Saturday, 21st April, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाज

जसलाई आफ्नै प्रेमीले कोठीमा पुर्याए

kothi-1523406260.jpg

तस्बीर पनि देशान्तर डटकमबाट ।

नेपालगञ्‍ज। नुवाकोटकी १७ वर्षकी अनिता (नाम परिवर्तन) भारतमा गएर काम गर्ने र सुखसँग जीवत बिताउने सपना बोकेर प्रेमीसँग हिडिन्। गरिब परिवारकी अनितालाई प्रेमीले धोका दिए। दुई वर्षअघि उनलाई प्रेमीले भारतको आग्रास्थित काश्मिरी बजारमा लगेर बेचिदिए। प्रियादीप नाम गरेकी महिलाले सञ्चालन गरेको कोठी (वेश्यालय) मा अनिताको नारकीय जीवन सुरु भयो।

कोठी सञ्चालकले नसा खुवाएर वेश्यावृत्तिमा लगाइरहे। अनिताले दिनमा १४ जनासम्म पुरुषको यौनप्यास मेटाएको बताइन्। मेकअफ गरेर बस्नु पर्ने, म्यानेजरलाई पैसा बुझाएर टोक्कन लिएर आएको ग्राहकको यौनप्यास मेट्नु पर्ने अनिताको दैनिकी भयो।

धादिङकी २२ वर्षीया विन्दु (नाम परिवर्तन) लाई गाउँले दिदीले चिनाएको युवकसँग प्रेम भयो। पाँच वर्षअघि उनी प्रेमीसँग नै भारत लागिन्। प्रेमीले दिल्लीको जिबीरोडस्थित कोठीमा बेचिदिए। चार वर्ष जिबीरोडमा बसेकी उनी एक वर्षअघि आग्राको काश्मिरी बजारमा आइपुगिन्।

यी दुईसँगै काश्मिरी बजारको कोठीमा सिन्धुपाल्चोकका १८ र २४ वर्ष तथा नुवाकोटकी १८ वर्षकी किशोरीको दैनिकी ग्राहकको यौनप्यास मेटाउनु थियो। ६ दिनअघि अर्थात गएको बुधबार माइती नेपालले भारतीय प्रहरीको सहयोगमा काश्मिरी बजारको कोठीमा छापा मारेर उद्धार गरेपछि पाँच जना यी नेपाली चेलीले नारकीय जीवनबाट छुटकारा पाएका छन्।त्यहाँबाट चार जना भारतीय चेलीको पनि उद्धार भएको छ।

दुई महिनादेखि ‘रेकी’ र दश दिनको लगातार प्रयासपछि माइती नेपालले कोठीमा छापा मारेको नेपालगञ्जका क्षेत्रीय संयोजक केशव कोइरालाले बताए। ‘आग्राको माथिल्लो निकायका प्रहरीसँग समन्वय गरेर कोठीमा छापा मार्‍यौ, नेपालबाट गएका माइती नेपालका चार जनामध्येका एक कोइरालाले भने, त्यसका बाबजुद कसैले सूचना चुहाएछ। कोठीमा दुई वटा ताला लगाएर केटीहरुलाई भगाउने, लुकाउने प्रयास भएको थियो। हामीले ताला तोडेर भित्र गई उनीहरुको उद्धार गर्‍यौं।’

कोठी सञ्चालकले स्थानीय प्रहरीलाई ‘सेटिङ’ गरेका हुन्छन्। नजिकको कोतबाली प्रहरी थानालाई खबर गरेको भए मिसन असफल हुन्थ्यो। नेपाली टोलीले सिटीका एसपीसँग कुरा गरेर थाना छत्ताबाट प्रहरी लिएर गएका थिए। छापा मारेर सञ्चालिकालाई पक्राउ गर्नुका साथै सबै चेलीहरुको उद्धार गरेपछि उक्त कोठी बन्द भएको छ।

उद्धार गरिएका नेपाली चेलीलाई आग्रास्थित नारी निकेतनमा राखिएको छ। कोठी सञ्चालिकाविरुद्ध सिभिल कोर्टमा मुद्दा दायर गरिएको छ। सुरुमा ताला फोरेर भित्र जादा चेलीहरु नसामा लिए। प्रहरीले लिएको उनीहरुको सुरुवाती बयान सबैको एकैखालको छ। उनीहरुले उमेर ढाटेका थिए। कोइरालाका अनुसार, १७ वर्षकी अनिताले २२ वर्ष भनेकी थिइन्।

आफूहरु कतिमा बिक्री भए भन्‍ने उनीहरुलाई थाहा छैन। न त उनीहरुले तलव नै पाउँथे। ग्राहकबाट आउने पैसामध्ये ‘थोरै’ उनीहरुलाई सञ्चालकले मेकअप सामान किन्न र कहिले काही चाहेको नास्ता खाना पैसा दिन्थ्यो। जस्तो कि, एउटा ग्राहकले ३ सय २५ रुपैया तिरेको छ भने २५ रुपैया उनीहरुले पाउँथे।

तीमध्ये सिन्धुपाल्चोककी २४ वर्षीया फूलमाया (नाम परिवर्तन) ले दिनमा २४ जनासम्म पुरुषको यौनप्यास मेटाएको बताइन्।माइती नेपालले जोखिम मोलेर नेपाली चेलीको उद्धार गरेको हो। कोठी सञ्चालकले गुण्डाहरु पालेका हुन्छन्। त्यसमा स्थानीय प्रहरीले साथ दिन्छ।

