Saturday, 21st April, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

मध्यस्थता सम्पादकीय

जनप्रतिनिधी इमान्दारीपूर्वक लागून्


प्रदेशको राजधानी रहेको मकवानपुरको हेटौंडालाई प्रदेशको स्थायी राजधानीकायमगर्नुपर्छ भन्ने माग मकवानपुरका सरोकारवाला सबैको छ । मकवानपुरले मुख्यमन्त्री पाएको प्रदेशको अस्थायी राजधानी हेटौंडा तोकिनु आफैंमा खुशीको कुरा थियो । मकवानपुरले पाएको यो अवसर अब गुमाउन पनि चाहादैन । तर, मकवानपुरले चाहेरमात्र पनि प्रदेशको स्थायी राजधानी हेटौंडा रहिरहने होइन । दुई तिहाईको सवाल छ, सांसदको अङ्क गणितको सवाल छ प्रदेश राजधानी स्थायी रुपमा कहाँ कायम गर्ने भन्नेमा । भूगोलका हिसाबमा हेटौंडा अपायक पर्छ भनेर राजधानी सार्ने विषयमा प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री केशव स्थापितले सार्वजनिक ठाउँमा बोल्दै हिडिरहेका छन् । स्थापित हेटौंडामा कुनै पनि हालतमा राजधानी राख्ने पक्षमा नरहेको बुझिन्छ भने वाम गठबन्धनका अन्य नेतापनि हेटौंडाबाट सार्ने पक्षमा रहेको अनौपचारिक कुराकानीहरुबाट थाहा पाउँन सकिन्छ । तर मुख्यमन्त्री डोरमणि पौडेल राजधानी हेटौंडालाई नै कायम गर्नुपर्छ भन्नेमा छन् भन्ने बुझिन्छ । राजधानी स्थायी बनाउँने सवालमा कसको के कस्तो भूमिका हुन्छ भोलिको दिनमा पक्कै मकवानपुरका जनताले थाहा पाउँने नै छन् । प्रदेश राजधानी तोकिइ सकिएको हेटौंडाको विकासका लागि भने अब सबै सरकारले ध्यान दिनु आवश्यक छ । स्थानीय, प्रदेश तथा संघीय सरकारले हेटौंडा विकासको सवालमा ध्यान दिइनुपर्छ ।
मकवानपुरमा विशेषगरी स्वास्थ्यको सवाल गम्भीर छ । सरकारी हेटौंडा अस्पतालले सामान्य भन्दा सामान्य उपचार सेवा नदिँदा नागरिकको अस्पतालप्रति विश्वास कमै छ । अस्पतालले प्रभावकारी सेवा नदिँदा व्यङ्ग्य गरेर अस्पताललाई ‘रिफर सेन्टर’भन्ने गरिएको छ । हेटौंडाको यो अस्पताललाई उपयुक्त विकास गर्नु अहिलेको आवश्यकता हो । भरतपुर अथवा काठमाडौंको जस्तो स्वास्थ्य सेवा प्रदान गर्ने गरी हेटौंडामा स्वास्थ्य सेवादिने स्वास्थ्य संस्थाआवश्यक छ । हुन त मुख्यमन्त्रीले आफ्ना भनाई राख्ने क्रममा हेटौंडामा स्वास्थ्य सेवाको विकास गर्ने योजना रहेका बताएका छन् । राजनीतिक दलहरुले पनि भन्ने गर्छन्, जनताका बिचमा जाँदा । तर साँच्चै योजना सुनाउँनु र व्यवहारमा उतार्नु फरक कुरा हो । मकवानपुरमा गतिलो स्वास्थ्य सेवा नभएको विगत लामो समयदेखि गुनासो आइरहेको पनि छ । मेडिकल कलेज स्थापना गर्ने विषयमा पनि प्रदेश सरकारले ध्यान दिनुपर्छ । यसका साथै हेटौंडामा चर्चाको विषय रहेको २५ मिटरको निकासका विषयमा पनि सबै तहको सरकारले इमान्दारीपूर्वक निर्णय लिनुपर्छ । अब सडक विस्तारको पक्षमा प्रदेश सरकार लाग्नुपर्छ । विकासका पूर्वाधार सडकको विकास हुन सकेन भने हामी विकासको गतिबाट पछाडी हट्छौं । यस कारण हेटौंडालाई पछिसम्म जोगाइराख्न र विकास गर्नका लागि सडक विस्तार तत्काल गर्नुपर्ने हुन्छ । अनि हेटौंडामा शिक्षाको विकासका लागि प्रदेश सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्छ । मकवानपुरमा बेलाबेलामा शिक्षाका सवालमा हुने बहसमा हेटौंडालाई शैक्षिक हब बनाउने कुरा उठ्छ तर जतिपनि कुरा उठ्छ तर केवल कार्यक्रममा मात्र सिमित भइरहेका छन् । शिक्षा क्षेत्रका सबै सरोकारवाला प्रतिबद्ध भएर हेटौंडालाई शिक्षाको क्षेत्रमा पनि अब अगाडी बढाउन भूमिका निर्वाह गर्नुपर्छ ।
हेटौंडा प्रदेश राजधानी भयो । स्थायी कायम गर्ने सवालमा प्रकृयामा जाला, आफ्नो ठाउँमा छ । तर विकासको गतिबाट भने हेटौंडा पछाडी छ । मुख्यमन्त्री र राजधानी पाइयो भनेर मख्ख परेर बस्नुको कुनै अर्थ रहन्न । जबसम्म विकासको गतिले फड्को मार्दैन, तबसम्म मकवानपुरे नागरिकको जीवनशैलीमा कुनै परिवर्तन आएको अनुभूत हुदैन । देशमा शासन गर्ने शासक फेरिए,अवसर पाउँने नेताले मात्र भइरहेको छ । जनताले प्रत्यक्ष लाभ हुने के पाए त खै ? जनताले प्रत्यक्ष अनुभूत गर्ने भनेको विकास र आफ्नो जीवनशैली परिवर्तनबाट हो । शिक्षित बेरोजगारको जमातले समस्या झेलिरहेको समाजमा केवल नेता स्वरोजगार हुने खालका क्रियाकलाप मात्र बढी भइरहेको सामान्य नागरिकलाई लागिरहेको छ । यो सही कुरा पनिहो, किनभने संघीय गणतन्त्र पाइयो भनेर मख्ख परेर मात्र हुदैन । अब विकास तथा समृद्धिका लागि जाग्ने बेला आएको छ । प्रदेश राजधानी भइसकेको मकवानपुरको अब हरेक क्षेत्रमा तिब्र विकास हुनुपर्छ । जनताको काम आफूलाई मन परेको मन परेको नेतालाई जिताउँनु थियो, मतदिएर जिताइ दिएका छन् । अब व्यक्तिगत स्वार्थ अनि पार्टी आदेश भन्दा माथि रहेर आफ्ना मतदाताको हित सोचेर इमान्दारिपूर्वक भूमिका निर्वाह गर्नका लागि मकवानपुरबाट प्रतिनिधीत्व गरेका जन प्रतिनिधी लागुन्

