Wednesday, 14th November, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

थाहामा महोत्सव 

thaha-mahotsab.JPG-final-1540696877.jpg

मकवानपुर ।  मकवानपुरको थाहा नगरपालिकाको इन्द्रायणी चौरमा तेस्रो थाहा महोत्सव सुरु भएको छ ।  यही १८ गतेसम्म सञ्चालन गरिने महोत्सवमा कृषि र पर्यटन प्रर्वद्दन स्टलसहित २ सय ५० स्टल छ ।  कृषि, अटो तथा सवारी साधन, फेन्सी तथा कस्मेटिक, हस्तकला तथा उद्यमशील, आइटी, परामर्श तथा प्रर्वद्दन  लगायत स्टल छन् । अटो तथा सवारी साधन, होटल तथा रेष्टुरेन्ट, आईटी इलेक्ट्रोनिक्स, मोवाइल, स्वास्थ्य तथा शैक्षिक परामर्श,डेरी आइसक्रिम,फेन्सी तथा कस्मेटिक, ट्याटु, बैंक तथा वित्तीय संस्था र कृषि जन्य वस्तुहरुको विक्री तथा प्रदर्शनी समेत भइरहेको छ । उत्तरी मकवानपुरको कृषि, पर्यटन र व्यापारको प्रर्वद्दनमा टेवा पुर्याउन महोत्सवको आयोजना गरिएको आयोजक थाहा नगर उद्योग वाणिज्य संघले जनाएको छ ।  महोत्सवमा विभिन्न भेषभुषा तथा लोपोन्मुख बाजागाजासहितको प्रदर्शनी, कृषि उपजहरुको प्रदर्शनी तथा बिक्री, गैरकाष्ठ वन पैदावर प्रदर्शनी, हिमालय, सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, हस्तकलाका सामग्रीहरुको प्रदर्शनी तथा बिक्री, जैविक तथा वनस्पति प्रदर्शन, रोमाञ्चकारी पैदलयात्रा, लोकदोहोरी, साँस्कृतिक कार्यक्रम तथा प्रहसनहरु, नेवारी परिकारहरुको बिक्री, बालमेला तथा विविध मनोरञ्जनात्मक खेलहरुको प्रस्तुती गरिने संघका महासचिव सुरेन्द्रमान प्रधानले जानकारी दिए । महोत्सवमा उँट र अष्ट्रिच प्रत्यक्ष रुपमा हेर्ने रहर भएकाहरुका लागि अवसर प्रदान गरिएको छ । 
महोत्सवमा यसवर्ष करिब ६ करोड रुपैयाँको कारोबार हुने आयोजकले अनुमान गरेको छ ।
महोत्सवमा थाहा नगरका थाहाका झण्डै २ दर्जन कलाकारहरुको गायन, नृत्य लगायत प्रस्तुती रहने छ । थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हुन लागेको महोत्सवमा मुक्तिनाथ उप्रेती, रुपचन्द्र सापकोटा, रुपक उप्रेती, सुशान्त गोपाली, विनिता गोपाली, जानुका अधिकारी, देवन्त गोपाली, प्रतिक गोपाली, रवि. आर. एस. लगायत कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ । 
महोत्सवमा थाहाका कलाकारहरुको प्रस्तुतीको सम्बन्धमा छलफल भएको थियो । छलफलमा कलाकारहरु, टिचर्स व्याण्ड, स्ट्रङ सोउल डान्स क्र्यू लगायत सहभागी थिए । महोत्सवमा थाहा कला केन्द्र, नव क्षितिज कला केन्द्र, रुप्सेली गाइज, स्ट्रङ सोउल डान्स क्र्यू, टिचर्स व्याण्ड, नेप्से कल्चर लगायतको प्रस्तुती रहने छ । 
महोत्सवमा गायक प्रमोद खरेल, बद्रि पङ्गेनी, उमादेवी खनाल, मिलन लामा, हेमन्त शर्मा, प्रकाश सपुत, प्रिति आले, रमेशराज भट्टराई, रुपा घर्तीगगर, चन्द्र शर्मा, भूमिका गिरी, साहिमा श्रेष्ठ लगायतको प्रस्तुती रहनेछ । गायक अशोक दर्जी, जादुगर बलराम सरकार, हास्य कलाकारहरु बल्छी ध्रुवे, राजु मास्टर, दिनेश काफ्ले, नृत्याङ्गानाहरु सीता भुषाल, सविता भुषाल र आस्था कला केन्द्र मनहरीका कलाकार लगायतको पनि विभिन्न प्रस्तुती हुने आयोजकले जनाएको छ । 

 

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
तलब भन्दा बढी खुशी गीत संगीतबाट पाउँछु : विषम  
bisam-gautam-(1)-1541875364.jpg

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा जन्मिएका विषम गौतम अहिले हाल अस्ट्रेलीया सिड्नीमा बसोबास गर्छन् ।...

यात्रु ठग्ने टाटासुमोलाई प्रशासनको साथ
tatasumo-pic-1541870762.jpg

मकवानपुर। मकवानपुरको हेटौंडाबाट काठमाडौंसम्म सञ्चालन हुने टाटासुमोले यात्रुलाई ठगिइरहेको बारम्बार गुनासो...

सहिद रुद्र स्मृति बाटिका, मकवानपुरगढी 
rudra-batika-1541863565.jpg

रुद्र स्मृति बाटिका, मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको छ । हेटौंडाबाट ५ किलोमिटर पूर्व र चौघडाबाट करिब...

घोषणाको नाटक नगरौं 
madhyaban-shiva-1541855212.jpg

मकवानपुरलाई खुल्ला दिशामुक्त जिल्ला घोषणा भएपछि धेरैले भनेका थिए-‘घोषणा त भयो तर कार्यान्वयन होला त  ?’...

कविता  : गाउँको घर
yas-lama-1541852776.jpg

एस लामा  म्युजिक लाइट  छैनन् बार्दलीहरूमा झुण्ड्याएका छन् प्रायश :  पाकेका पहेँला फर्सी र काक्रा...

अलैचीं खेची प्रविधि 
alaichi-2-1541852443.jpg

- डि.एन. दाहाल   प्रा.स. बकैया गाउँपालिका, मकवानपुर  अलैचींबाट हामीले मनग्ये आम्दानी लिन सक्छौं । सुरुमा...

दोहोरीमा ‘फोहोरी धन्दा’ नहोस् 
Madhyasthata-Eng-1541865589.png

गीत सङ्गीत मन नपर्ने मानिस को होला ? बालक, वयश्क, वृद्घ सबैलाई सङ्गीत मनपर्छ । यस्तो लाग्छ, बिरामी समेत आफूलाई मन...

तिहार सकियो, कारवाही नरोकियोस्  
Madhyasthata-Eng-1541847949.png

तिहारमा नेपालीको घरघरमा रौनकता छायो । तिहारका सामाग्रीले बजार रङ्गियो । तिहारको झिलिमिलीले कसको पो मन नरमाउला ?...

‘आत्मनिर्भर भएपछि विवाह गर्छु !’ 
anu-rai-(3)-1541845912.jpg

मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ६, फापरबारी तीनतले निवासी अनु राईलाई सामाजिक अभियानमा सरिक हुन रहर लाग्छ...

गजल
gazal-sarita-bhatta-1541684450.jpg

सरिता भट्ट सोह्रै आना तिम्रो नै प्यारमा छु म  पाउनु नै पर्छ भन्ने सारमा छु म ।। कास म तिम्रो मुटुमा...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg