Friday, 23rd February, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

मध्यवाण

जनताकै लागि जनताले चुनेका जनप्रतिनिधिको उपचार प्राइभेट अस्पतालमा ??

madhyaban-1500873956.jpg


मकवानपुर/ देशमा झण्डै २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा देशैभरबाट जनप्रतिनिधिहरु चुनिएका छन् । २० वर्षपछि सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् मकवानपुरले पनि १० वटा स्थानीय तहमा जनप्रतिनिधि पाएको छ । मकवानपुरको ८ वटा गाउँपालिका, १ नगरपालिका र १ उपमहानगरपालिकाको हरेक वडा–वडाका जनताले जनप्रतिनिधि पाइसकेका छन् ।स्थानीय तहको चुनाव हुनुअघि अहिलेका जनप्रतिनिधि र प्रत्यासी उम्मेद्वारहरुले थुप्रै विकासका योजनाहरु आफ्ना घोषणापत्रमा उल्लेख गरेका थिए । सडक,संचार,शिक्षा र स्वास्थ्यमा विकास गर्ने प्रतिवद्धता हरेक प्रत्यासीका घोषणापत्रमा समेटिएको थियो । अहिलेका जनप्रतिनिधि ती उम्मेद्वारहरुबाटै छानिएका हुन् । 
जनताले भोग्नुपरेका हरेक समस्याको समाधान गर्न जनप्रतिनिधिहरु चुनिएका हुन् । जनताले शुद्ध खानेपानीको अभावमा फोहोर पानी खान बाध्य छन् तर, जनताले चुनेका जनप्रतिनिधि मिनरल वाटर बाहेक अरु पानी केही खाँदैनन् । सरकारी अस्पतालको विकासको लागि जनताले भोट हालेर जिताएका जनप्रतिनिधिको उपचार सँधै निजि अस्पतालमा हुन्छ । धेरै जनताहरुले सरकारी अस्पतालमा उपचार नपाएर ज्यान गुमाउनु परेको छ । जनप्रतिनिधिहरुले आफ्नो उपचार निजि अस्पतालमा नगरेर सरकारी अस्पताल सुधार्न तर्फ लाग्नुपर्छ । सरकारी अस्पताल सुधारिएन भने अझै धेरै जनताले उपचार नपाएरै ज्यान गुमाउनु पर्नेछ । सरकारी अस्पतालमै हरेक उपचार हुनपर्दछ । जनताकै लागि जनताले चुनेका जनप्रतिनिधिको उपचार सरकारी अस्पतालमा हुनसक्यो भने मात्र जनताले पनि उपचार पाउनेछन् । 
सरकारी अस्पतालको विकास गर्न नवनिर्वाचित जनप्रतिनिधिहरु लाग्नुपर्छ, अनिमात्र जनतालाई आफ्नो भोट खेर नगएको आभाष हुन्छ । 
 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधी तस्करसंग मिलेको आरोप  !
press-1-1519185320.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जन प्रतिनिधीलाई तस्करसंग मिलेको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर २, ७...

के छापियो आजको अखबारमा ? 

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

के छापियो आजको अखबारमा ?

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

प्रहरी इन्काउन्टरमा मनोज पुन र उनको सहयोगीको मृत्यु 

मकवानपुर । गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । पुन गएराती प्रहरी इन्काउन्टरमा रुपन्देहीको...

सम्पादक चौलागाईलाई जागरण तुखबर पत्रकारिता पुरस्कार 
shiva-sammanit-1519172860.jpg

मकवानपुर । मध्यस्थता साप्ताहिक तथा मध्यस्थता डटकमका सम्पादक शिव चौलागाईंलाई जागरण तु खबर पत्रकारिता पुरस्कार...

मकवानपुरगढीमा जनताकै विरुद्धमा जनप्रतिनिधि, प्रशासनदेखि गुट-उपगुटकोसम्मको मिलोमतो भएको आरोप
Shivam-Sunuwai-1519086487.jpg

चन्द्र घलान मकवानपुर । कुनै पनि जनप्रतिनिधिले जनताको ईच्छा र हितविपरितको कार्य गर्नु जनताको लागि घोर अन्याय...

सम्पति विवरण नबुझाउने १९ हजार बढी निजामति कर्मचारी 

मकवानपुर । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार मुलुकका १९ हजार १ सय ३४ जना कर्मचारीले तोकिएको समयमा सम्पति विवरण...

आज ६८ औं प्रजातन्त्र दिवस मनाइदैं 

मकवानपुर । आज ६८ औं प्रजातन्त्र दिवस प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा मकवानपुर लगायत देशभर विभिन्न...

प्रदेश ३ मा मन्त्री छान्न मुख्यमन्त्री पौडेल र प्रधानमन्त्रीबिच भेटवार्ता 
vet-1518778975.jpg

मकवानपुर । मन्त्रीपरिषद बिस्तारबारे मुख्यमन्त्री पौडेल र प्रधानमन्त्री ओलीको भेटवार्ता हेटौँडा,४ फागुन,...

ललितपुरका सांसद भन्छन्,‘ प्रदेश ३ को राजधानी हेटौंडा उपयुक्त’ 
lalitpur-programme-1518778239.jpg

मकवानपुर । वाम गठवन्धनको तर्फबाट ललितपुर जिल्लाबाट विजयी भएका सांसदहरुले प्रदेश नंबर ३ को राजधानी हेटौँडा...