Friday, 17th August, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

सम्पादकीय

जाडो याम, मकवानपुर र राज्य

अहिले जाडोयाम छ । चिसोका कारण दैनिक जीवन कष्टकर बनिरहेको छ । मकवानपुरमा पनि चिसोपन बढ्न थाल्दा नागरिकहरुको काम गर्ने शैली फेरिरहेको छ । तराईमा भने नागरिककको ज्यान नै गइरहेको खबर आइरहेको छ ।चिसोसँगै शीतलहरका कारण मानिसले ज्यान गुमाउनुपर्ने अवस्था आउनु पक्कै पनि निकै दुःखद कुरा हो । चिसोका कारण विद्यालयमा पठनपाठनमा पनि समस्या भएकाले विद्यानलय बन्द गरिएको छ । मकवानपुरमा तराईको जस्तो चिसोका सास्ती झेल्नुपर्ने अवस्था नबने पनि सामान्य अवस्था भने पक्कै पनि छैन । विहान तथा बेलुकाको समयमा बढेको चिसोले मानिसको स्वास्थ्यलाई समेत प्रतिकुल असर पारिरहेको छ । हेटौंडा अस्पतालमा भेटिएका अधिकांश बिरामी यो बेला चिसोकै कारण आफू बिरामी परेको बढी पाइन्छ । विशेषत: आर्थिक अवस्था कमजोर भएकाहरुलाई चिसोबाट बच्न सहज नभएकाले उनीहरु आफू कसरी सुरक्षित रहने भन्नेमा चिन्तामा छन् ।
चिसोको बेलामा ज्येष्ठ नागरिक तथा बालबालिकालाई वयस्कले संरक्षण प्रदान गर्नु आवश्यक देखिन्छ । घरमा चिसोबाट आफ्ना बालबालिकालाई कसरी जोगाउने भन्नेमा ठूला मान्छेले सोचिदिनुपर्दछ ।ज्येष्ठ नागरिक पनि आफैंले कतिपय अवस्थामा आफू समस्यामा परेको कुरा बताउने अवस्थामा नहुन सक्छ । उनीहरुको समस्या अथवा चाहना बुझ्ने काम वयश्यको हो । चिसोबाट उनीहरुलाई न्यानो प्रदान गर्नुपर्ने दायित्वबाट कोही पनि भाग्नुहुन्न । कतिपय दीर्घरोगीहरुलाई चिसोका कारण विभिन्न खालका रोग बढ्ने, चाप्ने हुनसक्छ यस्तो अवस्थालाई पनि विशेष ध्यान पु¥याउनुपर्छ । चिसोका बेलामा मानिसलाई मात्र हेर विचार गरेर पनि पुग्दैन । हामीले विभिन्न प्रकारका घर पालुवा जनावरलाई पनि चिसोका कारण कतै असर परेको त छैन भन्ने कुरामा उत्तिक्कै ध्यान दिनुपदर्छ । चिसोले कसैलाई पनि नछोड्ने भएकाले मानिस, जनावर सबैलाई आवश्यक मात्रामा सुरक्षा प्रदान गर्नुपदर्छ ।

मौसमी परिवर्तन कसैले चाहेर परिवर्तन गर्न सकिदैन । आफ्नो स्वास्थ्य सुरक्षामा ध्यान दिने पहिलो काम आफ्नै हो । चिसोका कारण विभिन्न प्रकारका समस्याहरु आइपर्न सक्छन् भनेर आफ्नो सुरक्षा आफैंले गर्न सक्ने सचेत बन्नसक्छ । अरुको सहारा आवश्यक पर्नेलाई कस्तो खालको सहयोग आवश्यक पर्दछ त्यो उपलब्ध गराउनुपर्दछ । देशको भौगोलिक अवस्थामा धेरै विविधता रहेका कारण यहाँ छोटो समय र कम दुरीको क्षेत्रमा पनि मौसममा धेरै नै परिवर्तन हुने गर्दछ । मौसम परिवर्तनले आइपर्ने विभिन्न प्रकारका असरले नेपालीको दैनिक जन जीवन प्रभावित भइरहेको हामी पाउँछौ. । चिसोका कारण मानिसको ज्यान मात्र गइरहेको छैन की विभिन्न क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा विभिन्न प्रकारका असर परिरहेको छ । विभिन्न पेशा र क्षेत्रमा सक्रिय रहेकाहरुको दैनिकीलाई व्यापक प्रभाव यतिबेलाको चिसोले पारिरहेको छ । कामकाजी मानिसको दैनिकी देखि व्यापार, व्यवसाय, उद्योग, पशुपालन, कृषि, शिक्षा लगायत विभिन्न क्षेत्रमा जाडोले असर पु¥याइरहेको छ । यी तमाम क्षेत्रमा आइपर्ने विभिन्न प्रकारका समस्याबाट जोगिएर अघि बढ्नु सचेत नागरिक भएको हिसाबमा त छदैछ यसका साथै राज्यको तहबाट पनि आइरेको अवस्थामा आफ्नो भूमिका निर्वाह गर्नु आवश्यक हुन्छ । किनभने मानिसको ज्यानै जाने अवस्थामा राज्यको विशेष हेरचाहको कार्यक्रम आवश्यकता छ ।

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
गाउँपालिकाबाट सुत्केरी भत्ता पाउँँदाको खुशी 
baner-1-1531283728.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षा...

वडा वडामा बालसंरक्षण समिति
20180525_141408-1529595268.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा बाल संरक्षण समिति गठन भएका छन् । मकवानपुरको मकवानपुरगढी...

युवा महिला अभियन्ताको यस्तो प्रतिबद्दता 
talim-ma-sahavagi-1529511990.jpg

मकवानपुर । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगर तथा मकवानपुरगढी...

डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 
hetauda123-de-1529994850.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...