Wednesday, 24th January, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

मध्यवाण

चुनाव : अवसरै अवसरको पर्व !

chunaw-1491364148-1492160147.jpg

अहिले देश चुनावी माहौलमा होमिएको छ । स्थानीय निर्वाचन नभएको झण्डै दुई दशक पुग्न लाग्यो । यत्तिका वर्षपछि चुनाव हुने भएपछि नेता मख्ख, कार्यकर्ता दङ्ग नहुने कुरै भएन । लुकेका नेता टोलटोलमा पुग्न थाले, कार्यकर्ता पनि आफ्ना नेता आए भनेर मख्ख पर्न थाले अनि त बनिहाल्यो नि चुनावी माहौल । चुकनाव हो चुनावमा जे पनि हुन्छ । हार्नुपर्नेले जित्नसक्छ, जित्नुपर्ने आँकलन गरिएकाले हार्न सक्छ । यसैका लागि त मुलुकमा चुनाव चाहिएको । अहिले चुनाव नचाहने को होला ? सबैलाई चुनाव चाहिएको छ । मधेसीमोर्चालाई पनि चुनाव चाहिएको छ । राज्य सञ्चालन गर्ने ठाउँमा पुग्ने माध्यम भनेको वास्तवमा चुनाव नै   हो । यसैले चुनाव कुनै पनि हालतमा भए हुन्थ्यो र आफूले जित्न पाए हुन्थ्यो भन्ने चाहाना दल, दलका नेतामा छ । कार्यकर्ता जो अन्धभक्त कार्यकर्ता छन्, उनीहरु पनि आफूलाई मन परेकाले चुनाव जिते केके न हुन्थ्यो भन्ने ठान्छन् । पाउनु त के छ र ? दुनियालाई थाहा भएकै कुरा हो । चुनावपछि जनताले के पाए अनि के पाएनन् भनेर कसलाई सोध्नुपर्छ र ?


जब चुनाव आउँन थाल्छ । एउटा रमाइलो चाँही मनोरञ्जनप्रेमीलाई हुन्छ । त्यो के भने सभा, भेला हुन्छ । त्यहाँ नाँचगाँन, भोज भतेर हुन्छ, आश्वासन बाँड्ने काम हुन्छ, मिठा मिठा सपना देखाउने काम हुन्छ, कति नेताले चुटकिला,उखान भनेर पनि हसाउँने गर्दछन् । गाउँगाउँमा बसको व्यवस्था गरेर कार्यकर्ता शहरमा वा रमाइलो भेला हुने ठाउँमा झार्छन् । यो वास्तवमा रमाइलो पक्ष हो । अनेकथरी रमाइलो एकै ठाउँमा हेर्न पाएपछि टिकट काटेर फिल्म हेर्न जाँन पनि परेन । मेला, महोेत्सव भन्दा कम हुन्न यस्ता रमाइलो । अनि किन नजाँनु दलको सभामा । त्यस्तै परे दाम पनि पाइन सक्छ । दलका कलाकार जस्ता नेता को को हुन चिन्न पाइन्छ, उनीहरुको अभिनय हेर्न पाइन्छ, परिआए उनीहरुको क्यारिकेचर गर्न पनि सिकिन्छ ।


यो बेला पार्टी परित्याग, प्रवेशले पनि राम्रै चर्चा पाउँछ । अवसरका लागि पार्टी परिवर्तन गर्नुको मज्जा पनि छुट्टै हुुँदो हो । हिजो एउटा पार्टीको कार्यकता आज अर्कैमा प्रवेश गर्यो । परिआए विभिन्न पदमा उम्मेदवारी पनि दियो । अवसरै अवसर आउँने बेला त वास्तवमा चुनाव नै पो रहेछ । यसो नेताको अघिपछि लागेर हिडे सवारीसाधन, पेट्रोलदेखि खर्चपर्च पनि व्यवस्था हुने । चुनावको प्रचारप्रसार छ भन्यो घरबाट निस्कियो, दालभात बाहिरै ठोक्यो, बेरोजगार पनि भइएन, व्यस्त भइयो । केही केहीलाई यस्तो लाग्दो हो, यो चुनाव त वर्षैपिच्छे आए हुन्थ्यो, अवसरै अवसर मिल्छ । चुनावका बेला नेताहरु प्नि विभिन्न पद पाउने लोभमा आफू निकटका नेतासंग राम्रै उठबस गर्न थाल्छन् । अघिपछि चोकचोकमा गाली गर्दै हिडेको नेताको यो बेला गुनगान गाउने काम तिनैबाट हुने गर्दछ । पार्टीमा फरक गुटको भनेर चिनिएका पनि चुनावका बेला एकाएक गुट परिवर्तन गर्न पनि पछि पर्दैनन् नेता । वाह ! कति राम्रो संस्कार देख्न पाइन्छ यो चुनावका बेलामा । वास्तवमा यो चुनाव भनेको अवसरै अवसरको पर्व नै रहेछ ।

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
यसरी सम्हालिन् प्रदेश प्रमुख कोइरालाले जिम्मेवारी
anuradha-1516454139.jpg

मकवानपुर । तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले पदभार ग्रहण गरेकी छिन् । प्रदेश प्रमुखका रुपमा उनले...

यी हुन् प्रदेश नम्बर १ बाट एमालेले सिफारिस गरेका उम्मेदवार
uml.png-1516452329.jpg

काठमाडौं । नेकपा एमालेले १ नम्बर प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि आफ्नो भागमा परेको ४ सिटका लागि ४० जना...

नौटङ्की प्रदर्शन विरुद्ध लाग्छु : नवराज सिलवाल
nabaraj-silwal-1516338963.jpg

 काठमाडौं । नेकपा एमाले ललितपुरका सांसद तथा पूर्व डिआइजी नवराज शिलवालले पछिल्लो समय नेपाल सरकार तथा प्रहरी...

सरकारले तोकेको प्रदेश प्रमुखर राजधानीमा सहमत हुन सकिन्न : ओली
oli-press-meet-1516264453.jpg

काठमाडौं । थाइल्याण्डमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख र...

सरकारलाई माग्नेबुढाको प्रश्नः अब म काठमाडौँ बसौँ कि हटौँडा जाउँ?
kedar-ghimire-1516263647.jpg

हस्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्नेबुढा’ले आफू काठमाडौँ बस्ने कि हेटौँडा जाने भन्ने बारेमा दोधारमा परेको...

बकैया साँस्कृतिक महोत्सवको तयारी
बकैया-महो-1516256481.jpg

मकवानपुर । पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा प्रथम  बकैया साँस्कृतिक महोत्सव २०७४ हुने भएको छ । आज...

नेपालमै अत्याधुनिक प्रविधीबाट चित्लाङमा च्याउ खेती
26553534_532896793734374_-1516109388.jpg

मकवानपुर । मकवानपुरको चित्लाङ्मा नेपालमै अत्याधुनिक प्रविधिको प्रयोगबाट सुरु गरिएको गोब्रे च्याउ खेती...

द्रुतमार्गको डीपीआर सेना आफैंले बनाउने
Nepali-sena-1516094728.jpg

काठमाडौं । नेपाली सेना आफैंले काठमाडौं–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने आज...

यस्ता छन् हस्तमैथुनका फाइदा
हस्त-1516093392.jpg

मानिसलाई यौनका विषयमा धेरै चासो रहने गर्दछ । आफ्नो यौन चाहाना पूरा गर्नका लागि मानिसले अनेक उपाय सोच्ने गरेको छ ।...

कविता : मुर्ति मान्छे
rr-chaulagain-1516092685.jpg

आर.आर. चौलागाईं मान्छे कहिलेकाहीँ त मूर्ति पनि हुँदो रहेछ । घरमा आगो लाग्छ, हेरिबस्दो रहेछ कागले मुखमा...