Wednesday, 24th January, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

मध्यस्थता सम्पादकीय

चुनाव, एजेण्डा र जनमत

स्थानीय तहको निर्वाचनको तयारी भईरहँदा मकवानपुरका राजनीतिक दल पनि आफ्ना विभिन्न चुनावी एजेण्डा सहित जित कसरी हासिल गर्न सकिएला भन्नेमा दौडधुपमा जुटेका छन् । जिल्लामा सक्रिय काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नयाँशक्ति, माले लगायत दल आफ्ना चुनावी एजेण्डा सहित जनताका माझमा यतिबेला पुगिरहेका छन् । उनीहरुले अगाडी सारेको विभिन्न चुनावी एजेण्डा हेर्दा विकास पूर्वाधार, स्वास्थ्यलाई ध्यान दिएको पाइन्छ । मकवानपुरका राजनीतिक दलले एक गाउँ, एक प्राविधिक शिक्षा, जिल्लालाई पर्यटन नगरि बनाउने, सुविधा सम्पन्न अस्पतालको स्थापना,जग्गा प्लटीङको अन्त्य, सडक सुविधा विस्तार, कृषि, आन्तरिक पर्यटन उद्योगको स्थापना, सुरुङमार्ग, फ्रि वाईफाई, हेटौँडामा चक्रपथ निर्माण, तीन सय शैयाको अस्पताल निर्माण लगायतका विभिन्न एजेण्डा मकवानपुरका दलले तय गरेका हुन् । यी एजेण्डा बोकेर  जनताको माझमा जाँदै आफूलाई विजयी बनाउँन नेताहरुले आग्रह गरिरहेका छन् ।
देशै चुनावी माहोलमा होमिएका बेला मकवानपुरका दल पनि चुनावी तयारीमा लाग्नु अचम्मको कुरा होइन । जनताका माझमा पुगेर आफ्नो कुरा राखेर उनीहरुको मत लिनु पक्कै पनि लोकतान्त्रिक पद्घती हो अर्थात जनमत लिएर गरिने कार्य वास्तवमा जनताको पक्षको कार्य हो । यसर्थ, मकवानपुरका दलले पनि आफ्नो चुनावी एजेण्डामा जनताका लागि विभिन्न सवाल समेट्नु अन्यथा होइन । जनताका चासो, चिन्ता, चाहना एवम् सरोकारवाका विषयमा काम गर्छु भन्दै जनतासंग मत माग्नु जायज हो । जनताका माझमा पुगेर गरिएका वाचामध्ये कति पूरा गर्न सकिएला कति नसकिएला, कति वाचा सहजैसंग पूरा हुन सक्लान्, कति वाचा पूरा गर्न असाध्यै असहज हुने अवस्था आउँछ सो बारेमा नागरिक जानकार छन् । पूरा हुनै नसक्ने एजेण्डा बोकेर भोट माग्न आउँनेलाई पूरा गर्नै नसक्ने एजेण्डा बोकेर जनतालाई गुमराहमा राखेर भोटको खेती गर्न पाइदैंन भनेर अब प्रष्ट जवाफ दिनुपर्दछ ।
सचेत नागरिकले पक्कै पनि अन्धभक्त भएर कुनै पार्टीलाई भोट हाल्नुभन्दा पनि उसको घोषणापत्र वा एजेण्डा हेरेर मत दिने हो । तर नेपालमा कुन दलको एजेण्डा ठिक छ उसैलाई भोट भन्दा पनि आफूलाई मन परेको पार्टीलाई मत दिने गरेको पाइन्छ । यसो हुँदा आफूलाई मन परेको पार्टीको बदमास् भएपनि भोट दिने अवस्था बन्छ जसबाट राम्रा उम्मेदवार पाखा लाग्छन् । यसर्थ,चुनावी घोषणापत्रका साथै इमान्दार उम्मेदवार पनि विचार गर्नुपर्ने हुन्छ । कुनै दलको चुनावी एजेण्डा मन परेको भरमा मात्र पनि होइन त्यो एजेण्डा कतिको कार्यान्वयन हुनसक्छ त्यसबारेमा पनि वास्तवितकता मन्थन गर्नुपर्दछ । कसैको महत्वकांक्षालाई जनताले पूरा गर्नका लागि अब पनि भर्याङ् बन्नु हुन्न ।

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
यसरी सम्हालिन् प्रदेश प्रमुख कोइरालाले जिम्मेवारी
anuradha-1516454139.jpg

मकवानपुर । तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले पदभार ग्रहण गरेकी छिन् । प्रदेश प्रमुखका रुपमा उनले...

यी हुन् प्रदेश नम्बर १ बाट एमालेले सिफारिस गरेका उम्मेदवार
uml.png-1516452329.jpg

काठमाडौं । नेकपा एमालेले १ नम्बर प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि आफ्नो भागमा परेको ४ सिटका लागि ४० जना...

नौटङ्की प्रदर्शन विरुद्ध लाग्छु : नवराज सिलवाल
nabaraj-silwal-1516338963.jpg

 काठमाडौं । नेकपा एमाले ललितपुरका सांसद तथा पूर्व डिआइजी नवराज शिलवालले पछिल्लो समय नेपाल सरकार तथा प्रहरी...

सरकारले तोकेको प्रदेश प्रमुखर राजधानीमा सहमत हुन सकिन्न : ओली
oli-press-meet-1516264453.jpg

काठमाडौं । थाइल्याण्डमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख र...

सरकारलाई माग्नेबुढाको प्रश्नः अब म काठमाडौँ बसौँ कि हटौँडा जाउँ?
kedar-ghimire-1516263647.jpg

हस्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्नेबुढा’ले आफू काठमाडौँ बस्ने कि हेटौँडा जाने भन्ने बारेमा दोधारमा परेको...

बकैया साँस्कृतिक महोत्सवको तयारी
बकैया-महो-1516256481.jpg

मकवानपुर । पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा प्रथम  बकैया साँस्कृतिक महोत्सव २०७४ हुने भएको छ । आज...

नेपालमै अत्याधुनिक प्रविधीबाट चित्लाङमा च्याउ खेती
26553534_532896793734374_-1516109388.jpg

मकवानपुर । मकवानपुरको चित्लाङ्मा नेपालमै अत्याधुनिक प्रविधिको प्रयोगबाट सुरु गरिएको गोब्रे च्याउ खेती...

द्रुतमार्गको डीपीआर सेना आफैंले बनाउने
Nepali-sena-1516094728.jpg

काठमाडौं । नेपाली सेना आफैंले काठमाडौं–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने आज...

यस्ता छन् हस्तमैथुनका फाइदा
हस्त-1516093392.jpg

मानिसलाई यौनका विषयमा धेरै चासो रहने गर्दछ । आफ्नो यौन चाहाना पूरा गर्नका लागि मानिसले अनेक उपाय सोच्ने गरेको छ ।...

कविता : मुर्ति मान्छे
rr-chaulagain-1516092685.jpg

आर.आर. चौलागाईं मान्छे कहिलेकाहीँ त मूर्ति पनि हुँदो रहेछ । घरमा आगो लाग्छ, हेरिबस्दो रहेछ कागले मुखमा...