कोठीमा गएर रेकी गर्नु र प्रहरीलाई सहमतिमा ल्याएर छापा मार्नु ठूलो जोखिम हुने कोइराला बताउँछन्। यसपटक स्थानीय रिक्साचालक, त्यहाँका रैथानेहरुलाई ‘भाडामा लिएर’ रेकी गरिएको थियो। ‘कम उमेरका नेपाली चेलीहरु छन्’ भन्ने टुंगो लागेपछि मात्रै माथिल्लो निकायले प्रहरीले साथ दिने गरेका छन्। त्यस्तो विश्वस्त सूचनाका लागि बडो मेहनत गर्नुपर्छ।

‘विश्वस्त सूचना ल्याउन नै मुश्किल। अनि प्रहरीलाई मनाएर छापा मार्दा चुल्ठे–मुन्द्रेको अवरोध, कोइराला भन्छन्, उद्धार गरेपछि होटलमै बस्न पनि ठूलो जोखिम हुन्छ। केही त होटलमै घेर्न आउँछन्।’

माइती नेपालले मेरठ, आग्रा र जिबीरोडमा रेकी गरिरहेको थियो। माघ ११ गते मेरठको कोठीमा छापा मार्‍यो। ‘सूचना लिक’ हुँदा त्यहाँबाट नेपाली चेलीहरु भगाए। भाग्दै गर्दा एकजना भारतीयलाई पक्राउ गरिएको थियो।

जिबीरोडमा धेरै कोठीहरु छन्। ५६, ५७, ६४ नम्बरका कोठीहरु नेपाली चेली पाइने भन्दै चर्चित छन्। यसमा निगरानी भइरहेको छ। उद्धार गरिएका पाँचै जना प्रेमी या चिनेको दिदीको विश्वासमा परेर कोठीमा पुगेका थिए। जोखिमपूर्ण यात्रा गर्नेहरु यसरी फस्ने गरेका छन्। बैदेशिक रोजगारीका लागि भारतीय बाटो हुँदै जाने या विवाह, मायाप्रेमको विश्वासमा परेर जानेहरु कोठीमा पुग्ने गरेको सम्बद्धहरु बताउँछन्।

नेपालमा आएको महाभूकम्प आसपासमा नुवोकाट, सिन्धुपाल्चोक, धादिङलगायतका पहाडी जिल्लाका चेलीहरु दलालको पञ्जामा परेको पाइएको छ। अन्य जिल्लाबाट चेलीहरु हराउने क्रममा पनि बढिरहेको छ। नेपालगञ्ज नाकाबाट मात्रै भारत तथा तेस्रो मुलुक जाने भन्दै हिडेका एक हजार आसपासका चेलीहरु सम्पर्क बिहीन भएको भन्दै आफन्तीहरु खोजतलासका लागि गुहार माग्न आउने गरेका छन्।

देशान्तर डटकमबाट ।

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
काङ्ग्रेस अनुशासनहीन बन्दैछ  : सभापति देउवा 
Sher-Bahadur-Deuba-1-1523889079.jpg

मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी अनुशासन हीन बन्दै गएको स्वीकार गरेका छन् ।...

पार्टी एकताका विषयमा ओली र प्रचण्डबिच आज भेट
party-1523849813.jpg

मकवानपुर । एमाले र माओवादी केन्द्रका बिच यही बैशाख ८ गते पार्टी एकता गर्ने भनिएपनि पछिल्लो समय दुवै दलका...

आज मातातीर्थ औंसी,आमा विशेष दिन । 
mothers-day-1523844310.jpg

मकवानपुर । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । आज आफ्ना सन्तानले आमाप्रति अगाध आस्था अर्पण गर्दै...

अब एमाले-माओवादी केन्द्रबिच पार्टी एकता रोकिएकै हो ?
images-1523769526.jpg

मकवानपुर । पछिल्लो समय एमाले र माओवादी केन्द्रबिच पार्टी एकता होला वा नहोला भन्नेमा आम मानिसमा शङ्का...

जसलाई आफ्नै प्रेमीले कोठीमा पुर्याए
kothi-1523406260.jpg

नेपालगञ्‍ज। नुवाकोटकी १७ वर्षकी अनिता (नाम परिवर्तन) भारतमा गएर काम गर्ने र सुखसँग जीवत बिताउने सपना बोकेर...

वृद्दाश्रमलाई गणकहरुद्धारा सहयोग
1-pic-1523114120.jpg

मकवानपुर । प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को अभियानमा मकवानपुरमा खटिने तयारीमा रहेको गणकहरुले आज हेटौंडा १...

५० दिने तालिमप्राप्त डकर्मी दक्षताको सर्टिफिकेट लिन परीक्षामा सहभागी
news-pic-1522887999.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाका तालिमप्राप्त डकर्मी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद,...

राजविराजमा भारतीय राष्ट्रिय गान बजाउँन यसरी रोकियो
news-1522541746.jpg

मकवानपुर । राजविराजमा आयोजित एक कार्यक्रममा भारतीय राष्ट्रिय गान बजाउने तयारी थियो । कायस्थ जातिको जातीय समिति...

अशक्त दम्पतिलाई नयाँ पाइलाको सहयोग
news-pic-1522417138.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिका १, आँपटारका शारिरिक रुपमा अशक्त दम्पतिलाई आवश्यक खाद्यान्न सहयोग गरिएको छ ।...

राष्ट्रपति भण्डारीद्वारा सम्बोधन 
rastrapati-1522334044.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  संघीय ससंदका दुबै सदनको संयुक्त बैठकलाई बिहिबार सम्बोधन ...