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
काङ्ग्रेस अनुशासनहीन बन्दैछ  : सभापति देउवा 
Sher-Bahadur-Deuba-1-1523889079.jpg

मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी अनुशासन हीन बन्दै गएको स्वीकार गरेका छन् ।...

पार्टी एकताका विषयमा ओली र प्रचण्डबिच आज भेट
party-1523849813.jpg

मकवानपुर । एमाले र माओवादी केन्द्रका बिच यही बैशाख ८ गते पार्टी एकता गर्ने भनिएपनि पछिल्लो समय दुवै दलका...

आज मातातीर्थ औंसी,आमा विशेष दिन । 
mothers-day-1523844310.jpg

मकवानपुर । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । आज आफ्ना सन्तानले आमाप्रति अगाध आस्था अर्पण गर्दै...

अब एमाले-माओवादी केन्द्रबिच पार्टी एकता रोकिएकै हो ?
images-1523769526.jpg

मकवानपुर । पछिल्लो समय एमाले र माओवादी केन्द्रबिच पार्टी एकता होला वा नहोला भन्नेमा आम मानिसमा शङ्का...

जसलाई आफ्नै प्रेमीले कोठीमा पुर्याए
kothi-1523406260.jpg

नेपालगञ्‍ज। नुवाकोटकी १७ वर्षकी अनिता (नाम परिवर्तन) भारतमा गएर काम गर्ने र सुखसँग जीवत बिताउने सपना बोकेर...

वृद्दाश्रमलाई गणकहरुद्धारा सहयोग
1-pic-1523114120.jpg

मकवानपुर । प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को अभियानमा मकवानपुरमा खटिने तयारीमा रहेको गणकहरुले आज हेटौंडा १...

५० दिने तालिमप्राप्त डकर्मी दक्षताको सर्टिफिकेट लिन परीक्षामा सहभागी
news-pic-1522887999.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाका तालिमप्राप्त डकर्मी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद,...

राजविराजमा भारतीय राष्ट्रिय गान बजाउँन यसरी रोकियो
news-1522541746.jpg

मकवानपुर । राजविराजमा आयोजित एक कार्यक्रममा भारतीय राष्ट्रिय गान बजाउने तयारी थियो । कायस्थ जातिको जातीय समिति...

अशक्त दम्पतिलाई नयाँ पाइलाको सहयोग
news-pic-1522417138.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिका १, आँपटारका शारिरिक रुपमा अशक्त दम्पतिलाई आवश्यक खाद्यान्न सहयोग गरिएको छ ।...

राष्ट्रपति भण्डारीद्वारा सम्बोधन 
rastrapati-1522334044.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  संघीय ससंदका दुबै सदनको संयुक्त बैठकलाई बिहिबार सम्बोधन ...