Monday, 26th February, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

हिँड्दा-हिँड्दै

जीवनमा धेरै पटक रोएकी छु : संचारकर्मी विष्ट

rama-pic-1491643842.jpg

संचारकर्मी रमा विष्ट

 

मकवानपुर गोगने स्थायी बसोबास भएकी रमा विष्ट मकवानपुर बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत छिन् । सञ्चारक्षेत्रबारे जिज्ञासु उनी रेडियो निकासमा केही समयदेखि कार्यरत छिन् । समाचार वाचनका साथै प्राविधिक रुपमा अनुभव लिन थालेकी उनीसंग जीवनभोगाईबारे संक्षेपमा कुराकानी गरेका छौं ।

१. तपाईंको नाम रमा, नामको अर्थ ?
– खासै थाहा छैन । तर बुबा आमा अनि अरु दादा, दिदीको नाम राख्नुभएको अनुसार सायद मेरो नाम राखिएका हुनुपर्छ । मेरो नाम पनि कुनै भगवानको नामसंग मिल्छ भन्ने मैले हिन्दु धर्मशास्त्रमा सुनेको छु । तर यो अर्थ अञ्जान भएपनि मलाई मेरो नाम मन पर्छ । जतिसुकै दुःखमा भएपनि मलाई मेरो नाम उच्चारण गर्दा त्यो दुःखलाई भुलेर रमाउनलाई भनिरहनुभएको छ जस्तो लाग्छ ।  
२. आजभोली के मा व्यस्त तपाई ?
 – यहि त हो, रेडियो पनि परीक्षा आउँदैछ यसैको तयारी ।
३. मिडीयामा कसरी आउनुभयो ? यसक्षेत्रमा रुचीचाँही कत्तिको छ ?
 –हजुर, म मिडीयामा आबद्ध भएको छु । यहि पेशामा केही गर्ने सोच छ र यसमा रहरुचले पनि ठूलो भूमिका खेलेको छ । किनकी रहर वा रुचीको कुरामा नै बढी झुकाव हुन्छ र सफलता पनि ।
४. भविष्यमा के बन्ने सोच छ ?
– जीवनमा जे राम्रो देखियो, मलाई पनि त्यस्तै बन्न पाए हुने जस्तो  फिल हुन्छ । तर जीवनमा सोचेको तथा लिएको सबै उद्घेश्य पूरा हुन्छ जस्तो लाग्दैन । त्यसैले गर्दै जाँदा जुन कुरामा सफलता पाउँनेछु । सायद त्यसलाई नै जीवनको उद्घेश्य मान्नेछु र सन्तुष्ट पनि हुनेछु ।
५. सबैभन्दा बढी माया कसको लाग्छ ?
–  म मेरी आमाको मायामा विलीन छु ।
६. भूल्नै नसकिने त्यस्ता केही क्षण छन् ?
– जीवनमा धेरै क्षणहरु छन् जुन भूल्न सकेकी छैन र भूल्न हुदैन पनि । यहि छन् ति मध्ये यस्ता छन् कि जुनलाई म कहिल्यै पनि भूल्न सक्दिन । म धेरै डरपोक मान्छे हुँ । त्यतिबेला सानै थिए । मेरी आमा धेरै विरामी हुनुहुन्थ्यो । साउन महिना थियो, आमाको औषधी पनि त्यही बेला सकियो । नजिकै औषधी नपाएपछि म रुदैं साउने झरीमा बाटोमा एक्लै गोडामा चप्पल पनि नलगाईं आमाको लागि औषधी लिएर आएको थिए । यो क्षण भुल्न त सक्दिन नै साथै जीवनमा डरभन्दा पीडा साह्रै शक्तिशाली हुन्छ भन्ने कुरा पनि बुझेकी छु ।
७. कसैसंग प्रेममा हुनुहुन्छ ?
– हाहा छैन ।
८. तपाईंको बुझाईमा प्रेम के हो ?  
– प्रेम जीवन जीउने शुत्र हो । प्रेममा छलकपट र कुनै स्वार्थ हुदैन । यहि कुनै प्रेममा यो सब हुन्छ भने त्यो कहिल्यै प्रेम हुँदैन ।
९.कहिल्यै रुनु भएको छ ?
– आँशु भनेको जीवनको कमजोरी नै हो । धेरै पटक रोएकी छु । तर जुन अवस्थामा म रोए, त्यो अवस्था फेरी आउनसक्ला र फेरी रुनु पर्ला । तर मेरो एउटा यस्तो रुवाई थियो, जुन रुवाईको अवस्था फेरी कहिल्यै फर्केर आउँदैन त्यो दिन थियो मेरो बुबाले संसार छाड्नुभएको दिन ।
१०. तपाइको अहिलेसम्मको जीवन भोगाईको छोटोमिठो कुराकानी गर्न पाइयो धन्यवाद ।
– तपाईलाई पनि धन्यवाद ।

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
मकवानपुर प्रहरीमाथि यस्तो गम्भीर आरोप, खानी विरुद्द आन्दोलित स्थानीयलाई लछारपछार पारेको भनाई । 

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको मजुवा खानीका प्रभावितलाई दुव्र्यबहार गरेको मकवानपुर...

लेकाली बसिफाटले यसरी मनाउदैछ रजत जयन्ती 
lekali-basiphat-mavi-1519605156.png

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका ९ स्थित लेकाली बसिफाट माध्यामिक विद्यालयले आफ्नो स्थापनाको २५ वर्ष...

इन्द्रसरोवरमा काव्य महोत्सवको तयारी, देशभरका साहित्यकारको जमघट हुने
Indrasarowar-1519604748.jpg

मकवानपुर । मकवानपुरको इन्द्रसरोवरमा काव्य उत्सवको तयारी गरिएको छ ।  यहि फागुन १८ गतेबाट दुई दिनसम्म...

अनुमति नलिईकन चारवर्षदेखि शिवम् सिमेन्टको खानी सञ्चालन, अनुमति पाउँने बेलासम्म डाँडो सखाप हुने चिन्ता !
shivam-khani-1519447823.jpg

देवराज पन्त मकवानपुर । निजी क्षेत्रको देशकै ठूलो सिमेन्ट उद्योग भनिएको मकवानपुर हेटौंडाको शिवम् सिमेन्ट...

जनसरोकार केन्द्रको सार्वजनिक हित अभियान सुरु
jana-sarokar-kendra-1519436381.jpg

मकवानपुर । जन सरोकार केन्द्र मकवानपुरको बैठकले बैठकले जनसरोकार केन्द्र बनाउन सहयोग गर्ने सबै राजनितीक पार्टी...

प्रदेश ३ को संसद बैठक भोली, नियमावली मस्यौदा पेश हुने 

मकवानपुर । तीन नम्बर प्रदेश सरकारको आइतबार संसद बैठक बस्ने भएको छ । भोलीको बैठकमा मस्यौदा समितिले तयार पारेको...

काङ्ग्रेस संसदीय दलको बैठक बस्दै 

मकवानपुर । कांग्रेस संसदीय दलको बैठक आज (शनिबार) बस्दैछ । संसदीय दलको बैठक बस्ने भएपछि संसदीय दलको नेताको खोजी...

शिवम् सिमेन्टद्वारा अवैध खानी सञ्चालन, स्थानीय जनप्रतिनिधी समेत मिलेको आरोप
aabaid-khani-1519344457.jpg

कृष्ण सारुमगर, एपिवन टिभी मकवानपुर । हेटौंडाको हटियामा सञ्चालित शिवम् सिमेन्ट उद्योगले बिगत चार वर्षदेखि...

मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधी तस्करसंग मिलेको आरोप  !
press-1-1519185320.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जन प्रतिनिधीलाई तस्करसंग मिलेको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर २, ७...

के छापियो आजको अखबारमा ? 

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...