Wednesday, 24th January, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाज

दाहाल प्रतिष्ठान मकवानपुरको अधिवेशन, नेतृत्व बालकृष्णलाई

dahal-news-1515238262.jpg

मकवानपुर । दाहाल प्रतिष्ठान मकवानपुरको छैठौं अधिवेशन तथा वार्षिक साधारणसभा आज हेटौंडामा भएको छ । सांसद कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्य एवम् बालकृष्ण दाहालको अध्यक्षतामा भेला भएको हो । कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष शालिग्राम दाहाल,बुद्दिजिवी परिषदका सदस्य किशोर दाहाल, प्रतिष्ठान मकवानपुरका पूर्व अध्यक्ष कृष्णप्रसाद दाहाल, मकवानपुरका उपाध्यक्ष प्रकाश दाहालले मन्तव्य व्यक्त गरेका थिए । दुई सय जना दाहाल बन्धुहरुको उपस्थिती रहेको अधिवेशनले पुन : बालकृष्ण दाहालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । प्रतिष्ठान उपाध्यक्ष प्रकाश दाहाल, उपाध्यक्ष अमृत दाहाल, सचिव शिवहरी दाहाल, सहसचिव जुना दाहाल, कोषाध्यक्ष अरुण दाहाल रहेका छन् । सदस्यहरु गोपी दाहाल, गोविन्द दाहाल, तारानाथ दाहाल, अर्जुन दाहाल, केदार दाहाल, विकास दाहाल, सरस्वती दाहाल, तुलशा दाहाल चयन भएका छन् । यस्तै, केन्द्रिय प्रतिनिधीका लागि रिपेश दाहाल र दीपक दाहाललाई प्रस्ताव गरिएको छ । अधिवेनशबाट नेतृत्व लिएका बालकृष्ण दाहालले जिल्लामा छरिएर रहेका दाहाल बन्धुलाई सङ्गठित गरी भावी दिनमा बजबुत बनाएर अघि लैजाने बताए ।  यसैबिच, अधिवेशनका अवसरमा दाहाल प्रष्ठिान मकवानपुरले सांसद कृष्णप्रसाद दाहाल, फरेष्टी, क्याम्पस प्रमुख कृष्णप्रसाद दाहाल, वरिष्ठ गणेशप्रसाद दाहाल, बकैया गाउँपालिकाका उपाध्यक्ष सरला बोलखे दाहाल, मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष टीकाप्रसाद दाहाललाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुती समेत प्रदर्शन गरिएको थियो । गायक अन्जन दाहालले आफ्नो गायन प्रस्तुत गरी सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए ।  

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
यसरी सम्हालिन् प्रदेश प्रमुख कोइरालाले जिम्मेवारी
anuradha-1516454139.jpg

मकवानपुर । तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले पदभार ग्रहण गरेकी छिन् । प्रदेश प्रमुखका रुपमा उनले...

यी हुन् प्रदेश नम्बर १ बाट एमालेले सिफारिस गरेका उम्मेदवार
uml.png-1516452329.jpg

काठमाडौं । नेकपा एमालेले १ नम्बर प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि आफ्नो भागमा परेको ४ सिटका लागि ४० जना...

नौटङ्की प्रदर्शन विरुद्ध लाग्छु : नवराज सिलवाल
nabaraj-silwal-1516338963.jpg

 काठमाडौं । नेकपा एमाले ललितपुरका सांसद तथा पूर्व डिआइजी नवराज शिलवालले पछिल्लो समय नेपाल सरकार तथा प्रहरी...

सरकारले तोकेको प्रदेश प्रमुखर राजधानीमा सहमत हुन सकिन्न : ओली
oli-press-meet-1516264453.jpg

काठमाडौं । थाइल्याण्डमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख र...

सरकारलाई माग्नेबुढाको प्रश्नः अब म काठमाडौँ बसौँ कि हटौँडा जाउँ?
kedar-ghimire-1516263647.jpg

हस्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्नेबुढा’ले आफू काठमाडौँ बस्ने कि हेटौँडा जाने भन्ने बारेमा दोधारमा परेको...

बकैया साँस्कृतिक महोत्सवको तयारी
बकैया-महो-1516256481.jpg

मकवानपुर । पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा प्रथम  बकैया साँस्कृतिक महोत्सव २०७४ हुने भएको छ । आज...

नेपालमै अत्याधुनिक प्रविधीबाट चित्लाङमा च्याउ खेती
26553534_532896793734374_-1516109388.jpg

मकवानपुर । मकवानपुरको चित्लाङ्मा नेपालमै अत्याधुनिक प्रविधिको प्रयोगबाट सुरु गरिएको गोब्रे च्याउ खेती...

द्रुतमार्गको डीपीआर सेना आफैंले बनाउने
Nepali-sena-1516094728.jpg

काठमाडौं । नेपाली सेना आफैंले काठमाडौं–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने आज...

यस्ता छन् हस्तमैथुनका फाइदा
हस्त-1516093392.jpg

मानिसलाई यौनका विषयमा धेरै चासो रहने गर्दछ । आफ्नो यौन चाहाना पूरा गर्नका लागि मानिसले अनेक उपाय सोच्ने गरेको छ ।...

कविता : मुर्ति मान्छे
rr-chaulagain-1516092685.jpg

आर.आर. चौलागाईं मान्छे कहिलेकाहीँ त मूर्ति पनि हुँदो रहेछ । घरमा आगो लाग्छ, हेरिबस्दो रहेछ कागले मुखमा...