Wednesday, 24th January, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

मनोरञ्जन

चलचित्र उद्योगले पाउला त ‘ऐश्वर्य’ ?
चलचित्र हेरेपछिको टिप्पणी

aishwarya-1509279410.jpg

मकवानपुर । नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’ अहिले मकवानपुर लगायत देशका विभिन्न हलमा प्रदर्शन भइरहेको छ । यो चलचित्र दर्शकको प्रतीक्षाको चलचित्र थियो । जतिबेला चलचित्र निर्माण सकेर निर्माण युनिट यसको प्रचार प्रसारमा लाग्यो, नेपाली दर्शकले ठाने–यो चलचित्र साँच्चै हेर्न लायक अर्को नेपाली चलचित्र हो । तर जब चलचित्र प्रदर्शनमा आयो तब दर्शकको मन जित्न सकेन । पछिल्लो समय बनिरहेका राम्रा चलचित्रको कोटीमा ‘ऐश्वर्य’ पनि अटाउला भन्ने दर्शकको जुन चाहाना थियो, यो चाहाना बोकेका दर्शक निराश भएका यतिबेला निराश छन् । अभिनेता रमेश उप्रेतीको कमब्याक चलचित्र भएकाले पनि दर्शकको प्रतीक्षा बढी नै हुनु स्वभाविक हो । नेपाली चलचित्र उद्योगमा ‘ऐश्वर्य’को ‘ऐश्वर्य’ भने खासै रहने देखिएन ।
नेपाली मोडलिङ क्षेत्रमा लागेका मोडल कसरी प्रयोग भइरहेका छन्, नाम र दाम कमाउँनका लागि अरुको प्रयोग भइदिनु पर्ने अवस्था, व्यापारिक प्रतिष्पर्धाका लागि एक अर्को व्यापारीबिचको झमेला, झगडालाई चलचित्रमा उतारिएको छ । नेपाली शहरी समाजको पछिल्लो विकृत रुप चलचित्रमा उतारिएको छ । यो कथाबस्तु आफैंमा राम्रो छ । मोडलिङ्मा लागेकी दीपीका नाम र दामका लागि आफ्नो प्रेमीको समेत कुरा नसुनी प्रेमीकै प्रतिष्पर्धी व्यापारीको पछि लाग्दा आइपरेका घटना चलचित्रमा समावेश छ । नेपालमा मोडलिङ् क्षेत्रमा लागेकाहरुले भोग्नु परिरहेको यथार्थ चलचित्रमा उतारिनु सकारात्मक पक्षका रुपमा लिन सकिन्छ । समाजमा ठूलाले पैसाको तुजुकमा आफ्नो गलत धन्दालाई कसरी सही सावित गरिरहेका छन् भन्ने देखाउँने काममा चलचित्र सफल छ । अर्को पक्ष भनेको मानिस जहिल्यै प्रेमको भोको हुन्छ र मानिसको सफलता असफलताका पछाडी प्रेम हुन्छ भन्ने पनि देखाइएको छ ।
चलचित्रमा रमेश उप्रेतीको अभिनय प्रशंसा गर्न लायक छ । अभिनेतृ केके अधिकारीको अभिनयले पनि दर्शकको मन जित्छ भने दिपीका प्रसाईको अभिनय पनि कम छैन । यस्तै मोडल प्रशान्त ताम्राकार पनि गज्जबले मिसिएका छन् चलचित्रको कथामा । कथाबस्तु, अभिनय राम्रो हुँदा हुँदै पनि यसमा के नपुगे जस्तो के नपुजस्तो दर्शकलाई भइनै रहेको छ । पछिल्लो समय जुन प्रकारले नेपाली चलचित्रमा अभिनय, कथानक नेपाली पन झल्कने होस् भन्ने दर्शको चाहाना छ त्यो खालको चलचित्र भने ‘ऐश्वर्य’ बन्न सकेन । लभस्टोरी, फाइट, अन्त्यमा भिलेनको पराजय, हिरोको जित भन्ने पूरानो कथा भन्ने शैलीबाट यो चलचित्र माथि उठ्न सकेन ।
चलचित्रमा समावेश ‘तिमी रोएको पल’ बोलको गीतकै कारण पनि कतिपय दर्शकलाई सिनेमा हलसम्म तानेको पाइएको  छ । अर्जुन पोखरेलको शब्द तथा सङ्गीतमा सुगम पोखरेल र अञ्जु पन्तले गायको यो गीत साँच्चै लोकप्रिय भइरहेको छ । सिनेमामा खिचिएका दृश्य गुणस्तरिय छन्, जसले पक्कै पनि दर्शकको मन जित्नसक्छ । प्राविधिक पक्ष झैं अलि नयाँपन दिन खोजिएको भए चलचित्र अब्बल बन्नसक्ने थियो जुन पाटोमा निर्देशक नराम्ररी चुके । अर्जुन श्रेष्ठ र किरणराना उप्रेती निर्माता रहेको चलचित्रको निर्देशक भने दिवाकर भट्टराई हुन् । ‘ऐश्वर्य’ अहिले विभिन्न हलमा प्रदर्शन भइरहेको छ । यसले कतिको ‘ऐश्वर्य’ प्राप्त गर्ने हो त्यो भने दर्शकको हातमा छ ।

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
यसरी सम्हालिन् प्रदेश प्रमुख कोइरालाले जिम्मेवारी
anuradha-1516454139.jpg

मकवानपुर । तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले पदभार ग्रहण गरेकी छिन् । प्रदेश प्रमुखका रुपमा उनले...

यी हुन् प्रदेश नम्बर १ बाट एमालेले सिफारिस गरेका उम्मेदवार
uml.png-1516452329.jpg

काठमाडौं । नेकपा एमालेले १ नम्बर प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि आफ्नो भागमा परेको ४ सिटका लागि ४० जना...

नौटङ्की प्रदर्शन विरुद्ध लाग्छु : नवराज सिलवाल
nabaraj-silwal-1516338963.jpg

 काठमाडौं । नेकपा एमाले ललितपुरका सांसद तथा पूर्व डिआइजी नवराज शिलवालले पछिल्लो समय नेपाल सरकार तथा प्रहरी...

सरकारले तोकेको प्रदेश प्रमुखर राजधानीमा सहमत हुन सकिन्न : ओली
oli-press-meet-1516264453.jpg

काठमाडौं । थाइल्याण्डमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख र...

सरकारलाई माग्नेबुढाको प्रश्नः अब म काठमाडौँ बसौँ कि हटौँडा जाउँ?
kedar-ghimire-1516263647.jpg

हस्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्नेबुढा’ले आफू काठमाडौँ बस्ने कि हेटौँडा जाने भन्ने बारेमा दोधारमा परेको...

बकैया साँस्कृतिक महोत्सवको तयारी
बकैया-महो-1516256481.jpg

मकवानपुर । पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा प्रथम  बकैया साँस्कृतिक महोत्सव २०७४ हुने भएको छ । आज...

नेपालमै अत्याधुनिक प्रविधीबाट चित्लाङमा च्याउ खेती
26553534_532896793734374_-1516109388.jpg

मकवानपुर । मकवानपुरको चित्लाङ्मा नेपालमै अत्याधुनिक प्रविधिको प्रयोगबाट सुरु गरिएको गोब्रे च्याउ खेती...

द्रुतमार्गको डीपीआर सेना आफैंले बनाउने
Nepali-sena-1516094728.jpg

काठमाडौं । नेपाली सेना आफैंले काठमाडौं–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने आज...

यस्ता छन् हस्तमैथुनका फाइदा
हस्त-1516093392.jpg

मानिसलाई यौनका विषयमा धेरै चासो रहने गर्दछ । आफ्नो यौन चाहाना पूरा गर्नका लागि मानिसले अनेक उपाय सोच्ने गरेको छ ।...

कविता : मुर्ति मान्छे
rr-chaulagain-1516092685.jpg

आर.आर. चौलागाईं मान्छे कहिलेकाहीँ त मूर्ति पनि हुँदो रहेछ । घरमा आगो लाग्छ, हेरिबस्दो रहेछ कागले मुखमा...