Wednesday, 20th February, 2019
siddhi-binayak-madhyastha-1502267497.gif

सम्पादकीय

दोहोरीमा ‘फोहोरी धन्दा’ नहोस् 

Madhyasthata-Eng-1541865589.png

गीत सङ्गीत मन नपर्ने मानिस को होला ? बालक, वयश्क, वृद्घ सबैलाई सङ्गीत मनपर्छ । यस्तो लाग्छ, बिरामी समेत आफूलाई मन पर्ने गीत सुन्न पाउँदा निको भएझैं महसुस गर्दो हो । गीत सङ्गीतको महत्वको चर्चा जति गर्दा पनि कम हुन्न । तर यही गीत सङ्गीतलाई माध्यम बनाएर ठगी खानेहरुका कारण समाजमा गीत सङ्गीत पनि विकृति ल्याउने कारक तत्व हो भन्ने पर्न थालेको छ । मकवानपुरको हेटौंडामा अहिले यही चिन्ता छ । दोहोरी खुलेका छन्, दोहोरी गीत सुन्ने अवसर पाइएको छ । तर दोहोरीमा फोहोरी धन्दा मिसिएकाले चिन्ता पनि उत्तिक्कै छ । काठमाडौं लगायतका शहरमा खुब चलेका दोहारी साँझको सिको गर्दै हेटौंडामा सञ्चालनमा ल्याइएका दोहारी साँझमा गीतका पारखीले गीत सङ्गीतको सन्तुष्टी भन्दा पनि लुटिनु परेको छ । तनाव व्यवस्थापनको माध्यम गीत सङ्गीतबाट आनन्द लिन दोहोरी साँझ गएकाहरु उल्टो तनाव लिएर फर्कनुपर्दा कसले भन्छ हेटौंडामा दोहोरी साँझ खुलेर आनन्द भयो भनेर । हेटौंडामा सञ्चालन भइरहेका दोहारी साँझलाई यतिबेला ठगी गर्ने थलोका रुपमा गम्भीर आरोप लागेको छ । 
व्यवसायिक पसल वा होटल रातको १० बजेपछि बन्द हुने हेटौंडामा रक्सी बेचिने दोहोरी साँझ राती १ बजेबाट सञ्चालन भई सर्वसाधारण लुटिरहेका छन् । मकवानपुर प्रशासनले राती १० बजेपछि मदिराजन्य सामाग्री विक्री वितरण नगर्न भनेको छ । सार्वजनिक ठाउँमा मदिरा सेवन गरेमा कारवाही गर्ने पनि प्रशासनले भनेको छ । तर प्रशासनको यो भनाईलाई समेत वेवास्ता गरी हेटौंडामा सञ्चालन भइरहेको हेटौंडा दोहोरी साँझ रातभरी सञ्चालन भइरहेको पाइएको छ । रातभर दोहोरी चलाएर मदिरा बिक्री गरेर कमाउने कार्यमा दोहारीका सञ्चालक लागिपरेका छन् । प्रशासनको नियम विपरित रातभर दोहारी चलाएको गुनासो मात्र आएको छैन की त्यहाँ विक्री गर्ने बस्तुमा पनि लुट भइरहेको छ । 
दोहोरी सञ्चालन गर्नु आफैंमा नराम्रो होइन । मकवानपुर, हेटौंडाका सर्वसाधारणलाई दोहोरीको मज्जा दिनु झन् सुखद पक्ष हो । नेपाली कला, संस्कृति झल्कने दोहोरी सुन्दै, हेर्दै आनन्द आफ्नै शहरमा पाउँनु अर्को अवसर पनि हो । तर मौकामा चौका हान्दै दोहारी सञ्चालकले ढाडै सेक्ने काम गर्नु कदामी राम्रो होइन । एकातिर प्रशासनले लगाएको नियम नमान्ने, अर्कोतिर सर्वसाधारणलाई मूल्यमा कस्ने गरेका कारण दोहोरी साँझ कतै ठग्नका लागि खुलाइएको त होइन भन्ने नागरिकलाई लाग्छ नै । व्यावसायिक उद्घेश्यले सञ्चानन गरिएको दोहोरी साँझबाट लगानीकर्ताले फाइदा लिनु हुन्न भन्ने होइन, फाइदा लिनुपर्दछ । लगानी गरेको आधारमा फाइदा लिने नाममा सर्वसाधारणमाथि ठगी गरिनु हुन्न । व्यवसाय सञ्चालन गर्दा सामाजिक उत्तर दायित्व पनि बहन गर्नुपर्ने हुन्छ । तर दोहोरी साँझ यता तर्फपनि लागेको पाइएको छैन, बरु होहल्लाका कारण स्थानीयबासी रातभर सुत्न नपाएको गुनासो गर्न बाध्य छन् । प्रहरी प्रशासनको ध्यान पनि हेटौंडामा सञ्चालनमा आएको दोहोरी साँझसंग मिलेमतो गर्ने होइन, दोहारी साँझ बन्द गराउने पनि होइन, नीति नियममा रहेरसभ्य, मर्यादित तवरबाट सञ्चालन गर्न सघाउने हो । 
 

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg