Wednesday, 24th January, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

देउशीभैलोमा बालसंरक्षणको सवाल
बाल संरक्षण समिति हाडीखोलाको जागरणमूलक देउशीभैलो

1-pic-1508427606.jpg

मकवानपुर।मकवानपुरको मनहरी गाउँपालिका हाडीखोलास्थित बालसंरक्षण समितिले आज बालसंरक्षण सम्बन्धि जागरणमूलक विशेष देउशीभैलो गरेको छ । हाडीखोलाका विभिन्न स्थानमा खेलिएको देउशीभैलोमा बालयौन दुरव्यबहार, बालविवाह, बालहिंसा विरुद्द लगायतका विषय समेटिएको थियो । बाल संरक्षण समितिको सहजीकरण तथा स्थानीय महेन्द्रज्योति उच्चमाविका विद्यार्थी, बालक्लवमा आबद्द बालबालिकाले तयार पारेका विभिन्न जागरणमूलक प्रस्तुती देउशीमा प्रस्तुत गरिएको थियो ।
 बाल कल्याण समाज मकवानपुरको सहयोगमा आयोजित देउशीभैलो कार्यक्रम हेर्न पुगेका मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बालबालिकाले प्रस्तुत गरेको चेतनामूलक सांस्कृतिक प्रस्तुतीले आफ्नो मन छोएको बताए । देउशीभैलो कार्यक्रममा समेटिएको गीत, नृत्य तथा नाटक लगायत प्रस्तुती सन्देश मूलक रहेको बताए ।उनले भने,‘बालबालिकाको प्रयासमा बालसंरक्षण सम्बन्धि जागरणमूलक देउशीभैलो खेलिन प्रशंसनीय कार्य हो ।’बालबालिकाले आफ्ना अधिकारबारे आवाज उठाउँने माध्यम देउशीभैलो बनाएकोमा उनले खुसी व्यक्त गरे,‘बालसंरक्षण समितिको अगुवाईमा तिहारको सन्दर्भमा आयोजित देउशीभैलो कार्यक्रमले पक्कै पनि समाजमा जागरणको काम गरेको मैले पाएं ।’उनले भने,‘बालसंरक्षणको सवालमा गाउँपालिकाले आवश्यक सहयोग गर्नेछ । ’उनले बालबालिकाले तयार पारेको सांस्कृतिक प्रस्तुतीले आफ्नो मन छोएको भन्दै व्यक्तिगत रुपमा एक हजार रुपिया हौसला स्वरुप प्रदान गर्दै बाल संरक्षणका लागि योजना सहित आए आवश्यक बजेट बालसंरक्षण समितिलाई प्रदान गर्ने उनले प्रतिबद्घता समेत व्यक्त गरे ।
देउशीभैलो कार्यक्रममा उपस्थित भएकी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले पनि बालअधिकारको आवाज उठाउँने माध्यम तिहारको देउशीभैलोलाई बनाएकोमा खुसी व्यक्त गरिन् । कार्यक्रममा बाल संरक्षण समितिका कार्यक्रम संयोजक कृष्ण पौडेल, समिति सदस्य गोपाल पौडेल, मनहरी गाउँपालिका ३ नम्बर वडा सचिव ज्ञानेन्द्र ढकाल, ६ नम्बर वडा सचिव विदुर पाठक, माओवादी केन्द्रका नेता सञ्जीव पाठक लगायतको उपस्थिती थियो ।
देउशीभैलोबाट सङ्कलित आर्थिकबाट बालबालिकाका सवालमा आवश्यक कार्य गर्नुका साथै विद्यार्थीले शैक्षिक अध्ययन अवलोकन गर्ने योजना बनाएको बाल कल्याण समाज मकवानपुरका सामाजिक कार्यकर्ता रामशरण दाहालले जानकारी दिए । बाल संरक्षण समितिले आफ्नो बार्षिक कार्ययोजना बमोजिम तिहारको अवसरमा जागरणमूलक देउशीभैलो गरेको उनले बताए ।

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
यसरी सम्हालिन् प्रदेश प्रमुख कोइरालाले जिम्मेवारी
anuradha-1516454139.jpg

मकवानपुर । तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले पदभार ग्रहण गरेकी छिन् । प्रदेश प्रमुखका रुपमा उनले...

यी हुन् प्रदेश नम्बर १ बाट एमालेले सिफारिस गरेका उम्मेदवार
uml.png-1516452329.jpg

काठमाडौं । नेकपा एमालेले १ नम्बर प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि आफ्नो भागमा परेको ४ सिटका लागि ४० जना...

नौटङ्की प्रदर्शन विरुद्ध लाग्छु : नवराज सिलवाल
nabaraj-silwal-1516338963.jpg

 काठमाडौं । नेकपा एमाले ललितपुरका सांसद तथा पूर्व डिआइजी नवराज शिलवालले पछिल्लो समय नेपाल सरकार तथा प्रहरी...

सरकारले तोकेको प्रदेश प्रमुखर राजधानीमा सहमत हुन सकिन्न : ओली
oli-press-meet-1516264453.jpg

काठमाडौं । थाइल्याण्डमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख र...

सरकारलाई माग्नेबुढाको प्रश्नः अब म काठमाडौँ बसौँ कि हटौँडा जाउँ?
kedar-ghimire-1516263647.jpg

हस्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्नेबुढा’ले आफू काठमाडौँ बस्ने कि हेटौँडा जाने भन्ने बारेमा दोधारमा परेको...

बकैया साँस्कृतिक महोत्सवको तयारी
बकैया-महो-1516256481.jpg

मकवानपुर । पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा प्रथम  बकैया साँस्कृतिक महोत्सव २०७४ हुने भएको छ । आज...

नेपालमै अत्याधुनिक प्रविधीबाट चित्लाङमा च्याउ खेती
26553534_532896793734374_-1516109388.jpg

मकवानपुर । मकवानपुरको चित्लाङ्मा नेपालमै अत्याधुनिक प्रविधिको प्रयोगबाट सुरु गरिएको गोब्रे च्याउ खेती...

द्रुतमार्गको डीपीआर सेना आफैंले बनाउने
Nepali-sena-1516094728.jpg

काठमाडौं । नेपाली सेना आफैंले काठमाडौं–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने आज...

यस्ता छन् हस्तमैथुनका फाइदा
हस्त-1516093392.jpg

मानिसलाई यौनका विषयमा धेरै चासो रहने गर्दछ । आफ्नो यौन चाहाना पूरा गर्नका लागि मानिसले अनेक उपाय सोच्ने गरेको छ ।...

कविता : मुर्ति मान्छे
rr-chaulagain-1516092685.jpg

आर.आर. चौलागाईं मान्छे कहिलेकाहीँ त मूर्ति पनि हुँदो रहेछ । घरमा आगो लाग्छ, हेरिबस्दो रहेछ कागले मुखमा...