Wednesday, 20th February, 2019
siddhi-binayak-madhyastha-1502267497.gif

हिँड्दा-हिँड्दै

तलब भन्दा बढी खुशी गीत संगीतबाट पाउँछु : विषम  

bisam-gautam-(1)-1541875364.jpg

विषम गौतम

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा जन्मिएका विषम गौतम अहिले हाल अस्ट्रेलीया सिड्नीमा बसोबास गर्छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थायी ठेगाना भएका २८ वर्षिय विषम परदेशमा रहेर नेपाली गीत संगीत, कला र भेषभुसालाई जगेर्ना गर्ने सोचले ‘मायालु इन्टरटेन्मेन्ट’ मार्फत सक्रिय भइरहेका छन् । बिबिएस अध्ययन गरेका विषमले राज सिग्देलको गीत‘जति छाल’, प्रमोद खरेल र सिर्जु अधिकारीको आवाजमा ‘फुच्ची फुच्ची’,सरद समिपको ‘किन रिसायउ’, अमीत खाती र सिर्जु अधिकारीको आवाजमा ‘झुम्के बुलाकी’ लगायत आधा दर्जन गीत हरुमा अभिनय गरेका छन् । 
उनी आफैंले लेखेको २ वटा गित ‘फुच्ची फुच्ची’ र ‘झुम्के बुलाकी’ सार्वजनिक भइसकेका छन् भने अरु २ वटा गीत रेकडिंगको कार्य भइरहेको उनी बताउँछन् । दुबाईमा ६ वर्ष र हाल अस्ट्रेलीयाको सिड्नीमा ३ वर्षमा वैदेशिक बसाइको अनुभव सङ्गालेका विषमसंग मध्यस्थताका लागि उनको जीवन भोगाई, कलाकारिताबारे धारणा लगायत छोटो कुराकानी गरेका छौं । 

