Wednesday, 24th January, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

गायिका अनुमा पार्टी प्रचारमा
यस्तो छ विवेकशील साझामा लाग्नुका कारण :

anuma-koirala-1510635710.jpg

गायिका अनुमा कोइराला

मकवानपुर । गायिका अनुमा कोइरालाको अहिले परिचय फेरिएको छ । उनी अब गायिका मात्र रहिनन्, उनी विवेकशील साझा पार्टीमा आबद्द भएकी छिन् । चुनाव प्रचार प्रसारमा पनि उनी खटिएकी छिन् । किन लागिन उनी राजनितीमा उनले आफ्नो धारणा मध्यस्थतालाई यसरी सुनाइन् ।
अन्तर्राष्ट्रिय जगत आविष्कार र खोजहरु अनि जीवन यापन का नयाँ आयाम हरु सँग खेल्दै रमाउँदैछ तर नेपाल भन्ने मुलुक भित्रका जनता आफ्नो जीवन धान्नलाइ नै सङ्घर्ष गर्नुपर्ने अनि संघर्ष गर्दागर्दै बुढो हुनुपर्ने । कसैलाई परिवार पाल्नको लागि त्यही परिवारसँग टुक्रिएर विदेश मुलुक बनाउन जान बाध्य हुनुपर्ने, कोही बिरामी हुँदा उपचार नपाएर अथवा औषधि नपाएर मर्नुपर्ने
यस्ता दृष्यहरु अवलोकन गर्न नसकेर यो मुलुकलाई प्रत्यक्ष रुपमा केही योगदान पुर्याउने उद्देश्यले म साझा विवेकशील पार्टीमा आबद्ध भएकी हुँ । हाम्रो देशमा शिक्षाको समान पहुँच छैन । स्वास्थ्य ,शिक्षा ,पूर्वाधार, खेलकुद ,व्यापार व्यवसाय कुन क्षेत्र छोएको छैन भ्रष्टाचारले ? अब त कार्यपालिका व्यवस्थापिका हुँदा हुँदै न्यायपालिकालाई समेत फोहोरी राजनीतिले छुने दुस्साहस गरिसकेको छ । यही फोहोर सफा गर्न म यस पार्टीमा आबद्ध भएकी हुँ ।
अरु पार्टीका तुलनामा साझा विवेकशील पार्टी किन फरक छ भन्ने पनि मानिसलाई लाग्नसक्छ । यस कारण फरक छ : १.अहिलेसम्म नेपालमा कुनैपनि राजनीतिक पार्टीको मूल्यमान्यता नै छैन । विवेकशील साझा पार्टी एकमात्र मूल्य मान्यताको जगमा अडिएको पार्टी हो । २.यो पार्टीका सदस्यहरु पूरा समय राजनीति गर्दैनन् उनीहरू राजनीति सँगसँगै आफ्नो पेशालाई पनि अँगाल्छन् किनभने हामीहरूको मान्यताअनुसार राजनीति समाजसेवा हो पेसा होइन राजनीतिक दल का राजनीतिज्ञहरू राजनीतिलाई नै पेशाको रुपमा अँगाल्छन्, ३.यस्तो हुनुको अर्को कारण हो भ्रष्टाचार न्यूनिकरण अभियान । हामीलाई र समाजमा घटिरहेका भ्रष्टाचारका घटनाहरू पनि विरोध गर्छ र पार्टी भित्रै पनि भ्रष्टाचार र दिनको लागि हामी आफूलाई पनि बनाउनको लागि हामीले पार्टीको संरचना अनुसार ले बनाएका छौं हाम्रो पार्टीमा स्वायत्त अनुशासन विभाग छ जसले पार्टी भित्रको हरेक क्रियाकलापहरुलाई चेकजाँच गर्छ यो त्यस्तो संयन्त्र हो जसले गल्ती गरेमा अध्यक्ष लगायत जुनसुकै पदाधिकारीलाई फिर्ता बोलाउन सक्छ ।
हामी त्यसैले भन्ने गर्छौं हाम्रो पार्टी भित्रको सुशासन राम्रो छ अनुशासन विभाग को कारणले कारणले ४.हाम्रा केही राजनैतिक अवधारणाहरू पनि छन् जस्तै कल्याणकारी राज्य सेवक सरकार र समाज जसले यो पार्टीलाई सदैव सुसंस्कृत राजनीतिको बाटोमा डोहोर्याउँछ ५.नेपालका अन्य राजनीतिक दलहरुहिंसा अराजकता बाट ओतप्रोत छन् । विवेकशील साझा पार्टी एकमात्र यस्तो पार्टी हो जसले कहिले पनि ढुंगा हान्ने र टायर बाल्ने राजनीति गरेन । उसले समाजमा आवाज उठाउन पनि शान्तिपूर्ण तरिका नै रोज्यो । कहिल्यै हिंसा गरेर बरु हिंसाको शिकार चाहि भाको छ ।
६.अरु पार्टीमा नेता र कार्यकर्ता भनेर फरक पाइन्छ । यो पार्टीमा समग्र सबैलाई ‘सदस्य साथी’ भनेर सम्बोधन गरिन्छ । युवाशक्तिलाई बन्द र हडतालमा दुरुपयोग गरी पुच्छर बनाएर हिडाइदैंन । यि विविध कारणले गर्दा मैले विवेकशील साझा पार्टीमा सक्रियता जनाएको हुँ ।

 

rabindra-misra-1510635744.jpg

पार्टीका संयोजक रविन्द्र मिश्र

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
यसरी सम्हालिन् प्रदेश प्रमुख कोइरालाले जिम्मेवारी
anuradha-1516454139.jpg

मकवानपुर । तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले पदभार ग्रहण गरेकी छिन् । प्रदेश प्रमुखका रुपमा उनले...

यी हुन् प्रदेश नम्बर १ बाट एमालेले सिफारिस गरेका उम्मेदवार
uml.png-1516452329.jpg

काठमाडौं । नेकपा एमालेले १ नम्बर प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि आफ्नो भागमा परेको ४ सिटका लागि ४० जना...

नौटङ्की प्रदर्शन विरुद्ध लाग्छु : नवराज सिलवाल
nabaraj-silwal-1516338963.jpg

 काठमाडौं । नेकपा एमाले ललितपुरका सांसद तथा पूर्व डिआइजी नवराज शिलवालले पछिल्लो समय नेपाल सरकार तथा प्रहरी...

सरकारले तोकेको प्रदेश प्रमुखर राजधानीमा सहमत हुन सकिन्न : ओली
oli-press-meet-1516264453.jpg

काठमाडौं । थाइल्याण्डमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख र...

सरकारलाई माग्नेबुढाको प्रश्नः अब म काठमाडौँ बसौँ कि हटौँडा जाउँ?
kedar-ghimire-1516263647.jpg

हस्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्नेबुढा’ले आफू काठमाडौँ बस्ने कि हेटौँडा जाने भन्ने बारेमा दोधारमा परेको...

बकैया साँस्कृतिक महोत्सवको तयारी
बकैया-महो-1516256481.jpg

मकवानपुर । पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा प्रथम  बकैया साँस्कृतिक महोत्सव २०७४ हुने भएको छ । आज...

नेपालमै अत्याधुनिक प्रविधीबाट चित्लाङमा च्याउ खेती
26553534_532896793734374_-1516109388.jpg

मकवानपुर । मकवानपुरको चित्लाङ्मा नेपालमै अत्याधुनिक प्रविधिको प्रयोगबाट सुरु गरिएको गोब्रे च्याउ खेती...

द्रुतमार्गको डीपीआर सेना आफैंले बनाउने
Nepali-sena-1516094728.jpg

काठमाडौं । नेपाली सेना आफैंले काठमाडौं–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने आज...

यस्ता छन् हस्तमैथुनका फाइदा
हस्त-1516093392.jpg

मानिसलाई यौनका विषयमा धेरै चासो रहने गर्दछ । आफ्नो यौन चाहाना पूरा गर्नका लागि मानिसले अनेक उपाय सोच्ने गरेको छ ।...

कविता : मुर्ति मान्छे
rr-chaulagain-1516092685.jpg

आर.आर. चौलागाईं मान्छे कहिलेकाहीँ त मूर्ति पनि हुँदो रहेछ । घरमा आगो लाग्छ, हेरिबस्दो रहेछ कागले मुखमा...