Saturday, 21st July, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

जीवनकला

जमराको जुस पिउँदा के छन् फाइदा ? 

jamara-with-its-juice-1528214959.jpg

जमरा भन्ने बित्तिक्कै हामी दशैं अनि पहेँलो जमरा सम्झिईहाल्छौं । नेपाली हिन्दुहरुको दशैंमा जसरी जमराको प्रयोग गरिन्छ, जमरा नभई दशैं नै मनाइदैंन । जसरी जमरालाई दशैं पर्वको पर्यायका रुपमा लिइन्छ, स्वास्थ्यका दृष्टिकोणमा पनि जमराको ठूलो रहेको पाइएको छ । जमराबाट बनेको जुस खाने हो भने मानिसलाई अद्भूत लाभ हुने स्वास्थ्यकर्मी बताउँछन् । 
गहुँलाई स्वास्थ्यकर खानाका रुपमा लिइन्छ । चिकित्सकहरुका अनुसार पोषकतत्वले भरिपूर्ण गहुँले मुटु रोग,पाचन प्रक्रिया, क्यान्सर तथा टाइप–२ मधुमेहको जोखिम कम गर्छ ।
चिकित्सकहरुका अनुसार मानिसका लागि गहुँ जति स्वस्थकर छ, उमारेको गहुँबाट बनेको जुस त्योभन्दा धेरै फाइदाजनक छ । त्यसैले गहुँको जुस पृथ्वीकै सर्वोत्कृट स्वस्थ्यकर जुसमध्ये पर्छ ।
गहुँको जुसमा उपचारात्मक, चिकित्सकीय तथा रोग निको पार्ने गुण हुन्छ । क्लोरोफिल, अमिनो एसिड, मिनेरल्स, भिटामिन ए, भिटामिन बी कम्प्लेक्स, भिटामिन डी र इ को ठूलो स्रोत मानिएको गहुँको जुसमा म्याग्नेसियम, पोटासियम, आइरन, जिन्क, कपर, सेलेनियम र थाएमिन पाइन्छ । उमारेको गहुँ सामान्य तरीकाले तयार हुने भएकाले यसमा आवश्यक पौष्टिक तत्व तथा मिनेरल्स पहिले नै टुक्रिएर बस्ने हुँदा यो तुरुन्तै रक्तकोषिकाहरुमा घुल्दछ । यसमा एन्टिअक्सिडेन्ट, एन्टी ब्याक्टेरियल, एन्टीक्यान्सर तथा एन्टी इन्फ्लामेन्टरी गुण रहेको हुन्छ ।
चिकित्सकहरु गहुँको कच्चा पातलाई जुसमा परिणत गरेर दिनमा कम्तिमा एक चौथाई कप गहुको जुस सेवन गर्न सुझाव दिन्छन् । तपाईहरु यसको सुरुवात एकपल्टमा एक चौथाई कप जुस वा दिनमा दुईपल्ट डेढ कप जुसको सेवन गरेर पनि गर्न सक्नुहुन्छ ।
कसैकसैलाई सिधै गहुँको जुस सेवन गर्दा वान्ता हुने वा टाउको दुख्ने समस्या हुन सक्छ । त्यतिबेला अन्य फुलफूल तथा तरकारीको रससित मिसाएर पनि यसको सेवन गर्न सक्नुहुन्छ ।
तपाई यसको धुलो पनि प्रयोग गर्न सक्नुहुन्छ । एक गिलास पानीमा उमारेको गहुँलाई मिसाएर पनि यसको सेवन गर्न सकिन्छ ।
गहुँलाई जमरा उमारेजसरी घरमै उमारेर त्यसका पातलाई पेलेर जुस बनाउन सकिने भएकाले यसको उत्पादन गर्न सजिलो छ । विभिन्न आयुर्वेदिक औषधालय एवं प्राकृतिक चिकित्सालयमा गहुँको जुस उत्पादन र विक्री गर्ने गरिएको पाइन्छ । गहुँको जमराको जुसको विभिन्न पाइदा यस प्रकार छन् ।
–स्वास्थका दृष्टिकोणले निकै फाइदाजनक मानिएको यो जुसले प्राकृतिकरुपमा उर्जा प्रदान गर्छ । यो एमिनो एसिडको मुख्य स्रोत हो, जुन शरीरमा प्रोटिनको मात्रा बढाउन मद्दत गर्छ । अण्डा, मासु जस्ता खाद्य पदार्थ खादाँ त्यसलाई प्रोटिनमा परिणत गर्नुपुर्व पहिले एमिनो एसिडमा परिणत गर्न जरुरी हुन्छ ।
तर, यो जुसमा पहिले नै एमिनो एसिड हुने भएकाले शरीरले त्यसलाई टुक्राउन आवश्यक पर्दैन ।
कुनै पनि फलफूल वा तरकारीको जुसमा २ देखि ४ चम्पा उमारेको गहुँको धुलो मिसाएर खाएमा त्यसले शरीरलाई आवश्यक उर्जा प्रदान गर्छ ।
–शरीरका लागि रोग प्रतिरोधात्मक क्षमता जरुरी हुन्छ । यसले तपाईको शरीरलाई विभिन्न रोगसित लड्ने क्षमता प्रदान गर्छ । गहुँको जुसले तपाईलाई रोगसित लड्न अझ धेरै उर्जा प्रदान गर्छ । त्यतिमात्र हैन, यसले तपाईको शरीरमा भएका कोषिकाहरुलाई बलियो बनाउनुका साथै कलेजोमा जमेर बसेका विषाक्तहरुलाई नष्ट गरी जसले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याई रोग लाग्ने सम्भावना बढाएर लैजान्छ ।
त्यस्तै, यसमा रातो रक्तकोषिकाको वृद्धि गर्ने क्षमता रहेको हुन्छ, जुन रोग प्रतिरक्षाका लागि निकै आवश्यक छ ।
त्यस्तै, यसमा पाइने ‘भिटामिन सी’ तथा ‘भिटामिन ए’ लगायतका तत्वले रुघा, खोकी, ज्वरो तथा केही गम्भीर प्रकारका रोगसित लड्ने शक्ति प्रदान गर्छ ।

–मधुमेह, मुटु रोग लगायतका विभिन्नखाले गम्भीर रोग लाग्नुको पछाडी मोटोपना मुख्य कारक मानिन्छ । शरीरबाट अतिरिक्त बोसो हटाउन तथा शरीरको तौललाई सन्तुलनमा राख्न गहुँको जुस सेवन गर्नु उपयुक्त मानिन्छ । गहुँको रसमा सेलेनियम नामक तत्व हुन्छ, जुन शरीरको तौललाई सन्तुलनमा राख्ने तत्व, थाइराइड ग्रन्थीको परिचालनको लागि आवश्यक छ । अस्वस्थ थाइराइड ग्रन्थीले शरीरमा हर्मोनको गडबढी गरी मोटोपना बढाउँछ । 
यसमा पोटासियम पाइन्छ । जसले शरीरमा पानी मात्रालाई कायम राख्न मद्दत गर्छ । गहुँको जुस सेवन गर्दाले भोक कम लाग्ने हुँदा यसले तपाई हामीलाई अस्वस्थ्यकर खाना खानबाट जोगाउँछ । यसले शरीरको मेटाबोलिज्म ९खानालाई शक्तिमा परिणत गर्ने प्रकृया० बढाउँछ, जसले शरीरमा भएको अतिरिक्त क्यालोरी हटाउँछ ।
बिहान सबेरै खाली पेटमा यो रसको सेवन गर्नाले तपाईलाई दिनभरि अतिरिक्त खाना खानबाट जोगाउँछ ।
–प्रत्येक दिन गहुँको जुस सेवन गर्नाले तपाईको रगतमा चिनीको मात्रालाई सुचारु गर्न सघाउ र्पुयाउँछ । यसले शरीरमा ग्लुकोज तथा लिपिडको मात्रामा सुधार गर्छ, जसले मधुुमेहलाई सन्तुलित राख्न मद्दत गर्छ ।
यसले पाचन प्रणालीमा सुधार ल्याई पेटलाई खाना पचाउने प्रक्रियाबाट राहत दिन्छ, जसले गर्दा मधुमेहका लागि आवश्यक पर्ने इन्सुलिनका उत्पादन गर्न सघाउ र्पुयाउँछ । यसले प्याङक्रियाज तथा कलेजोको विषाक्त हटाई अप्रत्यक्ष रुपमा मधुमेह सन्तुलनमा राख्न मद्दत पु¥याउँछ ।
–प्रत्येक दिन गहुँको रसको सेवन गर्नु मुटुका लागि स्वास्थ्यकर मानिन्छ । यसमा भएको क्लोरोफिलले मुटुका धमनी (आर्टरी) कडा हुने समस्या तथा उच्च रक्तचापको समस्याको उपचार गर्नमा मद्दत गर्छ ।
यसमा अक्सिजनको मात्रा उच्च हुने र रक्तनलीलाई सफा गर्ने क्षमता भएकाले यसलाई प्रभावकारी पनि मानिन्छ । यसले रक्तनली शुद्ध गरी साघुँरो हुनबाट जोगाएर रक्तचापलाई नियन्त्रणमा राख्छ । यसले उच्च कोलस्ट्रोरलाई नियन्त्रणमा राख्छ ।
स्रोतः टपटेन होमरिमिडियाज
 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
गाउँपालिकाबाट सुत्केरी भत्ता पाउँँदाको खुशी 
baner-1-1531283728.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षा...

वडा वडामा बालसंरक्षण समिति
20180525_141408-1529595268.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा बाल संरक्षण समिति गठन भएका छन् । मकवानपुरको मकवानपुरगढी...

युवा महिला अभियन्ताको यस्तो प्रतिबद्दता 
talim-ma-sahavagi-1529511990.jpg

मकवानपुर । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगर तथा मकवानपुरगढी...

डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 
hetauda123-de-1529994850.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...