१.तपाईको नाम ‘विषम’, नामको अर्थ के होला बताइदिनुहोस् न ?  
- ‘विषम’ अली फरक नाम भनेर धेरैले सोधनुहुन्छ,‘विषम परिस्थिती’ भनेपछि धेरैले आफैं बुझ्नुहुन्छ ।
२. देशबाट बाहिर भएर पनि म्युजिकमा पनि लाग्नुभएको छ, किन मनपरेको यो क्षेत्र ? स्वेदशमा हुँदा गीत संगीतमा केही गर्ने रुची भएन ? 
- गीत संगीतमा रुचि सानैदेखी भएको हो । तर समय अनुकुल नभइदिएकाले अलि विस्तारै अघि बढ्ने कोसिस गरिराखेको छु । नेपाल हुँदा देखि नै गीत संगीतमा धेरथोर लागीरहेकै थिएँ । बााहिर हुँदा पनि यसलाइ निरन्तरता दिने कोशिस गरिराखेको छु ।
३.पछिल्लो समय कलाकारितामा पनि संलग्न हुन थाल्नुभएको छ । कस्तो खालको प्रतिकृया पाइरहनुभएको छ ? 
- सबैतिरबाट राम्रो सहयोग र प्रतिकृया पाएको छु । आशा छ तपाईहरुको यो माया सदा पाइरहनेछु । 
४.कलाकारिता क्षेत्रलाई संगसंगै लैजाने सोच्नुभएके छ कि अहिले ‘टाइम पास’का रुपमा मात्र गरिरहनुभएको छ ? 
- टाइम पास त बिलकुल होईन समय अनुकुल निरन्तरता दिनेछु । 
५.तपाईलाई केमा बढी आनन्द मिल्छ, काम गरेपछि मासिक तलब पाउँदा की कलाकारितामा चर्चा,प्रतिकृया पाउँदा ?   
- मासिक तलब पाउँदा मिल्ने आनन्द भन्दा हजार गुणा बढी आनन्द मिल्छ आफूले गरेको कामको राम्रो प्रतिकृया पाउँदा । 
६.अब केही अन्तरमनका कुराकानी गरौं । आफ्नो देश, गाउँघरबाट टाढा भएर बस्दा कस्तो अनुभूति हुने गर्दछ ? 
- जति आफ्नो देश, आफ्नो ठाउँबाट टाढा भइन्छ, त्यति नै त्यो ठाउँको महत्व बढी हुन्छ ।  हरेक पल आफ्नै गाउँ ठाउँको यादले सताइ रहेको हुन्छ । नेपाल हुँदा जति विदेशिने सपना र बाध्यता हुन्छ त्यस्तै हामीलाइ स्वदेशीने, आफ्नो देश जाने सपना हुन्छ, जान नपाउँनु हजार बाध्यता हुन्छ । 
७. गीत संगीत भनेको के हो भन्ने लाग्छ तपाईंलाई ? 
- गीत संगीत भनेको  सुख र दुःख को एउटा असल मित्र हो जस्तो लाग्छ जो हरेक पल मेरो साथ रहन्छ ।
८.जीवनमा पैसाको महत्व कस्तो छ ? 
- जीवनमा पैसाको ठूलो महत्व छ, त्यसमाथि हामी परदेशमा रहने मानिसलाइ झन धेरै महत्व छ, यहाँ त पैसा बिना २ दिन बॉच्न पनी गाह्रो छ । 
९. पैसा बिना खुशी हुन सक्नु हुन्छ की सक्नुहुन्न ? 
- परदेशमा रहेर पैसा बिना खुशी त के बाँच्न पनि सकिंदैन । 
१०. माया भनेको के हो जस्तो लाग्छ ? 
 - खै, यो माया भन्ने चिज के रैछ मैले अहिलेसम्म बुझ्न सकेको छैन ।
११. सबैभन्दा बढी माया कसको लाग्छ र किन ? 
- सबैभन्दा बढी माया मलाई आफ्नै लाग्छ, मलाई लाग्छ पहिला आफूले आफैलाई गर्नु पर्छ ‘नेपाली हामि रहन्छौ कहॉ नेपालै नरहे’ भनेझै आफूनै नरहे अरुलाई माया गर्नुको के अर्थ जस्तो लाग्छ मलाइ ।
१२. जीवनमा कुनै त्यस्तो त्यस्तो कार्य गर्नुभएको छ ? जसबाट पश्चाताप भइरहन्छ ?
- मेरो जीवनमा अस्ट्रेलिया आउनु नै सबैभन्दा ठूलो गल्ती थियो, त्यसैले म सबैलाई भन्न चाहन्छु नआउनुहोस् अस्ट्रेलीया, यहॉ आउने धेरै बाटोहरु छन् तर यहाबाट फर्कने बाटो छैन । 
१३. जीवनमा कहिल्यै रुनुभएको छ ? 
- जीवनमा धेरै पटक रोयको छु । केही समय अघि मेरी ममी तीन महिनाको लागि आउनुभयको थियो । जुन दिन ममी फर्कनुभयो म आफैले एरपोर्टसम्म पुर्यायर काममा गए । जब म बेलुका घर फर्किए घरमा ममीलाइ नपाउदा लइफमा धेरै आमाको यादमा पहिलो चोटी म धेरै रोएको थिए । सायद धेरै समयपछिी आमाको मायालाई बुझ्ने मौका पाइएछ ।
१४. अन्त्यमा, भन्न मन लागेका केही कुरा छन् की ? 
- सर्व प्रथम त मलाई आफ्नो मनको दुइ शब्द राख्न दिनु भएकोमा मध्यस्थता डटकमलाई धन्यवाद भन्न चाहान्छु । आजसम्म मैले गीत संगीतमा जे जति गरेका कामलाई मनपराइ साथ दिनुहुने सम्पूर्णमा हृदयदेखि नमन गर्न चाहन्छु । अझै धेरै साथ र सहयोग गरिदिनु होला । मेरा सिर्जनाहरु Youtube/Facebook/Insta मा Bisham Gautam टाइप गरी मलाइ सल्लाह तथा सुझावहरु दिन सक्नुहुनेछ । 

bisam-gautam-(3)-1541875364.jpg

विषम गौतम

bisam-gautam-(2)-1541875416.jpg

विषम गौतम

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg