Thursday, 24th January, 2019
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

जाँते प्रिमियर लिगमा राजधानी विजयी

khel-news-pic-1541578045.jpg

विजयी टिमलाई पुरस्कार वितरण गरिदैं । तस्बिर : ध्रुव अधिकारी

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा दीपावलीका अवसरमा सञ्चालित जाँते प्रिमियर लिग (जेपीएल) फुटबल प्रतियोगितामा राजधानी फुटबल टिम विजयी भएको छ । 
ओरालो फुटबल टिमलाई १–४ को फराकिलो अन्तरले पराजित गर्दै राजधानी विजयी भएको हो । विजेता तथा उपविजेता टिमलाई हेटौंडा उपमहानगरपालिका उपप्रमुख मीना लामाले पुरस्कार प्रदान गरिन् । 
विजेता टिमले नगद रु.८ हजार, सिल्ड, मेडल तथा उपविजेता टिमले रु.६ हजार  सिल्ड मेडल प्राप्ता गरे । 
पुरस्कार वितरण गर्दै उप प्रमुख लामाले एक वडामा एक खेल मैदान विकास गर्ने उपमहानगरको योजना रहेको बताइन् । खेलमा धेरै गोलकर्ता शुसन दोङ, सर्वोत्कृष्ट खेलाडी रोशन दोङ घोषित भए । 
प्रतियोगिता समापनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष महारत्न लामा, नगर कार्यपालिका सदस्य पातली माया गोबा, टोल विकास नगर समन्वय सदस्य हर्करत्न लामा, सामुदायिक वन समन्वय १५ नम्बर वडा संयोजक  मीनबहादुर घलान, साविक चुरियामाई गाविस पूर्व अध्यक्ष प्रेम भोम्जन लगायतको सहभागिता थियो । 
दिपावली २०७५ को अवसरमा गत कात्तिक १३ गतेबाट यही कात्तिक २० गतेसम्म सञ्चालित प्रतियोगिता स्थानीय जाँते टोल विकास संस्थाले आयोजना गरेको हो । प्रतियोगिता समापन टोल विकास संस्था खेलकुद उप समिती संयोजक मेजर घलानको अध्यक्षतामा भएको हो । 

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg