Thursday, 24th January, 2019
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 

news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा आएको विनासकारी भूकम्पमा परि उनको घर पूर्ण क्षति भयो । श्रीमान् इन्द्रबहादुरको २७ वर्षअघि मृत्यु भएपछि एकल जीवन बिताइरहेकी ७५ वर्षिया माइलीमायालाई भूकम्पले थप पीडा दियो । आफ्नो बास नै भत्किएपछि उनी नराम्ररी भक्कानिइन् । उनलाई लाग्यो,‘भगवानले पनि दुःखीलाई मात्र खेद्दा रहेछन् ।’ आफ्ना दुई जना छोरा पनि भिन्न भएर वृद्घावस्थाको एकल जीवन गुजाराका लागि घाँस, दाउरा तथा मेलापात गरिरहेकी माइलीमायालाई भूकम्पले भत्काइदिएको आफ्नो घर निर्माण गर्छु भन्ने सोच नै आएन । घर निर्माणका लागि उनीसंग पैसा त थिएन नै सहयोग गर्ने मान्छे पनि खासै थिएनन् । आफू बेसाहारा भएर नै बाँच्नुपर्ने विवशता छ भन्ने सोचाई राख्ने माइलीमाया यतिबेला आफ्नो नयाँ घर बन्न लाग्दा दङ्ग छिन् । 
पुननिर्माण प्राधिकरणको भूकम्पीय लाभग्राहीको सूचीमा जोखिमवर्गमा सूचीकृत माइलीमायाको घर निर्माणका लागि बाल कल्याण समाज मकवानपुरले मर्सिकोर नेपालसंगको सहकार्यमा सहजीकरण तथा आर्थिक सहयोग गरेपछि माइलीमायामा हराएको खुशी फर्कन थालेको छ । सरकारले दिने तीन लाख र संस्थाको तर्फबाट थप ५० हजार रुपिया सहयोग पाउने भएपछि भूकम्पपछि अरुको घरमा बस्दै आइरहेकी माइलीमायाको अब आफ्नै घर धमाधम निर्माण भइरहेको छ । घर निर्माणमा थप सहयोग पुगोस् भन्ने उद्घेश्यले संस्थाले दुई किस्ता गरेर माइलीमायाका लागि आर्थिक सहयोग उपलब्ध गराउँदैछ । पहिलो किस्तामा २५ हजार रुपिया माइलीमायालाई प्राप्त भइसकेको छ । संस्थाबाट पहिलो किस्ताबापत प्राप्त रकमको चेक बुझ्दै गर्दा उनको आँखामा खुशीको आसु टिल्पिलाइ रहेको देखिन्थ्यो । ‘बुढेशकालमा घर बनाउने भन्ने सोचेकै थिइँन ।’ आफ्नो बन्दै गरेको घर हेर्दै उनले भनिन्,‘कोही बाहिरी मान्छे आएर घर बनाउन हामी सहयोग गर्छौ भन्दा मात्रै पनि खुशी लाग्दो रहेछ ।’ 
संस्थाबाट प्राप्त आर्थिक सहयोगले घरका लागि आवश्यक काठ खरिद गर्न सहयोग मिल्ने माइलीमाया बताउँछिन् । ‘सरकारले दिने अनुदान र संस्थाबाट प्राप्त सहयोगले निर्माण सकेर आफ्नै घरमा बसौला भन्ने रहर छ ।’ माइलीमाया खुशी व्यक्त गर्छिन्,‘बुढेसकालमा नयाँ घरमा मज्जाले बस्न पाइने भइयो ।’ माइलीमायालाई घर निर्माणका लागि नगद ५० हजार आर्थिक सहयोगका साथै प्राविधिक सहयोग पनि बाल कल्याण समाजले प्रदान गरिरहेको छ । यसका लागि संस्थाले प्राविधिक नै फिल्डमा खटाएको छ । राज्यले खटाएको पुननिर्माण प्राधिकरण, संस्थाका प्राविधिक तथा तालिम प्राप्त डकर्मीबाट भूकम्प प्रतिरोधि घर निर्माण गर्न पाउँदा माइलीमाया खुशी छिन् । भन्छिन्,‘निर्माण भइरहेको घर अब भुकम्पले नभत्काउने भएकाले यो जति खुशी मेरा लागि अरु के हुन सक्छ र ?’  
शिखरपुरकी माइलीमाया मात्र होइन, जोखिम वर्गको सूचीमा रहेका उनीजस्ता ४० जना भूकम्प प्रभावितलाई बकैया गाउँपालिकामा संस्थाले सहयोग गर्ने कार्यक्रम छ । मर्सिकोर नेपालसंगको सहयोगमा संस्थाले बकैयामा सञ्चालन गरिरहेको ‘संकटाशन्न घरघुरीका लागि भूकम्पीय पुनर्लाभ परियोजना’ (सर्भ प्रोजेक्ट) अन्तर्गत घर निर्माणका लागि आर्थिक सहयोगको कार्य भइरहेको छ । परियोजना संयोजक रामप्रसाद दहालका अनुसार गाउँपालिकाका ७ जना भुकम्पका जोखिम वर्ग सूचीमा रहेकालाई पहिलो किस्ता बापतको पच्चिस हजार रुपिया सहयोग प्रदान गरिसकिएको छ । पुननिर्माण प्राधिकरणबाट पहिलो किस्ता पाएर डिपीसी लेभल पूरा भएपछि पच्चिस हजार र घर निर्माण कार्य पूरा भएर शौचालय निर्माण पश्चात बाँकी पच्चिस हजार रुपिया प्रदान गरिने परियोजना संयोजक दहालले जानकारी दिए । 
बकैया गाउँपालिकाको साविकका गाविस छतिवन, शिखरपुर, धियाल, ठिङ्गन र मन्थलीमा सञ्चालन भइरहेको सर्भ प्रोजेक्टमार्फत भूकम्पले क्षतिग्रस्त गरेका संकटाशन्न घर निर्माणमा सहयोग, विपद् व्यवस्थापन, वित्तिय साक्षरता, जिविकोपार्जनमा सघाउ पु¥याउने काम भइरहेको आर्थिक सहयोग गर्ने मर्सिकोर नेपालका वरिष्ठ परियोजना अधिकृत हेमराज भट्टले जानकारी दिए । 

news-pic-maili-maya-ghar-1544106722.jpg
final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg