Wednesday, 24th January, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

तराईमा अत्याधिक चिसो, बिरामी बढे

janakpur_Chiso-1515328324.jpg

जनकपुरधाम-  लगातार दुई सातादेखि घाम नलाग्दा र चिसो हावा चलेसँगै शीतलहरले मध्य तराईको जनजीवन प्रभावित भएको छ।  धनुषा, महोत्तरी, सिरहा, सप्तरीसहितका मध्य तराईका जिल्लामा अत्याधिक चिसो बढेको छ। चिसोका कारण अपाङ्ग, अशक्त, बालबालिका र जेष्ठ नागरिकहरु चिसोबाट बढी प्रभावित भएका छन्। सडकमा हिड्ने दैनिक कामकाजी तथा श्रमिकहरुको चहलपहलमा समेत कमी देखिएको छ। चिसोले गर्दा बिरामीको संख्या बढेको छ। चिसोले अहिले अस्पतालहरुमा रुघाखोकी, दम र निमोनियाका बिरामी बढेका छन्। तराईका जिल्लामा न्यानो कपडाको अभावमा गरिब विपन्न समुदायका जेष्ठ नागरिक र बालबालिकाहरु बढी बिरामी भएको देखिएको छ। विपन्न समुदायमा वर्षेनी चिसोले कठ्याग्रिएर बृद्धबृद्धा र बालबालिकाको मृत्यु हुने गरेको छ। तराईका गरीब र सीमान्तकृत समुदाय चिसोमा बढी प्रभावित हुने गरेका छन्। गरिबीका कारण चिसोबाट बच्न न्यानो कपडा नहुँदा र शीतलहरबाट जोगिने ज्ञान नहुँदा बर्सेनी सर्वसाधारणको ज्यान जाने गरेको जनकपुर अञ्चल अस्पतालका डा. रामपरीक्षण यादव बताउँछन्। यस वर्ष पनि दुई हप्तादेखि यस क्षेत्रमा घाम लागेको छैन। चिसोबाट बच्न मानिसहरु ठाउँ ठाउँमा आगो तापेर बस्न थालेका छन्।

शीतलहर
हावामा पानीको मात्रा मिलेर गह्रौँ हुने हुँदा पृथ्वीको सतहमै जमेर बसिदिने गर्छ जुन धुवाँ जस्तो देखिन्छ। त्यसलाई कुहिरो भन्ने गरिन्छ। त्योसँगै चिसो हावा चल्न थालेपछि त्यसलाई शीतलहर भनिन्छ। शीतलहर नेपालको चुरे पर्वतभन्दा दक्षिणको भागमा देखा पर्ने गरेको जनकपुर एयरपोर्टस्थित जल तथा मौसम विभागका वरिष्ठ अधिकृत मोहन ठाकुरले जनाएको छ। विशेष गरी पुस र माघ महिनामा चिसो बढी हुने गरेको छ। यसवर्ष पुषको पहिलो साताबाट नै मध्य तराईका जिल्लामा चिसो सुरु भएको छ। यसले गर्दा जनजीवन प्रभावित बनेको हो। कुहिरो र शीतसँगै चल्ने चिसो पश्चिमी हावाका कारण स्थानीयको दैनिकी पनि सुस्त हुँदै गएको छ। बजार तथा कार्यालयहरुमा सर्वसाधारणको उपस्थिति दिउँसोमा मात्रै हुन थालेको छ। सधैंजसो भिडभाड हुने सरकारी कार्यालयहरुमा चिसोले गर्दा सेवाग्रहीहरुको संख्यामा कमी आएको छ। बिहानै खुल्ने व्यापारिक पसल र बजारहरु पनि ढिलो गरी खुलिरहेका छन्। सार्वजनिक स्थलहरुमा मानिसहरु जम्मा भएर आगो बालेर तापिरहेका छन्। खुल्ला स्थानमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, रिक्सा र ठेला चालकहरु चिसोका कारण बढी प्रभावित छन्।

अस्पतालमा बिरामीहरुको चाप
बढ्दो चिसोका कारण स्वास्थ्य संस्थाहरुमा कोल्ड डाइरिया, ज्वरो, रुघाखोकी र स्वास–प्रश्वासका बिरामीको संख्या बढेको छ। जनकपुर अञ्चल अस्पतालमा खासगरी जिल्लाको ग्रामीण भेगबाट बालबालिका तथा वृद्धवृद्धाहरु बढी बिरामी भई अस्पताल भर्ना भएको चिकित्सकहरुले बताएका छन्। अञ्चल अस्पतालमा चिसोका बिरामी ७५ प्रतिशतको हाराहारीमा छन्। चिसोले दम, निमोनिया, कोल्ड डायरिया, घाँटी दुख्ने जस्ता समस्याले पीडित मानिसहरु बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामपरीक्षण यादवले जनाएको छ। ‘इमर्जेन्सी आउने बिरामीमा ७५ प्रतिशत चिसोकै बिरामी छन, मेडिकल सुुपरिटेण्डेन्टका अनुसार ओपीडीमा पनि त्यस्तै अवस्था छ,’ उनले भने, ‘विशेष गरी बालबालिका र वृद्ध वृद्धाहरु चिसोले प्रभावित भएपछि उपचारका लागि आउँछन्।’ अस्पतालको इमर्जेन्सीमा औसत दैनिक १ सय जना र ओपीडीमा २ सयदेखि अढाई सयको हाराहारीमा बिरामीहरु उपचारका लागि आइरहेको अस्पतालले जनाएको छ। त्यसैगरी जनकपुरमा रहेका अन्य निजी स्वास्थ्य संस्थामा चिसोका कारण हुने विभिन्न संक्रमणका बिरामीहरु बढेका छन्।

धनुषामा ८ सय ३० थान कम्बल वितरण
जिल्ला विपद् व्यवस्थापन समिति धनुषाले न्यानो कपडा र खाद्यसामग्रीको व्यवस्था मिलाउने निर्णय अनुसार नेपाल रेडक्रस सोसाइटी धनुषाले जिल्ला उत्तरी क्षेत्र ढल्केबर, गोदार, भुईचक्रपुर, नक्टाझिज, बफै र लालभित्तीमा गरी २ सय थान कम्बल वितरण गरेको जनाएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईको अध्यक्षतामा १४ पुसमा बसेको विपद व्यबस्थापन समितिको बैठकले आ–आफ्ना क्षेत्र भित्र रहेका गरिब, निमुखा र असहायहरुको पहिचान गरि स्थानियतहरुले न्यानो कपडा र तातो खाने कुराको व्यवस्था मिलाउने निर्णय गरेको थियो । सोही अनुरुप सामूदायिक विकास संस्थाले ६ सय ३० थान कम्बल धनुषाको साविक गाविसहरु मुखियाट्टी मुसहरनिया, लक्कड, बल्हा सघारा र पुष्पवलपुर र सामूदायिक सुधार केन्द्रले सबैला, बसविट्टी, चोराकोयलपुर, प्रकोमहुवा, नौवाखोर प्रसाही, धनुषा गोविन्दपुर, कनकपट्टी, सिग्याही मडान र धनुषाधाममा वितरण गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले जानकारी दिए।

नेपाली सेनाले गर्‍यो दाउरा र चिया वितरण
शीतलहरले गर्दा धनुषाको जनजीवन कष्टकर बन्दै गएपछि नेपाली सेना सार्वजनिक स्थान र ललितबस्तीमा दाउरा र चिया वितरण कार्य शुरु गरेको छ। धनुषाको महेन्द्रनगर स्थित गोरखनाथ गण जनकपुरको विभिन्न स्थानमा चिया र दाउरा वितरण गरेको हो। नेपाली सेनाको टोली जनकपुर उपमहानगरपालिका वार्ड नम्बर १ को मुसहरी बस्ती, जनक चौक सहितको स्थानमा वितरण गरेको हो। नेपाली सेनाको टोलीद्वारा मुसहरी टोलमा वितरण गरिएको चिया र दाउराले करिब साढे तीनसय जना लाभान्वित भएको छ। यस्तै नेपाल प्रहरीले पनि जनकपुरमा दाउरा वितरण गरेको छ।

निजी विद्यालय बन्द
अत्यधिक चिसोले विद्यालय आउन बालबालिकालाई समस्या भएपछि तीन दिनको लागि धनुषाका सम्पूर्ण निजी विद्यालयहरु बन्द हुने भएको छ। निजी विद्यालयहरुको संगठन प्याब्सन र एन प्याब्सनले पुस २४ देखि २६ गतेसम्म तीन दिनको लागि धनुषाका सम्पूर्ण निजी विद्यालयमा विदा दिने निर्णय गरेको प्याब्सन धनुषाका अध्यक्ष विश्वलाल सिंहले जानकारी दिएका छन्। अत्यधिक चिसोले विद्यार्थीहरु कठ्यांग्रिनु पर्ने अवस्था सिर्जना भएकाले निजी विद्यालयहरुमा जारी रहेको त्रैमासिक परीक्षा ३ दिनको लागि स्थगित गरी बिदा दिइएको उनको भनाइ छ। चिसोको कारण यसअघि गत पुस १९ गतेदेखि माघ १ गतेसम्मको लागि धनुषाको सम्पूर्ण सामुदायिक विद्यालयमा बिदा दिइसकिएको छ। देशसंचारबाट

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
यसरी सम्हालिन् प्रदेश प्रमुख कोइरालाले जिम्मेवारी
anuradha-1516454139.jpg

मकवानपुर । तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले पदभार ग्रहण गरेकी छिन् । प्रदेश प्रमुखका रुपमा उनले...

यी हुन् प्रदेश नम्बर १ बाट एमालेले सिफारिस गरेका उम्मेदवार
uml.png-1516452329.jpg

काठमाडौं । नेकपा एमालेले १ नम्बर प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि आफ्नो भागमा परेको ४ सिटका लागि ४० जना...

नौटङ्की प्रदर्शन विरुद्ध लाग्छु : नवराज सिलवाल
nabaraj-silwal-1516338963.jpg

 काठमाडौं । नेकपा एमाले ललितपुरका सांसद तथा पूर्व डिआइजी नवराज शिलवालले पछिल्लो समय नेपाल सरकार तथा प्रहरी...

सरकारले तोकेको प्रदेश प्रमुखर राजधानीमा सहमत हुन सकिन्न : ओली
oli-press-meet-1516264453.jpg

काठमाडौं । थाइल्याण्डमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख र...

सरकारलाई माग्नेबुढाको प्रश्नः अब म काठमाडौँ बसौँ कि हटौँडा जाउँ?
kedar-ghimire-1516263647.jpg

हस्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्नेबुढा’ले आफू काठमाडौँ बस्ने कि हेटौँडा जाने भन्ने बारेमा दोधारमा परेको...

बकैया साँस्कृतिक महोत्सवको तयारी
बकैया-महो-1516256481.jpg

मकवानपुर । पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा प्रथम  बकैया साँस्कृतिक महोत्सव २०७४ हुने भएको छ । आज...

नेपालमै अत्याधुनिक प्रविधीबाट चित्लाङमा च्याउ खेती
26553534_532896793734374_-1516109388.jpg

मकवानपुर । मकवानपुरको चित्लाङ्मा नेपालमै अत्याधुनिक प्रविधिको प्रयोगबाट सुरु गरिएको गोब्रे च्याउ खेती...

द्रुतमार्गको डीपीआर सेना आफैंले बनाउने
Nepali-sena-1516094728.jpg

काठमाडौं । नेपाली सेना आफैंले काठमाडौं–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने आज...

यस्ता छन् हस्तमैथुनका फाइदा
हस्त-1516093392.jpg

मानिसलाई यौनका विषयमा धेरै चासो रहने गर्दछ । आफ्नो यौन चाहाना पूरा गर्नका लागि मानिसले अनेक उपाय सोच्ने गरेको छ ।...

कविता : मुर्ति मान्छे
rr-chaulagain-1516092685.jpg

आर.आर. चौलागाईं मान्छे कहिलेकाहीँ त मूर्ति पनि हुँदो रहेछ । घरमा आगो लाग्छ, हेरिबस्दो रहेछ कागले मुखमा...