्ष रानाले गाउँ पालिकाको योजना मध्ये सुत्केरी आमालाई भत्ता वितरण कार्यक्रम उत्कृष्ट रहेको बताइन् । उनले भनिन् ‘सुत्केरी भत्ता वितरण कार्यले आमा र बच्चाहरुको सुरक्षा हुनाका साथै महिलाहरुको लागि हौसला पनि बढेको छ ।’  ग्रामिण भेगका महिलाले सुत्केरी अवस्थामा घरमै बच्चा जन्माउने र नुन तेल खान समेत समस्या हुने भएकाले सुत्केरीलाई प्रदान गरिएको भत्ताबाट पौष्टिक आहार तथा अन्य स्वास्थ्यमा सेवा पुग्ने आफूहरुको अपेक्षा रहेको गाउँपालिका उपाध्यक्ष रानाको भनाई छ । उनले भनिन्,‘घरमा सुत्केरी हुने अवस्थालाई अन्त्य गर्नका लागि गाउँपालिकाले सुत्केरी प्रोत्साहन भत्ता वितरण योजना बनाएको हो । ’ आमा खुसी हुनु नै हामी सबै खुसी हुनु हो भन्दै रानाले आमा र बच्चाको उच्च मृत्यु दरलाई कमी गर्नका लागि आगामी आर्थिक वर्षमा पनि थप रकम सहित सुत्केरी भत्ता प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने रानाले बताइन् । 
सुरक्षा भत्ता प्राप्त गर्नको लागि गाउँपालिकाले विभिन्न ९ वटा सूचक राखेको थियो । ती सूचकहरुमा निवेदन सहित नियमित ४ पटक गर्भ जाँच, श्रीमान श्रीमतीको नागरिकताको प्रतिलिपी, जन्मिएको ३५ दिनभित्र गरिएको जन्मदर्ता, स्वास्थ्य संस्थामा सुत्केरी भएको प्रमाण, विवाह दर्ता, आमाको उमेर २० बर्ष पूरा भएको, दुई जना मात्र सन्तान जन्माइएको अवस्थ तथा सम्बन्धित वडाको सिफारिसमा यो सेवा उपलब्ध गराइएको हो ।
थोरै बजेटबाट धेरै सन्देश र सचेतना समेत रहने हुनाले पनि सुत्केरी महिलाका लागि भत्ता वितरण कार्यक्रम प्रभावकारी बन्ने गाउँपालिकाले अपेक्षा गरेको स्वास्थ्य संयोजक ध्रुव लामिछानेले बताए ।
सुत्केरी अवस्थामा उचित स्याहार सुसार तथा पौस्टिक आहारमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ वजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष रानाले बताइन् । मकवानपुरमा पहिलो पटक सुत्केरी महिलाका लागि भत्ता वितरण गरेर गाउँपालिकाका लागि उदाहरणीय काम गरेको हो । अन्य स्थानीय तहमा राज्यबाट प्राप्त हुने एक हजार चार सय समेत समयमा प्राप्त नभइरहेको अवस्थामा भीमफेदी गाउँपालिकाले थप बजेट विनियोजन गरेर कार्यान्वय गरेको हो । 
भत्ता वितरण कार्यक्रममा भीमफेदी स्वास्थ्य संस्थाका डा. अमरदिप मण्डलको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष पार्वती रानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सुत्केरी आमालाई भत्ता वितरणबारे स्वास्थ्य संयोजक ध्रुव लामिछाने प्रष्ट पारेका थिए ।  कार्यक्रममा भीमफेदी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष सिताराम थापा, अहेब अमित श्रेष्ठ लगायतको आतिथ्यता थियो ।  


 

baner-2-1531283793.jpg
final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
तलब भन्दा बढी खुशी गीत संगीतबाट पाउँछु : विषम  
bisam-gautam-(1)-1541875364.jpg

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा जन्मिएका विषम गौतम अहिले हाल अस्ट्रेलीया सिड्नीमा बसोबास गर्छन् ।...

यात्रु ठग्ने टाटासुमोलाई प्रशासनको साथ
tatasumo-pic-1541870762.jpg

मकवानपुर। मकवानपुरको हेटौंडाबाट काठमाडौंसम्म सञ्चालन हुने टाटासुमोले यात्रुलाई ठगिइरहेको बारम्बार गुनासो...

सहिद रुद्र स्मृति बाटिका, मकवानपुरगढी 
rudra-batika-1541863565.jpg

रुद्र स्मृति बाटिका, मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको छ । हेटौंडाबाट ५ किलोमिटर पूर्व र चौघडाबाट करिब...

घोषणाको नाटक नगरौं 
madhyaban-shiva-1541855212.jpg

मकवानपुरलाई खुल्ला दिशामुक्त जिल्ला घोषणा भएपछि धेरैले भनेका थिए-‘घोषणा त भयो तर कार्यान्वयन होला त  ?’...

कविता  : गाउँको घर
yas-lama-1541852776.jpg

एस लामा  म्युजिक लाइट  छैनन् बार्दलीहरूमा झुण्ड्याएका छन् प्रायश :  पाकेका पहेँला फर्सी र काक्रा...

अलैचीं खेची प्रविधि 
alaichi-2-1541852443.jpg

- डि.एन. दाहाल   प्रा.स. बकैया गाउँपालिका, मकवानपुर  अलैचींबाट हामीले मनग्ये आम्दानी लिन सक्छौं । सुरुमा...

दोहोरीमा ‘फोहोरी धन्दा’ नहोस् 
Madhyasthata-Eng-1541865589.png

गीत सङ्गीत मन नपर्ने मानिस को होला ? बालक, वयश्क, वृद्घ सबैलाई सङ्गीत मनपर्छ । यस्तो लाग्छ, बिरामी समेत आफूलाई मन...

तिहार सकियो, कारवाही नरोकियोस्  
Madhyasthata-Eng-1541847949.png

तिहारमा नेपालीको घरघरमा रौनकता छायो । तिहारका सामाग्रीले बजार रङ्गियो । तिहारको झिलिमिलीले कसको पो मन नरमाउला ?...

‘आत्मनिर्भर भएपछि विवाह गर्छु !’ 
anu-rai-(3)-1541845912.jpg

मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ६, फापरबारी तीनतले निवासी अनु राईलाई सामाजिक अभियानमा सरिक हुन रहर लाग्छ...

गजल
gazal-sarita-bhatta-1541684450.jpg

सरिता भट्ट सोह्रै आना तिम्रो नै प्यारमा छु म  पाउनु नै पर्छ भन्ने सारमा छु म ।। कास म तिम्रो मुटुमा...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg